ट्रेड युनियन कांग्रेस कास्कीले गर्यो एक दिने प्रशिक्षण कार्यक्रम

पदम श्रेष्ठ
22 October, 2020 10:05 am
Advertisements
Advertisements

Covid-19 को महामारीमा ट्रेड युनियनको भुमिका, ट्रेड युनियन शिक्षा, सामाजिक सुरक्षा र संगठन बिस्तार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
We Social Network(WSM) को सहयोग तथा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको आयोजनामा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सभाहलमा सम्पन्न भयो ।
स्वस्थ मापदण्ड अपनाउदै भौतिक दुरि कायम राखी नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माको प्रमुख आतिथ्यता एबं रास्ट्रिय समिती सदस्य जित बहादुर गुरुङको बिशेश आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि शर्माले Covid-19 को चुनौतीलाई अब श्रमिक हितमा काम गरेर संगठन बिस्तार गर्न सकिने, अहिलेको परिस्थितिना योगदानमा आधारित सामाजिक सुरक्षाको आबश्यकता र महत्वपूर्ण साबित भएकोले सबै रोजगारदाताले श्रमिकलाई यसको प्रत्याभूत गर्नुपर्ने बताउनु भयो ।
रास्ट्रिय समिती सदस्य जित बहादुर गुरुङले अप्ठ्यारो परिस्थितिमा श्रमिकको साथमा रहे मात्र संगठन बिस्तार हुने र सबै तह बाट समस्या रास्ट्रिय समितिमा जानकारी भएमा समाधानको उपाय खोज्न सकिने कुरा बताउनु भयो ।
नेपाल स्वस्थ्य कर्मी संघ कास्की अध्यक्ष उदयकान्त तिवारीले महामारीमा श्रमिक आफैं सजग हुनुपर्ने र यसबाट जोगिने उपायको चर्चा गर्नु भयो, नि. बर्तमान अध्यक्ष कुलदेबी बरालले ट्रेड युनियन शिक्षा बिषयमा प्रकाश पार्नु भयो । कार्यक्रममा गृह श्रमिक संघ कास्कि अध्यक्ष लालुमाया रेग्मी , नाइ संघ अध्यक्ष बिगुलाल ठाकुर, ब्यापार सम्बद्ध श्रमिक संघ अध्यक्ष राम प्रसाद कंडेल, यातायात मजदुर संघ अध्यक्ष दामोदर पन्डित, कारखाना श्रमिक संघ अध्यक्ष किरण अधिकारी, निर्माण सम्बद्ध राजेश बुढ, ल्त्ग्ऋ माछापुच्छ्रे गाउपालिका अध्यक्ष डम्बर राज ढकाल, रुपा गाउँ पालिका अध्यक्ष ढक बहादुर थापा, महिला समिति अध्यक्ष पुर्ण गुरुङ, सचिब भिममाया गौतमले मन्तव्य राख्नु भएको थियो ।

ट्रेड युनियन कास्की अध्यक्ष बिजयराज भान्डारीको अध्यक्षतामा भाएको उक्त कार्यक्रममा उपाध्यक्ष डिल्लीराम भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिब रुद्र तिमिल्सिनाले संचालन गर्नुभएको थियोे ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: