भ्रष्टहरु सल्वलाउन थाले

सराङकोट न्यूज
7 August, 2020 2:21 pm

भ्रष्टाचार देशका धमिरा हुन् । जुन देशमा संस्थागत र नितिगत भ्रष्टाचार हुन्छ त्यो देशको विकास र सुशासन कहिल्यै सफल हुदैन । यो कुरा सवै शासक प्रशासक राजनीतिज्ञ, नेता, कार्यकर्ता सवैलाई थाहा छ उनिहरुका हरेक वोली, भाषण र चुनावी घोषणा पत्रमा पनि भ्रष्टाचार मुक्त राज्य प्रणालीको ढोल पिटिएको हुन्छ, सोझा साझा जनता आँखा चिम्लिएर त्यहि व्यक्ति र नीतिको पछि लाग्दै आएका छन् नेपालको कुनै दल नेता र साशकहरुले जनताको गुणको वदलामा घात तिरी रहेका छ ।
दुखको कुरा त के छ भने वाहिर गुट्टी हाँक्ने नेताहरु भित्र भित्र आफ्नै स्वार्थको डम्फु हाँक्ने प्रवृत्ति छ । दिन दुगुना, रात चौगुनाको रफ्तारमा अकुत सम्पत्ति कमाउन उद्दत देखिएका छन् यो अस्वभाविक र राष्ट्रहित विपरित काम गर्ने पात्रहरुबाट स्वाभिमानी जनताहरुलाई थप खतरा रहेको छ ।
पूर्व सचिव भिम उपाध्याय भ्रष्टाचारको विरुद्धमा जनतालाई सन्देश प्रवाह गर्दा प्रहरी हिरासतमा पुग्नु प¥यो । त्यो अवस्था दुःखद थियो । यस्तै अर्का भ्रष्टाचार विरोधी पात्र उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिए आफ्नै कर्मचारीबाट । भ्रष्टाचार विरुद्धमा निरन्तर सकृय रहेका प्रेम सञ्जेल सरकारकै लागि चुनौती वनेका थिए । जनताको काममा अहोरात्र खटिइरहेका उपसचिव सञ्जेललाई यस अघि पनि धेरै पटक दुःख दिएको थियो । कहिले वेरीतको सरुवा गर्ने, कहिले अख्तियार पछि लगाउने त कहिले अनियमितता गरेको भन्दै दुःख दिन दिन खोजिएको थियो तर प्रेम सञ्जेलको पक्षमा सर्वत्र वचाउ भएपछि सरकार पछि हटेको अवस्था थियो ।
अरु उपाय नलागेपछि अहिले उनलाई सिध्याउन कर्मचारीलाई प्रयोग गरिएको छ । आफ्नै कार्यालयमा काम गर्ने करार अस्थायी कर्मचारीलाई प्रयोग गरेर शनिबार समेत कार्यालय आएका प्रेम सञ्जेललाई आक्रमण गरिएको छ । यो आक्रमणका पछाडि धेरै षडयन्त्र रचिएको हुन सक्ने देखिएको छ । कहिले वेरीतको सरुवा गर्ने, कहिले अख्तियार पछि लगाउने त कहिले अनियमितता गरेको भन्दै दुःख दिन दिन खोजिएको थियो तर प्रेम सञ्जेलको पक्षमा सर्वत्र वचाउ भएपछि सरकार पछि हटेको अवस्था थियो ।
अरु उपाय नलागेपछि अहिले उनलाई सिध्याउन कर्मचारीलाई प्रयोग गरिएको छ । आफ्नै कार्यालयमा काम गर्ने करार अस्थायी कर्मचारीलाई प्रयोग गरेर शनिबार समेत कार्यालय आएका प्रेम सञ्जेललाई आक्रमण गरिएको छ । यो आक्रमणमा पछाडि धेरै षडयन्त्र रचिएको हुन सक्ने देखिएको छ । उद्योगपत्ति, रोजगार व्यवसायीहरु माथि खरो रुपमा उत्रिएका प्रेम सञ्जेललाई सिध्याउन ठूलै शक्तिले चलखेल गरेको भन्दै उठेका आवाजहरुमा प्रचुर सत्यता रहेको छ ।
नेता मन्त्रीहरु करोडौं होइन अरवौं भ्रष्टाचार गर्ने लाइनमा पुगिसकेका छन् । कारवाही गर्ने, कानून वनाएर कार्यान्वयन गर्ने जिम्मेवार निकाय स्वयम् भ्रष्टाचारमा डुवेका छन् । यसबाट पनि नेपालमा भ्रष्टाचार संस्थागत वन्न पुगेको आभाष हुन्छ । अरु विडम्वना के छ भने संसद भ्रष्टाचार विरोधी कानून वनाउन होइन कमजोर कानुन वनाउन उद्दत रहेको छ । अधिकांस उच्च पदस्थहरु आफ्नै खुट्टामा वञ्चरो हान्ने गरी कानुन वनाउन खोज्दैनन् । त्यहि भएर भ्रष्टहरु सलवलाउन थालेका छन् यो दुःखद कुरा हो ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: