यौन काण्डका आरोपी सुवेदीलाई वर्खास्त नगरिएको भन्दै आँखा अस्पतालका कर्मचारी आन्दोलित

सराङकोट न्यूज
27 September, 2020 7:07 pm
Advertisements

पोखराको हिमालय आँखा अस्पतालमा कार्यरत लेखा अधिकृत वामदेव सुवेदी यतिखेर कास्की प्रहरीको हिरासतमा छन् । उनि विरुद्ध अस्पतालकै दुई जुनियर कर्मचारीले यौन शोषण गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् । कास्की प्रहरीले २०७७ भाद्र २३ गते सुवेदीलाई पक्राउ गरी करणी सम्बन्धि कसुर अन्तरगत अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको छ ।

आरोपित व्यक्ति वामेदव सुवेदीले अस्पतालमा कार्यरत सरसफाईकी कर्मचारीलाई ४ वर्ष देखि विभिन्न दवाव र प्रभावमा पारेर यौन शोषण गरिरहेका उजुरी छ भने अर्की एक महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर उनैको कोठा र कार्यालयको कार्यकक्षमै पनि वलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि सुवेदीको कर्तुत वाहिर निस्किएको थियो।

घटना पुरानो भएपनि असध्य र ज्यादती गर्ने क्रम नरोकिए पछि पीडितले काररवाहीका लागि अस्पताल व्यवस्थापन समिति समक्ष निवेदन दिएका थिए । व्यवस्थापन पक्षले केस मिलाएर सामसुम पार्ने तयारी गरेको थियो । यौन शोषण जस्तो गंभिर फौजदारी प्रकृतिको आरोपमा निवेदन परेको अवस्थामा प्रहरी समक्ष मुद्दा जिम्मा लगाउनु पर्नेमा अस्पताल व्यवस्थापन पक्षले मुद्दा मिलाएर गुमसुम पार्न खोजेको थियो । राती अवेर सम्म वैठक वसेर वामदेव सुवेदीलाई जोगाउन छानविन समिति वनाइएको थियो । आँखा अस्पतालकै मे.सु. डा. इन्द्रमान महर्जनको संयोजकत्वमा वनेको कार्यदलको आरोपित सुवेदीलाई स्पष्टिकरण सोधेको थियो ।

 


अस्पताल व्यवस्थापनले आलटाल गरेपछि पीडित दुवै जनाले सुवेदील विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । अस्पताल व्यवस्थापन पक्षले सुवेदीलाई वर्खास्त गर्ने कार्य अगाडि नवढाएको भन्दै अस्पतालको नेपाल स्वास्थयकर्मी तथा कर्मचारी युनियनले असोज ६ गते व्यवस्थापन समिति समक्ष निवेदन दर्ता गराएको छ । युनियनले अस्पतालको कार्यसंचालन नियमावली वमोजिम गलत आचारण तथा आर्थिक हिनामिना सम्वन्धि कार्य सम्वन्धमा आवश्यक सजाय हुन माग गरेको छ । पदको गलत फाइदा उठाई अस्पतालको आर्थिक हिनामिना समेत गरेकोले सो को सत्यतथ्य छानविनको समेत निवेदनमा माग गरिएको छ ।
यस्तै अस्पतालको चश्मा पसलको आम्दानीमा समेत घोटाला गरी अस्पतालको मुल आम्दानी घोटाला गरेको विषय युनियनले उठान गरेको छ । गत दुई वर्षको लेखापरिक्षण प्रतिवेदनमा ३५ लाख भन्दा वढि फरक देखिएको वारेमा प्रश्न उठाइएको छ । यस प्रकरणमा अस्पतालका केहि उच्च अधिकारी र लेखा अधिकृत वामदेव सुवेदीको संलग्नता हुन सक्ने आशंका व्यक्त गरिएको छ । राम्रो आम्दानी हुने चश्मा पसलको आम्दानीमा व्यवस्थापन र कर्मचारीको गिद्दे दृष्टिको वारेमा यथार्थ तथ्य वाहिर ल्याई दोषी उपर कारवाही हुुनु पर्ने भन्दै कर्मचारी युनियनले गंभिर ध्यानाकर्षण गराएको छ ।
यता यौन शोषणको आरोपी प्रतिवादी वामदेव सुवेदीको मुद्दा कमजोर पार्न विभिन्न शक्तिकेन्द्रले प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय सम्म पुगेर सेटिङ मिलाउने प्रयास गरिरहेको वुझिन आएको छ त्यसमा केहि सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरु समेत मुछिएको वताइएको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिबाट भएका यस्ता घिन लाग्दो आरोप लागेको व्यक्तिलाई स्वतन्त्र अनुसन्धान गरी कारवाहीको लागि मार्ग प्रशस्त गर्नु पर्ने ठाउँमा उल्टै जोगाउन खोज्नुलाई किमार्थ राम्रो मान्न सकिन्न ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: