जय मनकामना सहकारीको २० औं साधारण सभा जारी

सराङकोट न्यूज
13 October, 2020 6:34 pm
Advertisements
Advertisements

कोभिड १९ को महामारीले विश्वलाई डामिरहेका वेला नेपाल पनि प्रत्यक्ष प्रभावित वन्न पुगेको छ । चैत्र ११ गते देखि नेपालमा जारी वन्दावन्दी पुरै ५ महिना सकृय रहँदा त्यसबाट मुलुकलाई आर्थिक रुपमा धेरै पछाडि पारेको छ । महिनौ देखि रोकिएका सकृय कार्यहरु प्रत्यक्ष परोक्ष रुपमा सुरु गरिएका छन् । यतिखेर कोभिडको संक्रमण ह्वात्तै वढिरहँदा शैक्षिक, आर्थिक, औद्योगिक लगायतका क्षेत्रहरु आफ्नो लयमा फर्कन थालेका छन् ।
यसै क्रममा सहकारी संस्थाहरुले स्वास्थ्य मापदण्ड पुरा गरेर साधारण सभा गर्ने कार्यलाई निरन्तरता दिदै आएको पाइएको छ । सोही क्रममा पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरमा रहेको जयमनकामना वचत तथा ऋण सहकारी संस्था लि. को २० औं वार्षिक साधारण सभा असोज २५ गतेबाट सुरु गरेको छ । कास्की जिल्ला भित्र क्षेत्राधिकार रहेको ६४२५ जना शेयर सदस्य भएको उक्त सहकारीले २५ असोज देखि कार्तिक १ गतेसम्म एक हप्ता सम्म निरन्तर साधारण सभा आयोजना गर्ने निर्णय वमोजिम अक्षरको वर्णानुक्रम वमोजिम शेयर सदस्यलाई वोलाएर साधारण सभा गरिरहेको पाइएको छ। राज्यको नियम कानुन र शेयर सदस्यहरुको राय सुझाव अनुसरण गर्दै साधारण सभा आयोजना गरिएको सहकारीका अध्यक्ष संजय अधिकारीले वताए ।
२०५७ सालमा दर्ता भएको जयमनकामना सहकारीको कार्यक्षेत्र कास्की जिल्ला भर रहेको छ । १५ करोड अधिकृत शेयर पूर्जि रहेको उक्त सहकारीको वचत निक्षेप र कर्जा सापटीको अनुपात वरावर जस्तै रहेको छ । यो वर्ष सहकारीले संचालन मुनाफा झण्डै २ करोड हासिल गरेको छ । ५४ करोड वढि कर्जा र सापटीमा लगानी गरेको उक्त सहकारीको भाका नाघेको कर्जा १ प्रतिशत भन्दा कम रहनुले सहकारीलाई उत्कृष्ठ र सवल व्यवस्थापनको चित्रण गर्दछ । झण्डै ६ महिना वन्दा वन्दी झेल्दा पनि १८ प्रतिशत लाभासं वाड्न सहकारी सफल भएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: