मजदुर कुट्ने गुण्डा अझै फरार, वैदाम प्रहरी भन्छ–“खोज्दै छौं”

सराङकोट न्यूज
20 October, 2020 3:33 pm
Advertisements
Advertisements

पोखराको नागढुंगामा रहेको श्रीराम एण्ड शंकर इञ्जिनियरिङमा कार्यरत मजदुर मिराजुल अन्सारी असोज २६ गते निर्धात कुटिए। अन्सारीको नाक भाचिएको कान च्यातिएको अवस्थामा चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ, एक हप्ता देखि उपचाररत अन्सारीको खर्च व्यहोर्न समेत समस्या देखिएको भन्दै घाइतेका आफन्तहरुले चिन्ता व्यक्त गरिरहेका छन् तर आक्रमणकारी दुई युवालाई भने प्रहरी नियन्त्रणमा लिन सकेको छैन ।
ग्यारेज नजिकै होटल चलाएर वसेकी अञ्जु नाम गरेकी व्यक्तिले खाजा खाएको हिसावको वारेमा सामान्य विवाद भएपछि ति केटाहरुलाई वोलाएर मजदुर अन्सारी माथि सांघातिक आक्रमण गर्न लगाएको घाइतेको हवाला दिदै ग्यारेजका संचालकले सराङकोटलाई वताए । फरार केटाहरु कुट्न वोलाउने अञ्जुका दिदीको संरक्षणमा रहेको हुन सक्ने वताइएको छ ।
पीडित पक्षले आक्रमणकारी गुण्डालाई पक्राउ गर्न पटक पटक वैदाम प्रहरीमा खवर गर्दा रेस्पोन्स नगरेको वरु वैदामका प्रहरी भन्दै विभिन्न अज्ञात नम्वरबाट पीडितका आफन्तहरुलाई मिल्न धम्की आइरहेको भन्दै सुरक्षा चिन्ता वढेको वताएका छन् । पक्राउ नपरेकै वारे हाम्रो जिज्ञाशामा वैदाम प्रहरी इञ्चार्ज प्र.ना.उ. यादव ढकाल भन्छन् “हामी खोजिरहेका छौ भेटाएका छैनौं”। गुण्डागर्दी शैलीको यो प्रकरणमा प्रहरीले खासै चासो दिएर खोजेको छैन । घटना घटेको ८ दिन भइसक्दा पनि प्रहरीले उनिहरुको सिडिआर निकालेको छैन यसबाट पनि वुझ्न वैदाम प्रहरी गुण्डागर्दी गर्ने उपर पक्राउ गर्ने सकृयता किन नदेखाएको हो त्यसको कारण भने खुल्न सकेको छैन ।
इमान्दार छवि वनाएका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठ मातहत रहेको वडा प्रहरी कार्यालय वैदाम कार्यक्षेत्रमा अपराध वढेको पाइएको छ । डिएसपिको कमाण्ड रहेको वैदाम प्रहरीको सफलता असफलताको जस कास्की प्रहरीको थाप्लोमा पर्न जान्छ त्यसले पनि पोखराको भिभिआइपी र भिआइपी समेतको वाक्लो उपस्थिति रहने यस इलाकामा सकृय पुलिसिङ जरुरी देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: