“कोकाकोला” जस्तै “कोल्डकोला” वजारमा, मिल्दो जुल्दो नाममा ग्राहक झुक्याउने खेल

यदुनाथ बन्जारा
14 October, 2020 11:58 am
Advertisements
Advertisements

वोतल उस्तै, पेय पद्धार्थको रङ उस्तै, वोतल वाहिरको लोगो पनि उस्तै त्यति मात्र हो र वोतल वाहिर लेखिने व्राण्डको नाम पनि दुरुस्तै तर मुख्य गुदो कुरा अर्थात् पेय पदार्थको स्वाद र गुणस्तर भने फरक । हो पोखराको वजारमा केहि समय अगाडि फेला परेको कोकाकोला जस्तै देखिने कोल्ड कोला र माउण्टेन डिउ जस्तै देखिने माछो दिउको हुलिया हो यो ।
कोकाकोला वहुराष्ट्रिय कम्पनी वोटलर्स नेपालले उत्पादन र विक्री कारोवार गर्दै आएको परिचित व्राण्डको पेय पदार्थ हो । यहि व्राण्डलाई दुरुस्त नक्कल गरेर वजारमा आएको कोल्ड कोलाले धेरै उपभोक्तालाई झुक्याइरहेको छ । हामी स्वयम्ले पोखराको विरौटाबाट कोकाकोला भनेर किनेर लगेको डेढ लिटरको जम्वो कोकाकोला स्वाद फरक पाएपछि वोतलको नाम नियालेर हेर्दा वल्ल थाहा भयो हामीले खाएको कोकाकोला नभएर कोल्ड कोला पो रहेछ । कोल्ड कोलामा रहेको गुलियो फरक खालको र ग्यास कम रहेको पाइयो ।
झापा जिल्ला अर्जुनधारा–५ को मनकामना फुड एण्ड वेभरेज कम्पनीको र्यापरमा वजारमा आएको यि दुई पेय पद्धार्थ कानुन वमोजिम हुन कि कानुन विपरित ? यो खोजीको विषय वनेको छ । दर्ता नं. १६५०५५ आ.व. २०७३/७४ उल्लेख गरिएको उक्त पद्धार्थ के को उत्पादन अनुमती दिएको हो भन्ने वुझ्नै पर्ने विषय वनेको छ । सामान्यत उस्तै, प्याटर्न ¥यापर र व्राण्ड नेमका उत्पादनले दर्ता अनुमती र खाद्य अनुज्ञा पाउँदैनन् । कोल्ड कोला र माछो डियूले कोकाकोला र माउण्टेन डिउ लेवल जस्तै लेवल टाँसेर पेय पदार्थको उत्पादन र विक्री वितरण गर्दै आएको भेटिएको हो।
राज्यका निकायले दर्ता दिएको हो भने त्यसको गुणस्तर जाँच गर्नु पर्छ उपभोक्तालाई झुक्याउने नियतले टाँसिएका ¥यापर (लेवल) फरक हुनु पर्छ । यस वारेमा राज्यको ध्यान जान सकेको छैन । वजारका ठूला र नाम चलेका डिपार्टमेन्ट स्टोसहरुमा भन्दा गाउँ वस्ती, कुनाकानीका किराना पसल, होटलहरुमा यस्ता उपभोक्ता झुक्याउने खालका कोल्डकोला, कुश्मा कोला, माछो डिउ नाकका पेय पदार्थ विक्री गरिदै आएको भेटिएको छ । ग्राहकलाई झुक्याउने त्यस्ता कम्पनीहरु दर्ता गर्ने सरकारी निकायको मिलमतो हुन सक्ने वुझिएको छ ।
कुनै पनि उत्पादनले ग्राहक झुक्याउन पाइदैन । मिल्दो जुल्दो उस्तै देखिने र्यापर टाँसर फरक उत्पादन र वेचविखन गर्नु वौदिक सम्पत्तिको चोरी हुन जाने कानुन विद् तथा उपभोक्ता अधिकारकर्मीहरु बताउँछन्। खाद्य अधिकृत शिवजी वराल दुरुस्तै मिल्ने खालको उत्पादन गर्न नमिल्ने वताउँछन् । अझ खाद्य तथा पेय पदार्थमा यसलाई कडाइका साथ निगरानी गर्न जरुरी रहेको छ ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक गोकुल शर्मा उपभोक्ता झुक्याउने गरी ¥यापर लगाइएका खाद्य तथा पेय पदार्थको वारेमा अनुगमन गरी गुणस्तर छानविन गर्ने तयारी भइरहेको वताउँछन् । चाड वाडलाई लक्षित गरेर यस्ता गतिविधि वढ्ने गरेका छन् कतै उद्योग दर्ता गर्ने निकाय र उत्पादक वीचको मिलेमतो त हैन ? सत्य तथ्य छानविन गरिनु पर्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: