सर्बेसर्वा मै हुँ भन्ने हैकम वाद कहिले सम्म ?

शिवराज वस्ताकोटी (शिवदाई)
29 July, 2020 10:16 am
Shiva Raj Bastakoti
Advertisements
Advertisements

देखियो देसको चिन्ता कसलागि रहेछ राजनिति किन के का लागि कसका लागि रहेछ विशेष गरि नेपालका परिवर्तनकारि नेताहरूले राजनिति किन गरेका रहेछन भन्ने कुरा पछिल्लो दसकमा छरपरष्ट भएर बाहिर निस्कियो यसको ज्वलन्त उदाहरण वर्तमानमा नेकपामा देखिएको विवाद र नेकामा भित्रभित्रै भुसभित्रको आगो र पुत्ताएको धुवा नै पर्याप्त छ। नेकाका अध्यक्ष देउवामा देखिएको तानशाह प्रवृति र नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष ओलिमा देखिएको हैकमवाद देख्दा स्वय पाटिका अर्का अध्यक्ष दहाल लगाएत श्रीर्ष पङ्तिकै नेताहरू तर्सि रहेका छन् । कारण ओलिले शुरु गरेको अध्यादेस देखि भ्रष्टाचार लाई सरक्षण गरेको आफ्नो मनोमानि गरेको पाटिको कुनै पनि कुरा नसुनेको न्यायालय अख्तियार देखि सबै निकायमा हैकमवादि वर्चस्व कायम गरेको भन्दै पटक पटक केन्द्रीय कमिटिको बैठक माग गर्दा गर्दै फेरि अर्को नया नेकपाएमाले दर्ता भएकोमा पनि ओलिकै हात रहेको भन्दै दुवै पदबाट राजिनामा दिन पर्ने माग सहित दहाल र नेपाल पक्षले माग गरि रहेका छन् कतिपय कुरामा आन्तरिक सहमति भएको र सहमतिलाइ ओलि जि ले नै उलङ्घन गरेको आरोप लगाउदै दहाल नेपालले समेत असन्तुष्टि ब्यक्त गरि रहेका छन्। तर ओलि पक्ष भने वेमौसमि बाजा बजाएको भन्दै दहाल नेपाल पक्ष प्रति ब्यङ्गात्म कटाक्ष गरि रहेका छन् कतै पाटि फुट्नु हुदैन पाटि फुटेमा देसमा राजनितिक दुर्घटना हुन सक्छ भन्ने चिन्तक भनाइ आइ रहेका छन् भने कतै केही बाम तत्वनै पाटि फुटाउन बैचारिक अमिलो हाल्नमै तल्लिन देखिन थालेका छन्। यता दहाल र नेपाल पाटि फुट्न पनि नदिने आन्तरिक सहमतिमै विषय टुङ्याउने पक्षमा छन् जुन बटमलाइन भनेको राजिनामाकै माग छ तर यो कुरा मान्न ओलि तयार छैनन् । बरु पाटिनै फुटे पनि फुटोस् आफु राजिनामा कुनै हालतमा नदिने पक्षमा रहेको ओलिले जनाइरहेका छन् कतिपयले ओलि लाई हटाउनु हुदैन किन भने भारत सग सिमा रक्षाको विषयमा ठडिएर बोल्ने आटि नेताको अभाव छ त्यसैले यतिवेला ओलिको विकल्पको कल्पना पनि गर्नु हुदैन भनी रहेका छन् तर दहाल नेपाल पक्ष भने यो कुरा मान्न तयार छैनन् ।

साच्चि भन्नु पर्दा ओलि पनि दुइतिहाइको बहुमत प्राप्त सरकारको शक्तिशालि प्रधानमन्त्री बने पनि जनताले अपेक्षा राखे अनुसार र विश्वास गरे अनुसार मात्र नभै उनले बोले अनुसार काम गर्न नसकेका र उनकै पालामा दर्जनौ भ्रष्टाचार र अनियमितताका प्रकरण हत्या हिसा वलात्कारका घटना मात्र भएनन् कोरोना महामारी का कारण पुरै देस अस्तब्यस्त बन्यो जनता पिडैपिडामा पिसिन बाध्य भए यहाँ सम्मकि बिहान बेलुका हातमुख जोर्न पनि नसक्ने अवस्थामा पुगे अझै पनि जनताका आस लाग्ने दिन आउन बर्षौ लाग्ने देखिन थाले जसले गर्दा ओलि पनि सक्षम र सफल प्रधानमन्त्री को रूपमा स्थापित हुन सकेनन् । यहाँ सम्म कि इतिहासमै सबैभन्दा शक्तिशाली नेकपा बन्यो तर आन्तरिक विवादका कारण देख्दा जति बलियो देखिए पनि भोग्दा जनताको नजरमा कमजोर र गैर जिम्वेवार पाटि मात्रै होइन दुइ तिहाइबाम सरकार समेत बन्न पुग्यो यसको मुल कारण अरु नभएर सत्ताकै स्वाद सत्ताको रस सत्ताको लालस हो भन्ने कुरा कसैले भनी रहनु परेन पर्दा खुल्यो किन भने हिजो झलनाथ नेपाल दहाल प्रधानमन्त्री छदा पनि सरकार बाट हटाउन अग्रपङ्तिमा उभिएर विरोध जनाउनेमा ओलि नै थिए भनेपछि अहिले उनको राजिनामाको माग आउनु कुनै नौलो कुरा पनि त भएन त्यसैले भन्नै पर्छ यहाँ देस र जनताको चिन्ताले कसैले राजनिति गरेको होइन रहेछ सबैको उद्देस्य एउटै रहेछ कार्पेट माथि यात्राको सपना नै रहेछ फेरि यदि ओलि नै गलत असक्षम असफल प्रधानमन्त्री भनी रहदा अरु पनि त को नै सफल प्रधानमन्त्री भएका थिए र यहाँ यति बेला बाममा मात्रै पनि ओलि दहाल नेपाल खनाल सबै पुर्व प्रधानमन्त्री नै परे उता देउवा पनि ज्योतिषिले सात पटक प्रधान मन्त्री हुन्छ भनेका छन् भनेर हत्केलाका रेखा हेरि बसेका छन् तर यो सोचेका छैनन् कि म तीन तीन पटक प्रधानमन्त्रि छदा देस र जनताको लागि भरोषा योग्य एउटा पनि काम गरेको थिइन भने पछि मैले प्रधानमन्त्री को पदको आस गर्नु हुदैन भन्ने कुरा सोचेका पनि छैनन् देसलाइ बर्वाद पार्ने प्रधानमन्त्री को लिष्टमा मेरो पनि नाम छ होला सोचेकै छैनन् बरु अब नेकपा फुट्ने भो अब गठबन्धन को सहारामा म फेरि सत्ताको भर्याङ चढ्न पाउने भए भन्ने दिवा सपना देख्न थालेका छन् भने पछि आखिर यहाँ को रहेछ त देस र जनताको चिन्ता गर्ने कसैलाइ देसको चिन्ता रहृनछ भन्ने कुराको बलियो आधार प्रमाण खोज्न अन्त कतै जानू पर्दैन न सिमाक्षेत्रमा मिचिएको भुमि कालापानि लिपुलेक लिम्पियाधुरा दसगजा सुस्ता लगाएत सयौ सिमा स्थानमा भारत द्वारा मिचिएको सडक बनाइएको स्थान हेरे ललिता निवास प्रकरण ह्वाइटवडि प्रकरण सुनकाण्ड हत्याहिशा बलात्कार सासद व्यापार काण्ड सरकारि उध्योग कलकारखाना बेचविखन प्रकरण एमसिसि प्रकरण एनसिल काण्ड यी सबै उदाहरण हरूनै पर्याप्त छन् कुनै पनि पुर्व प्रधानमन्त्री असफल हुन् भन्नमा लागि यिनै उदाहरण र आधार नै काफि छन् यहाँ दुधले नुहाएका कोहि छैनन् मात्र वालुवाटार खालि राख्नु हुदैन भन्ने मान्यता राखेर जनता चुप छन् अब जनताले कसको के नियत र कसको कस्तो प्रवृति रहेछ सबलाइ देखि सके चिनि सके बुझि सके अब बुझ्नु पर्ने केही देदिदैन त्यसैले अब नेपाली जनताले अबका दिनमा गम्भीर भएर दिर्घ निर्णय लिनेबेला आएको छ नेता र पाटि हरूले पनि अब अर्को पटक फेरि नेपालि जनताको मन पग्लिएला र फेरि सत्तासिन भएर मन परि पाउला भन्ने नसोचे हुन्छ त्यसैले अब नेताहरूले बेलैमा जनहित राष्ट्रहितका लागि नया कदम चाल्नु जरुरि छ नत्र आखिर एकदिन अविर खादा लगाउने जनताले हातमा जुत्ता नलेलान् भन्न सकिँदैन सबैमा चेतना भया।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: