खानेपानीका कर्मचारी वाग्ले २५ हजार घुस सहित रंगेहात पक्राउ

सराङकोट न्यूज
10 September, 2020 2:03 pm
Advertisements
Advertisements

नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्दवासिनीमा कार्यरत सहायक स्तर चौथो तहका कर्मचारी कृष्ण हरि वाग्ले २५ हजार घुस सहित अख्तियार कार्यालय पोखराले आज रंगेहात पक्राउ परेका छन् । तनहुँ घर भई पोखरा-१० मा वस्दै आएका वाग्ले करार सेवामा कार्यरत थिए ।
नेपाल खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयका महसुल शाखा प्रमुख वाग्लेले सेवाग्राहीसँग वढि उठेको महसुल मिलाई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको स्रोतले वताएको छ । सेवाग्राहीसँग घुस लिन वाग्ले पोखरा–१, बगरको ट्याक्सीचोक स्थित आशा मःम रेष्टुराँमा पुगेका थिए । अख्तियारले सोही रेष्टुरेण्टबाट पक्राउ गरेको अख्तियार पोखरा कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले वताए । उनलाई थप अनुसन्धानको लागि केन्द्रीय कार्यालय टंगाल लगिदै गरेको जानकारी प्राप्त भएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: