स्थानिय सरकारका ३ वर्ष कस्तो रह्यो ?

सराङकोट न्यूज
15 October, 2020 9:25 am

संघियता कार्यान्वयन भएको भनेर ढुक्कसँग देख्न सकिने एउटा महत्वपूर्ण पाटो स्थानिय सरकार गठन र संचालन हो । ७ वटा प्रदेश, ७७ वटा जिल्ला, ७५३ वटा पालिका सरकार र ६७४३ वटा वडा सरकार संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख र विशेष उपलव्धि मानिन्छ । संघिय सरकार, प्रदेश र स्थानिय सरकार वारे आम नागरिकका फरक-फरक धारणा रहेका छन् । प्रत्यक्ष रुपमा जनसरोकारसँग भने स्थानिय सरकार रहेको छ । टोलटोलमा सिंहदरवार ल्याउने घोषणा साथ भित्र्याइएको संघियता कति सफल भयो भएन भन्ने कुरा जनताले महसुस गर्ने विषय त छदैछ । त्यसमा आम नागरिकले कति सन्तुष्टि पाउन सफल भए र आफूले चुनेर पठाएका जनप्रतिनिधिले कस्तो हैसियत प्रदर्शन गरे भन्ने विषयमा अव वल्ल समिक्षा गर्ने वेला आएको छ । टोलटोलमा सिंहदरवार आयो कि सिंह मात्रै आयो भन्ने वारेमा पनि वहस र विचार विमर्शहरु सुरु भएका छन् ।
वडा-वडामा. पालिका-पालिकामा आएका पात्र जसलाई सिंह भनौ अधिकारलाई दरवार भनौ यि सँगै आउनु पर्नेमा सिंह र दरवगार अलग अलग आए भने त्यो अनर्थ मात्र हुन सक्छ । न्यायले चल्नु पर्ने प्रशासन मायाले चल्न चलाउन थालियो भने लोकतन्त्र नामको सिंहले खासै उपलब्धी दिन सक्दैन, दलिय भागवण्डा र मिलिजुली भ्रष्ट संसार लाई मलजल गर्ने प्रवृत्ति विकासको वाधक वनेर पुरै व्यवस्थालाई नै वदनाम गराउन खोजेको छ ।
प्रदेश र केन्द्र सरकार अझै पनि सांसदको टोकरीमा दाना भरेर कार्यकर्तालाई वाड्न पठाडछन् र टुक्रे आयोजनामा स्खलित भएर राज्यको ढुकुटीलाई पेवा पयौती झै वाड्न मस्त देखिनु र स्थानिय सरकार स्वयम् ठेकेदार वनेको अवस्था छ । वार्ड अध्यक्षलाई डोजरे अध्यक्षमा रुपान्तर गर्ने कार्यमा सफल वनेको संघियता भित्रको कान्छो सदस्य स्थानिय सरकारका वारेमा हाम्रो सामग्री :

“चुनौती सामना गर्दै अघि बढ्ने हो” – मेयर जिसी

मानवहादुर जिसी
प्रमुख, पोखरा महानगरपालिका

देशकै ठूलो महानगरको मेयरको तीन वर्ष कस्तो रह्यो ?

नितान्त नयाँ परिवेशमा जिम्मेवारी लिने अवसर पाइयो । त्यो फरक परिवेशमा सवैभन्दो ठूलो चुनौती कानुन वनाउनु थियो । कानुन वनाउन विज्ञहरुको अभाव थियो । कानुन निर्माणको लागि विज्ञ जुटाउदैमा एक वर्ष वित्यो । दोस्रो कुरा कर्मचारी समायोजन र व्यवस्थापन मै ठिक्क भयो ।

Advertisements

महानगरले कति वटा कानुन वनायो मुख्य मुख्य के हुन् ?

लगभग ७५ भन्दा वढी कानुन वनाइयो र लागु गरियो । नयाँ परिवेशमा नयाँ कानुन कार्यान्वयनमा पनि कतिपय चुनौती सामाना गरियो क्रमश कानुनको दायरामा महानगरलाई डोर्याउने, विकास निर्माण कार्यलाई अघि वढाउँदै आएका छौं ।

महानगरको विकास, निर्माण प्रति नागरिक असन्तुष्ट छन् तपाई नि ?

पोखरा महानगर एक प्रकारको कानुनी लयमा फर्कदै गर्दा कोभिड–१९ ले डिस्टर्व गर्यो । विश्वनै आक्रान्त भइरहँदा त्यसको प्रत्यक्ष प्रभाव हामीमा पनि प¥यो । हामी विकाश निर्माणलाई रोकेर महामारी नियन्त्रणमा व्यस्त हुनु पर्यो । विकासको वजेट महामारीतर्फ खर्च गर्न पर्यो निश्चय नै त्यसले गंभिर प्रभावित तुल्यायो ।

दुई तिहाइको स्थानिय सरकारले विपक्षी दलको सहयोगै पाएन कि क्याच गर्न सकेन ?

वहाँहरु जर्वजस्ती प्रतिपक्ष वन्ने जोर जुलुम गरे । स्थानिय तहको सरकारमा प्रतिपक्ष भन्ने शव्दनै हुन्न तर नेपाली कांग्रेसबाट जितेर आएका साथीहरुले सहयोग भन्दा वढी असहयोग गरे ।

वडाका नागरिकको काम वडा वाटै गर्न भन्दै कृस्टर निर्माण गर्नुभयो केहि महिना पछि खारेज गर्नु भयो जनताले तिरेको करमा यो खेलाची भएन ?

हो जनहितमा टेवा मिलोस् भनेर वार्डहरुको वीचमा ५ कृस्टर वनाइयो तर ति कृस्टरहरु थुम्के राजा रजौटा जस्ता भए नागरिकबाट गुनासाहरु आउन थालेपछि कृस्टर हटाइएको हो । हजार वर्गफिट सम्मका घर निर्माणको काम वडामै जिम्मा दिएका छौ । अव आर्थिक अधिकार सहितको वडा वनाउने कार्यको तयारी भइरहेको छ ।

वाँकी रहेको दुई वर्षे कार्यकाल के दिने योजना छ ?

पोखरा वसपार्कको समस्या समाधान गरेर ९४ रोपनी जग्गामा वसपार्क वनाउने योजना सफल पार्ने छु । निर्माणधिन सडक निर्माण योजना पुरा गर्ने जसमा हाल ११६ वटा योजना छन् तिनलाई पुरा गर्ने कार्ययोजना छ ।

महानगरपालिकामा संस्थागत भ्रष्टाचार भइरहेकोबारे प्रमाण सहित व्यापक कुरा उठेका कारण पोखरा पोखरा दुर्गन्धित र वेइज्जती भएको छ नि ?

पोखरा महानगरमा संसथागत भ्रष्टाचार भएको छैन । कहि कतै कोही व्यक्तिले भ्रष्टाचार गरेको भन्ने कुरा वाहिर आएको छ त्यसमा छानविन र कारवाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन । महानगरको ईज्जतमा दाग लाग्ने गरी कुनै काम गर्ने छुट कसैलाई दिन्न ।

“भ्रष्टाचारमुक्त वडा बनाउँछौं” – वडाध्यक्ष लामिछाने

राम राज लामिछाने (सचेतक)
वडा अध्यक्ष
वडा नं. ९, पोखरा

जनप्रतिनिधि छनोटमा अध्यक्षको जिम्मवारी सम्हाल्ने अवसर पाउनु भएको ४ वर्ष वित्यो कै उपलव्धी भयो ?

हामी वडा सरकारको नेतृत्वमा चुनिएपछि स्थानिय स्तरका वाटा घाटा पुल पुलेसा निर्माण गरेका छौं । दिवाकालिन रात्रीकालिन फोहोर मैला व्यवस्थापन र अनुगमन गर्यौ । वालमैत्री वडा घोषणा गर्यौ दुई वटा टोलमा । साघुको मुखमा पार्क वनाउने कार्य आरम्भ गर्यौं । वसपार्कबाट शिवटोलले हुदै ७ नम्वर वार्ड जोड्ने ११ मिटर चौडा सडक निर्माण जारी छ । पञ्चे वाजा संरक्षण कार्यलाई मूर्त रुप दिएका छौं ।

बाँकी दुई वर्षका कार्ययोजना के छन् ?

वार्ड नं. ९ लाई भ्रष्टाचार मुक्त वार्ड वनाउने । आजका काम आजै सक्ने प्रविधिको विकासलाई दिगो रुप दिने । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लागि जग्गा उपलव्ध गराउने, आम नागरिकलाई तत्काल सेवा प्रदान गर्न मिल्ने गरी व्यवस्था मिलाउने, वडाभित्रका सवै सडकलाई कालोपत्रे वनाउने । वसपार्क निर्माण गर्ने अव्यवस्थित वसोवास हटाउने लगायतका कार्य सम्पन्न गरेर मात्र यो कार्यकालबाट विदा लिने योजना वनाएको छ ।

आगामी दिनका चुनौती के–के हुन सक्छन् ?

सोचे जस्तो योगदान गर्न सकिएको छैन । महानगरले वर्षेनी वजेट थप्नुपर्ने ठाउँमा कटौती गर्दै लगेका कारण कति पय जनहितका लोकप्रिय कार्यक्रम वन्द हुन पुगेका छन् । नागरिकका आकांक्षा र आवश्यकता वढी उपलव्धी कम हुन सक्ने अवस्था आएकोले चिन्ता वढाएको छ ।

महानगरले दलगत भेदभाव गरेको छ कि छैन ?

निश्चय नै गरेको छ । वहुमतले अल्पमत माथि पेलेको छ । विकासे वजेट र योजना समेतमा व्यापक भेदभाव छ । चौरलाई चौतारो सज्जनलाई सुली भने जस्तै व्यवहार गरिएको छ । आस्थाको आधारमा भ्रष्टाचारीलाई जोगाइएको घटना प्रति हाम्रो आपत्ती छ यो पाराले महानगर भ्रष्टाचारको कुण्डमा डुव्न जाने खतरा छ ।

“सडक सञ्जाललाई प्राथमिकता दियौं” – वडाध्यक्ष दियाली

निर्मल दियाली
वडा अध्यक्ष
वडा नं. २८, पोखरा

वडा अध्यक्ष निर्वाचित भएपछि उपलव्धि के भए ?

म निर्वाचित भएको वडा पहाडी र ग्रामिण भेगमा पर्छ त्यस वडाका नागरिकको मुख्य अपेक्षा भनेको सडक सञ्जाल नै हो त्यसैले मैले सडक सञ्जाल विस्तार अझ भनौ भएका हिले धुले र साघुंरा सडकहरुलाई स्तरोन्तती गर्ने तर्फ केन्द्रीत भए । विकटलाई निकट वनाउन ५ वटा कनेक्टिङ सडक विस्तार र स्तरोन्तती गरियो जसमा वडा नं. २६ विजयपुर देखि २८ स्याङ्खुदी रैकर खोला वेशी नौरुङ सौय सडक । यस्तै विजयपुर, सुर्के मैदान आरुपाटा, कालिका खराने निशान्त थर सडक । यस्तै कालिका देउमाडी, स्याङ्खुदी भुर्तेलगाउँ वास्तोला गाउँ भेटनरी सौय हुदै कालिका धुर्तपुर अर्चले सडक निर्माण एवम् स्तरोन्नती गरेर सडक सञ्जाल जोड्ने काम भएको छ ।
प्रविधि मैत्री वडा भवन निर्माण गरी समय सापेक्ष ढंगले व्यवस्थित सेवा प्रवाह गरिएको छ । खानेपानी व्यवस्थापनका लागि पुराना मुल व्यवस्थापन र स्तरोन्नती गरिएका कारण खानेपानी समस्या समाधान गरिएको छ।

जनताका चाहना र सम्वोधन कसरी भएका छन् ?

जन चाहना र हाम्रो सेवा प्रवाहवीच ठूलो ग्याप छ। तर हामी त्यो ठूलो ग्यापलाई घटाएर सेवा प्रदान गरि सन्तुष्ट तुल्याउने कार्यमा तल्लिन छौ ।

वडा सरकार प्रमुख हुन पाउनुलाई अवसर कि चुनौती के मान्नु हुन्छ ?

यो दुवै रहेछ । पुरै जिवन सामाजिक क्षेत्रमा समर्पित गरेको मान्छेलाई जिम्मेवारी, पाउनु उचित अवसर हो । आत्म सन्तुष्टि पनि हो तर सिमित स्रोत साधनका कारण जनताको माग अनुसारको, विकास, सेवा र अपेक्षा पुरा गर्न नसक्दा चुनौती मान्न सकिन्न । तर स्थानिय जनतासँग प्रत्यक्ष घुलमिल हुन पाउनु सुखद संयोग पनि हो म त्यसलाई सकारात्मक रुपमा लिन चाहान्छु । साथै थला पारेको पर्यटन क्षेत्रलाई व्यूझाउन जरुरी महसुस गरी ठूलााबट भैरव भ्यू टावर, फुट ट्रयाक निर्माण गरी संचालनमा ल्याउने सोच रहि आएको छ ।

“नसोचेको विकास भएको छ” – वडाध्यक्ष आचार्य

जीवन प्रसाद आचार्य
वडा अध्यक्ष
वडा नं. १६, पोखरा

वडा अध्यक्षको ३ वर्षे उपलव्धी वताईदिनुहोस् ?

हाम्रो वडामा सवै वडाहरुमा भन्दा धेरै काम भएको छ भन्ने मलाई महसुस हुन्छ । सडक, सिचाई, कृषि सेवा सवै क्षेत्रमा द्रुतगतिमा अव्वल कामहरु भएका छन् । सडक यातायात तर्फ केआई सिं पुल, सुन्दर फिड सडक पक्का नाला सहित सडक स्तरोन्नती भएको छ मैदान महेन्द्रगुफा नाला निर्माण, सडक स्तरोन्नती, घार्मी खोला अर्मलाकोट सडक स्तरोन्नती, घोरकुनामा पक्की पुल निर्माण भइसकेको छ । संघ र प्रदेश सरकार सँग सहकार्य गरी योजना निर्माणमा सहजिकरण जिर्ण विद्यालय निर्माणमा सहजीकरण एक घर एक धारा कार्यक्रम अर्मलामा संचालन गरिएको छ । पशुपालन र कृषि तर्फ सिचाई, व्यवसायीक कृषि खेती कार्यलाई प्रोत्साहन कार्यक्रम लागु गरिएको छ ।

जन अपेक्षा र चुनावी घोषणाको तारतम्य मिलेको छ?

वडा नम्वर १६ मा सवै दल सवै पक्षको समन्वय र एकताको कारण विकास निर्माण लगायत सवै क्षेत्रको सहयोगका कारण सवै योजना सफल भएको हो हामीले घोषणा गरेका कामहरु क्रमश पुरा हुने क्रममा रहेको छ । कोभिड को कारण अवरोध भएका योजनाहरु विस्तारै लयमा फर्कदै छन् । कोभिड महामारीमा सवै दलको सहयोगमा ३ हजार वढीलाई लकडाउनमा राहत वितरण गरिएको छ ।

बाँकी दुई वर्षमा के के योजना पुरा होलान् ?

वडाभित्रका कनेक्टिङ सडकहरु स्तरोन्नती गर्ने, सुन्दर फिड, महेन्द्र गुफा, अर्मला काला मुढा, सम्मको सडक स्तरोन्नती कार्य सम्पन्न गरिनेछ मुल सडकका नाला डाइभर्ट गर्ने योजना अगाडि वढाइएको छ । सुशासन तर्फ विशेष ध्यान दिएका छौ सेवाग्राहीका काम आजका आजै गर्ने कार्यलाई नीतिगत निर्णय गर्ने योजनामा छौं ।

 

 



Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: