कोरोनाले उग्र रुप लिदै

सराङकोट न्यूज
13 August, 2020 10:09 am

कोरोना भाइरसको संक्रमण संख्या ह्वात्तै वढ्न थालेको छ । चीनको वुहानबाट सुरु भएको दावी गरिएको कोरोना भाइरसले यतिखेर विश्व नै आतंकित वन्न पुगेको छ । छिमेकी दुई ठूला देश मध्य खुल्ला सिमाना रहेको भारतबाट नेपालले धेरै जोखिम व्यहोर्न परेको छ ।
पछिल्लो सयम कोरोनाको कहरले मुलुक आक्रान्त छ । खुल्ला सिमानाबााट फाइदा उठाएर कोरोना संक्रमितहरु निर्वाध नेपाल पस्ने क्रम वढेपछि अहिले नेपालमा कोरोना त्रासको पोरो चढेको छ । अस्वभाविक ढंगले संक्रमण दर वढेपछि मृत्यु संख्या पनि तिव्र रुपले वढ्न थालेको छ ।
सरकारले कोरोना संक्रमणमा नियन्त्रण गर्न असक्षम कार्यशैली अपनाएको छ। लकडाउन गर्ने खुलाउने समय समेत देखाउन सकेन राज्यले । १ जना संक्रमित हुँदा देशभर लकडाउन गर्ने सरकारले दैनिक ५ जना मृत्यु भइरहँदा लकडाउन खुल्ला गरेको छ। यसबाट पनि वुझ्न सकिन्छ कि राज्यको भिजन निरर्थक सावित छ ।
विश्वमा फैलिएको महामारीको शिकार लाखौं जनता परेका छन् । दुई करोड जनता संक्रमणको सिकार वनेका छन् । ७ लाख वढीको ज्यान गइसकेको छ । नेपालको छिमेकी राष्ट्र भारतको संक्रमित दर उच्चतम विन्दुमा पुगेको छ । खुल्ला सीमाना भएका कारण त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्न गएको छ । सिमानामा नेपाल सरकारले प्रयाप्त सुरक्षा व्यवस्था मिलाउन सकेको छैन जसका कारण हजारौं संक्रमितहरु लुकिछिपी नेपाल भित्रिरहेका छन् । त्यसरी नेपाल छिरेकाहरुको कुनै लेखा जोखा गर्न सकेको छैन । क्वारेन्टाइन र आइसोलेसन वार्ड र वेडको अभावका कारण अनगिन्ती संक्रमितहरु समाजमा घुमिल भइसकेका छन् । निश्चयनै यो गंभिर समस्या वनिसरेको छ ।
कोरोना भाइरसले नेपालको सवै क्षेत्रलाई ध्वस्त वनाएको छ। आर्थिक, शैक्षिक, विकास लगायतमा धेरै पछि परिसकेको छ । सरकारले खर्च गर्ने पद्दतिमा कुनै सुधार आएको छैन स्वास्थ्य सुरक्षा सामाग्री लगायत मा भ्रष्ट र कमिशनको खेलमा सरकार निकटका व्यक्तिहरु मोटाइरहेका छन् । निष्ठा लिलामी भएको विवेक गुमेको र राष्ट्रियता धरासायी हुने गरी भएका काम कारवाही लाई कोरोनाको थाप्लोमा हालेर जन सहानुभूति वटुल्ने प्रयत्न वाहेक यो सरकारले देश र जनतालाई केहि दिन सकेको छैन ।
नेपालमा कुनै संकट भित्रिदा त्यसबाट प्रत्यक्ष रुपमा सरकारका उच्च अधिकारीहरु लाभान्वित हुने गरेका छन् । भुकम्पले कतिपयको जादु गरी छलाङ जस्तै कोरोनाले पनि केही मुठ्ठीभर व्यक्तिहरुलाई राम्रै हैसियत दिएको छ । अरवौ वजेट सकिँदा पनि देश र जनतालाई भोग रोग र त्रास वाहेक केहि पाएका छैनन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: