उत्पादन तर्फ लम्कदै मान्द्रेढुंगा वहुउद्देश्यीय सहकारी

सराङकोट न्यूज
6 October, 2020 9:58 am
Advertisements
Advertisements

सहकारीलाई उत्पादन मुलक क्षेत्रमा लाग्न सरकारले निर्देशन गर्दै आएपनि अधिकांस सहकारीहरु पैसा किन्ने र पैसा वेच्नमै व्यस्त देखिन्छन् । सहकारीले सहकार्य र उपभोक्तामुखि काम गर्नु पर्ने निति वनाइएको वर्षौ भइसक्दा पनि उत्पादन र आत्मनिर्भरता तर्फ सहकारी कर्मीहरुको सोच नपुगिरहेको वेला पोखरामा केहि विषयगत सहकारी गठन भई उत्पादन र वितरण सेवामा लागि परेका छन्।
यसै वर्ष पोखरा १० मा खुलेको अरुणोदय दुग्ध उत्पादन तथा नश्ल सुधार सहकारी संस्था र गत वर्ष पोखरा १४ मा स्थापित मान्द्रैढुंगा वहुउद्देश्यीय सहकारी संस्थाले उत्पादनलाई जोड दिने गरी कार्यक्रम अघि सारेको पाइएको छ । यस पटक सराङकोट साप्ताहिकले मान्द्रेढुंगा वहुउद्देश्यीय सहकारी संस्थाको स्थलगत अवलोकन गरेर जस्ताको तस्तै विवरण उतार गर्ने जमर्को गरेको छ ।


आज भन्दा १५ महिना मात्र अगाडि पोखरा महानगरपालिकाको १४ नम्वर वार्डमा खुलेको मान्द्रे ढुंगा वहुउद्देश्यीय सहकारी संस्थाले छोटो समयमै आफ्नो अस्तित्वको छाप स्थापित गर्न सफल भएको देखिएको छ । महानगरको १०, १४ र १५ नम्वर वार्डलाई कार्यक्षेत्र वनाएको उक्त सहकारीले आफ्नो नाम जस्तै वहुउद्देश्यीय क्षेत्रमा योजना अघि सारेर आम सहकारी कर्मीहरुलाई नयाँ र नमुना सन्देश दिन खोजेको छ ।
मान्द्रेढुंगा सहकारीले पोखरा–१४ विशाल मार्गमा एकिकृत कृषि फार्म संचालनमा ल्याएको छ । पंक्षीहरुमा वट्टाई, टर्की, कालिज, लोकल कुखुरा पालन सुरु गरिएको छभने खसी वोका पालन, गरेर मासुका पारखी सदस्यहरुलाई समेट्न खोजेको छ भने सुद्द र ताजा दुधका पारखीहरुलाई दुधालु भैंसी पालन गरेर दुधको आपूर्ति गर्दै आएको छ। हाल ३० वटा वोका, वाख्रा १२ वटा लैना भैंसी पालेको सहकारीले दर्जनौ टर्की र वट्टाई पनि क्रमण हुर्कदै गरेको पाइएको छ ।
१५ वर्षका लागि १४ रोपनी जग्गा भाडामा लिएर एकिकृत कृषि फर्म संचालनमा ल्याएको उक्त सहकारीले फार्मको दायरा वढाउने योजना पनि अघि सारेको सहकारीका अध्यक्ष भरत केसीले वताए । लेखनाथ कन्दनी डाँडामा झण्डै ५० रोपनी जग्गा लिजमा लिएर फार्म विस्तारको योजना अघि वढाइएको अध्यक्ष केसीले वताए ।
सहकारीले १ करोड ८० लाख रुपैयाँको डि.पि.आर. तयार गरी कार्यान्वयन सुरु गरेको र त्यस मा हाल ४९ लाखको कार्य प्रगती सम्पन्न गरिएको छ । पहिलो फेजमा टनेल निर्माण गरी विभिन्न खालका वेमौसमी तरकारी खेती सुरु गरिएको छ । गोलभेडा काउली लगायतका तरकारी उत्पादन गरी आफ्नो शेयर सदस्यहरु अन्तरगत कारोवार गर्ने र उत्पादन वढाएर खुल्ला वजारमा पठाउने योजना रहेको अध्यक्ष भरत केसीले योजनाको फेहरिस्त सुनाए । आफ्ना सदस्य र स्थानिय वासिन्दाहरुलाई समेत लाभान्वित हुने गरी सुपथ मूल्य पसल (ग्रोसरी) खोलने कार्य अगाडि वढाइएको छ । अवको ६ महिना भित्र सवै योजना सफलताका साथ कार्यान्वयनमा आउने वताइउको छ । उत्पादनमुलक सहकारी ढाँचालाई सफल पार्न सरकारसँग आवश्यक सहयोग र सहकार्य गरी व्याज अनुदानको सफ्ट लोन लिएर काम गर्ने र एक उदाहरणीय र सफल सहकारी वन्ने कार्ययोजना अघि सारेको मान्द्रेढुंगा वहुउद्देश्यीय सहकारी संस्था कास्की जिल्ला कै नमूना र अनुकुरणीय सहकारी वन्न सक्ने अपेक्षा गरिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: