कोरोनाले डुवाएपछि बससँग भैंसी साट्न वाध्य

सराङकोट न्यूज
13 August, 2020 1:49 pm
Advertisements
Advertisements

नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण हरेक क्षेत्रलाई पीडित बनाएको छ, त्यसमा पनि यातायात व्यवसायीहरु सवैभन्दा बढि मारमा परेका छन् । बैंकबाट ऋण लिएर गाडी किनेका व्यवसायी हुन् या दिनभर गाडी चलाएर पेटपालो गरेका चालक, सह–चालकलाई चुल्हो वाल्न समेत समस्या पर्न थालेको छ । चैत्र ११ गतेबाट थन्क्याएको गाडी ५ महिनासम्म चलाउन नपाउँदा झाडी पलाएर गाडी नै छोप्ने अवस्थामा छन् भने इन्जिन सिज हुन थालेको, खिया लागेर सवारी साधन जिर्ण वन्न पुगेको अवस्थामा सवारी धनी र चालकहरु पिडा अभाव र तनावको सुस्केरा जिवन गुजार्न वाध्य पारिएका छन् ।
आम्दानी शुन्य मात्र हैन वैंकको किस्ताले डाम्न थालेपछि यातायात व्यवसाय नै हरो वन्न पुगेको भन्दा कतिपयले पेशा नै वदलेका छन् । कोरोनाका कारण अन्य पेशा गर्ने वातावरण समेत अनुकूल नभएपछि नुनको भाउमा सुन साट्नुपर्ने वाध्यता पनि आइपरेको छ ।
यस्तै मध्यका एक पात्र हुन् यातायात व्यवसायी श्याम दहाल । उनको पृथ्वी राजमार्ग यातायात प्रा.लि. अन्तरगत चल्ने वस छ । वैंकको किस्ता र व्यक्तिगत ऋण समेत वोकेको ग १ ख ४१०१ नम्वरको यात्रु वस धान्नै नसक्ने भएपछि दहालले भैंसीसँग बस साटेका छन् । वस चलाएर खाने दिन अनिश्चित भएपछि दहालले भैंसी लिएर वस दिएको वताए । भाद्र १ गतेबाट लामोदुरीका वस चल्ने आशापनि कोरोना संक्रमण र मृत्युदर ह्वात्तै वढेपछि सरकारले वस चल्ने मिति अनिश्चित रहेको वताए पछि झिनो आशाको डोरी पनि चुडिन पुगेपछि आफू भैंसी सँग वस साट्न वाध्य भएको श्याम दहाल वताउँछन् ।
यातायात क्षेत्रमा श्याम दहाल एक पात्र मात्र हुन् । हजारौं व्यवसायीहरु चरम संकटमा छन् । जीवन नै संकटमा पर्न थालेपछि यातायात व्यवसायी, चालक र तिनका आश्रित परिवार विचल्लीमा परिरहेका छन्। वैंक, वित्तिय संस्थाको किस्ता र व्याज तिर्न दवावको अर्को पिडा यथावत छ । सरकारा आफै अलमल छ, यातायात व्यवसयी पलायन हुनु पर्ने अवस्थामा छन् भने कतिपयले आत्महत्या रोज्न वाध्य छन् तर कसले वुझ्ने उनिहरुको पिडा ? गाडी दिएर भैंसी ल्याउन पर्ने अवस्था यहि हालत रहि रहेमा गाडी वाख्रा सँग साट्न पर्ने अवस्था नआउँला भन्न सकिन्न ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: