व्यवसाय सुचारु गर्ने वातावरण सहज गरिदिन प्रशासन समक्ष नेपाल नाई संघ, कास्कीले ज्ञापन पत्र बुझायो

पदम श्रेष्ठ
16 July, 2020 7:37 pm
Advertisements

पोखरा महानगरपालिका लगायत कास्की जिल्लामा व्यवसाय सञ्चालन गरि बसेका नाईहरुले विहीबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख ज्ञानराज ढकाललाइ नेपाल नाई संघ कास्कीका उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष आनन्द ठाकुरले ज्ञापन पत्र बुझाएका छन्।
लकडाउनको घोषणासँगै राज्यले प्रदान गर्ने भनिएका राहत प्याकेजहरुमा खाद्यान्न, घरभाडा छुट, ब्याजमा सहुलियत नाई व्यवसायी र मजदुर समक्ष नपुगेको हुँदा लामो समयको लकडाउन सँगै बन्द भएका सैलुनहरु डब्लु एच ओ.को मापदण्ड र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी नियम पालना गरेर पसल खोल्न अनुरोध सहितको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
नेपाल टे«ड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले “जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुखको तर्फबाट सकरात्मक कुरा आएको र निर्णय नभए सम्म भन्न नमिल्ने जानकारी आएको जनाए। प्रमुख जिल्ला अधिकारीले नाई संघले दिएको ज्ञापनपत्र बारे केन्द्रमा पु¥याउने आश्वासन समेत दिएको जनाएका थिए। पसल खोलेको खण्डमा स्वास्थ्यका सामाग्रीहरु मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न प्रदेश अध्यक्ष शर्माले अनुरोध गरेका छन्।
नेपाल नाई संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले नाईहरुका समस्या र सरकारले गरेका बाचाहरुबारे प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी गराएको र प्रमुखको सल्लाह सुझाव सकरात्मक आएको जनाएका छन्। “यो समस्या नाई हरुको मात्र नभई सम्पूर्ण श्रमिकहरुको समस्या भएको र बाँच्न र खाने अधिकार सबैले पाउनु पर्छ र सो अधिकार अहिले छिनिएको छ” ठाकुरले बताए । यदी ६ गते सम्ममा सकरात्मक निर्णय नआएको खण्डमा ७ गतेबाट नेपाल नाई संघ आन्दोलनमा उत्रने तयारी रहेको समेत जानकारी गराएका छन्।

त्यसै गरी नेपाल नाई संघ कास्कीका कार्यवाहक अध्यक्ष रामनाथ ठाकुर (आनन्द)ले अहिलेको समयमा रोगले भन्दा भोकले मर्ने बेला आईसकेको हुँदा सरकारले ६ गतेसम्ममा हेयर कटिङ सैलुन चलाउने सहज बातावरण नगराएको खण्डमा अर्को बाटो खोज्नुपर्ने बताएका छन्।


संस्थाका सल्लाहकार एवम् एक सैलुन व्यवसायीले घरवेटीले भाडा माग्ने, विद्यालयबाट स्कुल फि माग्ने, पसल खोल्दा पुलिस प्रशासनले समातेर लाने हुँदा अबको जिवनयापन कसरी गुजारा चलाउने यसको उत्तर सरकारले दिनुपर्ने बताए।
संघका सहसचिव सन्दिप ठाकुरले सरकारको निर्देशन बमोजिम सुरक्षित तवरले पिपिई, मास्क, सेनिटाइजर, पन्जा, सामाजिक दुरी एवम् ग्राहकहरुको सम्पर्क सहितको माइनुट तयार गरि काम गर्ने जनाए। अन्य व्यापार जस्तो नभएको र भिडभाड समेत नहुने हुँदा आफूहरुले सैलुन खोल्न पाउनुपर्ने जानकारी दिएका थिए।
कोभिड १९ को कारण राज्यले गरेको लकडाउन र ततपश्चात ठप्प रहेको आर्थिक गतिविधि र बन्द व्यवसाय एवम् रोजगारीको कारण नाई पेशासँग सम्बन्धित श्रमिक एवम् रोजगारदाता अत्यन्त प्रभाव परेको छ। पोखरा महानगरमा १ सय ५० भन्दा बढि सैलुन रहेकोमा ५ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदै आएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: