सरकार मुखिया बा जस्त‍ो नबनोस्

विश्व त्रसित छ। शक्तिशाली राष्ट्र अमेरिका भारत चिन समेत भयभित छन्। जताततै कोरोना पुगेको छ। जहाँ हवा पनि पुग्न सकेको छैन त्यहा कोरोना भाइरस पुगेको छ। शक्तिशाली राष्ट्रले बनाएका यान जहाज रेल भन्दा पनि तिव्रगतिमा कोरोना भाइरस फैलिदै गएको छ। त्यसको सिकार आज नेपाल पनि भएको छ।
देसमा एकातिर भाइरस सक्रमण कढेको बढेइ छ। अर्कोतिर भ्रष्टाचार केन्द्र देखि टोलटोल सम्म फैलिदै जान थालेक‍ो छ। तणयसैले त नेपाली जनता कहिले भाइरस कहिले भ्रष्टाचार को प्रभावले ग्रस्त छन्।त्यतिले नभएर झन् भुखमरिले त घरघरमा डेरा जमाइ समेको छ। कोरोना सक्रमणको कारणले मृत्यु हुनेको भन्दा आत्महत्या गरि मृत्यु हुनेको सख्या झन् दिन प्रतिदिन बढ्दै गएको छ।त्यतिले मात्र नपुगेर बाढि पहिरो प्राकृतिक विपत्तिले गर्दा त झन् आफन्तको लास समेत देख्न नसिव छैन।कोही खादाखादै कोहि हिड्दा हिड्दै कोहि खान नपाएर कोहि समयमा उपचार नपाएर कोहि काचोकचिलो रोटो पिठो खाएर आनन्दको निद्रामा त कोहि रोग भोक शोक मन डुवेर रुदा रुदै निद्रामा हुदाहुदै यो धरतिमै विलिन हुनु परि रहेको छ।सबका सब परिवारको बिचल्ली छ।
धन सम्पति आफन्त गुमाएर कोहि ओढारमा कोहि ठाटि पाटि पौवामा त कोहि स्कुल कटेरा टौवामा बास बस्न बाध्य छन् ।दैव लाग्नुको पनि हद हुन्छ नि यतिबेला आम नेपाली जनताले रोग भोक शोक सबै थोकको पीडा भोग्न बाध्य छन्।हिजो नेपालि जनता प्रति उत्तरदायित्व बोध नभएको राज्य ब्यवस्था र शासक भए भनेर आम नेपाली जनताले जनताकै छोरा लाई शासक बनाउनु पर्छ तब दुख पीडा सास्ती रोग भोक शोक सबै समाप्त हुन्छन् सुखि नेपाली सम्वृद्द नेपाल हुन्छ भन्नेमा विस्वस्त भएर रोटो पिटो खाएर हुर्केका चप्पल लगाएर भिर पाखामा हिडेका नेताहरस लाई शासक बनाए ।तर नेपाली जनताले हिजो भनणदा आज आएर झन् दुख सास्ती पीडा भोग्नु पर्ने रोग शोक भोक लाई सिरक बनाउदै आसुले सिरानी भिजाएर सुत्नु पर्नेभए पछि यो परिवर्तित व्यवस्था र शासक प्रति पनि आम नेपाली जनता आक्रोस र रुष्ट हसनु पनि स्वभाविकै देखिन्छ ।तैपनि नेपाली जनताले नै जनताकै विच बाटै चुनिएका शासक भएपछि पनि उनिहरुमा उहीँ पुरानै मुखिया शैली डिठ्ठा प्रवृति जिम्माल रवैया विचारि चरित्र देखिनुले नेपालि जनता शासक हरु प्रति पछिल्लो समयमा त झन् चरम् रुष्ट देखिएका छन्।
भन्दा सरकार जहाँ तहि छ टोल टोलमा छ सिह दरवार गाउँ गाउमा ठाउँ ठाउमा छ भन्ने भन्नु पर्ने तर नेपाली जनताले भने आफुलाइ पीडा बोध हुदा पनि सरकार भएको अनुभूति गर्नै नपाउने भए पछि नेपाली जनताको सरकार प्रतिको विश्वास टुट्दै जानू पनि त स्वभाविकै हो। हुनता हिजो एउटा सरकार धपाएर हामिले तीन सरकार बनाएका छौ । तर आज आएर यी तन बटै सरकार देस र जनताप्रति पुर्णत जिम्मेवार अझै पनि बनणन सकिरहेका छैनन् । यसका लागि अनणत कतै जानू पर्दैन देसमा भइरहेको वर्तमान अवस्था र सडकमा बसेर कतै नेपाली जनताले आसु चुहाउदै पोलिथिनको थैलामा थापेर भात खानु पर्ने कतै आफन्तको मृत्यु पस्चात रिपोट आएर आफन्तहरु सबै झन् त्रसित हुनु पर्ने कतै मृतकको स्याव रिपोट नआउदै सव दाह सस्कार भए पछि पोजेटिभ रिपोट प्रवाह गरेर टोल छिमेक होइन पुरै समुदाय स्तरमै आतङ्मित पार्ने काम गरेर कतै स्याव परिक्षण गर्ने तर समयमै रिपोट नदिएर आम सरणवसाधारण लाइनै त्रसित पारि समुदायमै सबैलाइ असुरक्षित हुने गरि शिल गर्ने कतै रिपोट कै लागि शक्ति केन्द्र सग हार गुहार गर्नु पर्ने कतै लकडाउन कै कनरण जनता भोकले ताउर र माउर भएर बस्नु पर्ने नेपाली जनताको यो हालत र अवसणथा हुदा पनि सरकारले ठाडै सरकारि राजस्व बेलैमा बुझाउन उर्दि गर्दै आ आफ्नो सुरक्षा आ अनफै गरणन निर्देस दिने अझ पोले माथि घोचे झै गरि सरकारले यो भनणदा बढि के गर्न सक्छ भन्दै उल्टै घुर्कि र थुर्कि सहितका भाषण छाट्ने भए पछि जनताले के यहि नियथि भोग्नु पर्ने ह‍ो त कहाँ कतिखेर सक्रमित भइने हो पिसिआर परिक्षण भए पनि रिपोट कहिले आउने हो भन्ने कुरा पनि थाहा नपाएर अन्यौलताको अन्धकारमा बाच्न काध्य हुनु पर्ने।यहाँ सम्म कि पिसिआर रिपोट समयमा नआएको कारण कतिपय नागरिकलसमुदाय स्तरमा फैलिने यति खतरा बढ्यो कि नागरिक हरु यति मानसिक पिडामा छन् कि भनी साध्य छैन।सरकारले जतिनै राम्रो काम गरेको भनेर प्रचार प्रसार गरि रहेपनि हुक्के चिलिमे अरौटे भरौटे हरसले ढाक छोप गरे पनि जनताका पीडा सास्ति ज्युका त्यु छन् ।सारा देस बिमार छ कोरोना महामारी मात्र होइन सबैखाले शोक रोग र भोकमरि को विमारले देस ग्रस्त छ थला परि सकेको छ।उता सरकार भने कुनैन कुनै ढंगले हात हल्लाउनमै मस्त छ अपजस जति जनतालाइ जस जति आफु लाई पार्नमै व्यस्त छ।
यहाँ यतिबेला शासकको प्रवृत्ति र शैली देख्दा एउटा धेरै बर्ष पहिलाको घटित कथा भन्नै पर्ने हुन्छ । एकादेसमा एउटा गाउँ रहेछ त्यहा मुखिया डिठ्ठा विचारि जिमणमाल रहेछन् तर ती चार जना मध्ये मुखिया अलि टाठा काठा चतुर मात्र होइन यसो बैध्य परि आएमा झारफुक गर्न पनि सिपालु रहेछन् गाउमा यसो कसैलाइ केहि भएमा सबैले उनै मुखिया बा लाइनै बोलाउदा रहेछन्। तर गाउमा एक किसान अलि समय थला परेछन् र गाउले हरुले मुखिया बा लाई हार गुहार गरेछन् तब मुखिया बा आउने भएपछि गाउका सबै जम्मा भएर बसेछन् तब मुखिया बा आएछन र ती थला परेका किसान लाई यसो हेरे छन् नारि छामछुम पारेछन् र कसै सग पनि केही नबोलि हात हल्लाउदै निस्केर हिडेछन् तब सबै गाउले हरु त वाल्लै परेर बसेछन् किन भने उनिहरुमा मुखिया बा सग बोल्ने सोध पुछ गर्ने आट कसैमा पनि रहेन्छ । उता मुखिया बा को पछि पछि उनको मुनिम छाता ओढाउदै आएछ र मुखिया बा सग सोध्न थालेछ हजुर बिन्ति विसाम् हजुर ले हात मात्रै हल्लाएर किन आउनु भा मैले त कुरै बुझिन भनेछ ।तब मुखिया बा ले पनि झोक्किदै त त्यहि भएर सधै मुनिमको मुनिम नै रहि रहन्छस् । किन भने तेरो बुद्दि कहिल्यै माथि आउदैन जहिले पनि तेरो बुद्दि उहीँ घुडामुनि नै रहेको हुदा त सधै मुनिम नै रहनणछस् ल सुन मैले त्यो थला परेको विमारि लाई हेरणदा पहिला त विमार के हो पत्तै लाउन सकिन के औषधि खुवाउने भन्ने बारे आफै अलमलमा परे त्यहि भएर मैले हात हल्लाएर हिडे किन भने यदि त्यो बाचृन मर्यो भने तैले भन्नू गाउँ भरि हल्ला फैलाउनु कि देख्यो मुखिया बाले काचणदन भनेर ता उहिल्यै हात हल्लाएर आउनू भा हो भन्नु, यदि बाचेछ भने देख्यौ मुखिया बा ले हात हल्लाएर केही हुदैन भन्नू भा थ्यो भनेर गाउँ भरि हल्ला फैलाउनु जसले गर्दा अझै पनि गाउलेले मेरो विश्वास गर्ने छन्र मेरो अस्तित्व रहि रहनेछ बुझिस् भनेछन्।तब मुनिम पनि तीन छक् परेछ र हुन्छ हजुर म त्यसै गर्छु हजुरकै नुनपानि जुठोपुरो खाएको म हजुरकै गित गाउछु भन्न थालेछ।ठिक यस्त‌ै यतिबेला पनि नेपालि जनताले यस्तै नियति भोगि रहेछन् सरकारले पनि यस्तै मुखिया शैली र प्रवृति देखाउदै आइ रहेको छ। र मसनिम जसणता हुमणके चिलिमे अरौटे भरौटे पात्र हरुले पनि गित नमिले पनि भाका मिलाएर गित गाई रहेका छन् त्यसैले अब सरकार मुखिया बा जस्तो नबनोस् जे हो सत्य भनोस् जनताको धडकन बनोस् ।