जनताको प्रश्न “राजनीति के का लागि ?”

कुनै पनि राष्ट्रको राज्य व्यवस्था संचालन गर्नका लागि गरिने नीतिलाई राजनीति भनिन्छ जसलाई निःस्वार्थ सेवा भावले गर्ने नीति भनिन्छ । जसले राष्ट्रका लागि राष्ट्र सँग केहि पनि नलिई जीवन भर राष्ट्र र राष्ट्रियता प्रति समर्पित भएर आफ्नो जीवनलाई त्याग्छ त्यसैलाई राजनेता भनिन्छ जसले गर्दा पहिला नीतिमा प्रवेश गरी निःस्वार्थ राजनीति गर्दैै गएर राजनीतिमै जीवन व्यतित गरेका जसले कहिल्यै पनि देस र जनताको हित विपरित कार्य नगरेका सधै आय आर्जन सत्ता स्वार्थ भन्दा पनि माथि उठेर राष्ट्र राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका लागि लड्दा लड्दै जीवन विताउँछन् तिनलाई नै राजनेता भनिन्छ तर हामीले राजनेता अझै पाउन सकेका रहेनछौ भन्ने कुरा पछिल्ला घटना क्रमले स्पष्ट पार्दैछ यसो राजनेता हुन लागेका राजनेता वन्न लायक त्यस्ता नेता हरुलाई हामीले गुमाइ सकेका रहेछौ । वरु पछिल्ला राजनीति गर्ने पुस्ताहरुले समेत तिनै राजनेता भन्न लायक नेताहरु जसलाई हामीले गुमायौ तिनैको नाता भजेर त्यही व्याजमा राजनीति गर्न थालेका छन् ।
आफू राजनेता वन्न लायक कुनै काम नगर्ने उल्टै ति सम्मानित आदरणीय स्वर्गीय नेताहरुको नाम भजेर राजनीति गरिरहेका पछिल्ला पुस्ताका नेताहरुले सिंगो राजनीति माथि नै हिलै हिलो मात्र वनाएनन् उल्टै एकले अर्कोलाई हिलो छ्याप्ने काम गर्दैै आइरहे र अहिले पनि एकले अर्कोलाई हिलो छ्याप्न मै व्यस्त छन् । देसको अवस्था के छ जनताको हालत कस्तो छ सिमा क्षेत्रको अवस्था कस्तो छ आफ्नो भूमि वैरीले कति मिचि रहेको छ भन्ने वारै कुनैपनि नेतालाई चासो छैन वरु को सत्तामा जाने कसको मान्छेलाई सत्तामा पु¥याउने को वैरीको निकट रहेर कुन नेतालाई पछार्ने भन्ने कुरा मै सवै नेताहरु व्यस्त भइ रहेका छन् ।
त्यसैले अव जनताले सोध्नै पर्ने अवस्था आएको छ सोच्नै पर्ने वेला आएको छ नेताहरुसँग प्रश्न गर्ने पर्ने समय आएको छ राजनीति किन आज सम्म नेपाली आम जनताको मनमा एउटा प्रश्नको अकुंर पलाउँदै आइरहेको थियो अव त्यो प्रश्नको अक्कुर फुट्नै पर्छ समयले फुटाउँछ र आम जनताको तर्फबाट नेताहरु तर्फ आखिर राजनीति किन भन्ने प्रश्न तेर्सिन्छ । अव हरेक नेपालीलाई नेता हरुले जवाफ दिनै पर्छ राजनीति किन के का लागि कसका लागि भन्ने वारे नेताहरुले स्पष्ट पार्नैपर्छ । नत्र नेपाली जनताको प्रश्नको वार वाट नेताहरु वच्न मुस्किल पर्ने अवस्था आउन सक्छ । आशावादी जनता तव सम्म चुप लाग्छन् जव सम्म धैर्यता रहन्छ जव धैर्यताको वाध फुट्छनी त्यतिवेला नेता मात्र होइन त्यस्ता ठूला ठूला वैमान राजनीतिका धरोहरलाई समेत भत्काइ दिन सक्छन् ।
आजसम्म नेपाली जनताले नेताहरुका हरेक कुरा विभिन्न खाले प्रयोगलाई स्विकार गर्दै आए कहिले पंचायति व्यवस्था कहिले सुधारिएको पंचायति व्यवस्था कहिले सवैधानिक राजतन्त्र सहितले वहुदलीय व्यवस्था त कहिले लोकतन्त्र कहिले संघिय लोकतान्त्रिक गणतन्त्रको प्रयोगलाई स्वीकार गर्दै आइरहे तर जुन सुकै व्यवस्था आए पनि पात्र उहि रहे प्रवृत्ति उस्तै रह्यो । जनता सडकमा निस्कन वाध्य भए यहाँ सम्मकी एउटै सत्तापक्ष पनि दुई पक्ष भएर सडकमा निस्कन थाले यो नै सवैभन्दा देसका लागि दुःखद घटना हो ।
तर नेपालको राजनीतिले एउटा सन्देश भने दिदै आएको छ । राजनीति भनेको जिव्रोकै भरमा आय आर्जन गर्ने जायजेथा जोड्ने छोरा छोरीलाई विदेशमा पढाउने आफन्त नातागोता छोरा छोरी शाला शाली वुहारी अगुवा पछुवा कुरौटे भरौटे हुक्ने चिलिमेलाई स्थापित गर्ने आफू सधै देश र जनताको पक्षमा लड्दै आएको सत्य सावित गराउने वाहेक अरु केहि होइन जस्तो देखिदै र देखाउँदै आइरहेका छन् नेताहरुको प्रवृत्ति र कार्यशैली जीवन शैलीले पनि प्रष्ट पारेको छ ।
त्यसैले त अव जनताहरुले नेताहरुसँग सोध्न वाध्य छन् राजनीति किन के यहि दिन देख्न । यसको जवाफ अव नेताहरुले दिनै पर्छ । नेपाली जनताले राजनीतिलाई व्यापार ठानेका थिएन्न तर राजनीति पछिल्लो समयमा एउटा अद्भूत व्यापार वन्न थाल्यो हैसियत परिश्रम इमान्दारीता भन्दा पनि चाटुकारीताले प्रश्रय पाउन थाल्यो । त्यहि भएरता डाक्टर वकील पत्रकार सुरक्षाकर्मी शिक्षक कृषक विद्यार्थी मजदुर व्यापारी ठेकेदार तस्कर माफिया सवै खाले पेशा व्यवसाय गर्नेहरु समेत राजनीति वाट चाहेर पनि टाढा रहन सकिरहेका छैनन कारण यि सवैलाई राम्रो ठाउँमा जागिर गर्न सरुवा वढुवा मिलाउन पढ्न पढाउन ठेक्का पट्टा पार्न तस्करी गर्न कृषकले विउ विजन लिन रीण लिन आइजिपि वन्न न्यायाधिश वन्न अख्तियार प्रमुख वन्न छोराछोरीलाई पढाउन यहाँ सम्मकी सामान्य सरकारी सेवा सुविधा लिन समेत कुनै न कुनै पाटीको सदस्य हुनु पर्ने राजनीतिमा जोडिएको हुनु पर्ने यदि त्यसो भएन हुन सकेन भने सवैका लागि आकासको फल आँखा तरी मर भने जस्तो अवस्था भोग्नु पर्ने भए पछि अनि कसरी जनताले राजनीति प्रति आस्था र नेताहरु प्रति विश्वास गर्ने प्रश्न यहाँनेर छ ।
फेरि पछिल्लो केहि दशक यता पेसा के हो भन्दा राजनीति अरे यस्तो पनि कुनै दुनियामा हुन्छ अनि उनैको जायजेथा देख्दा हामी सर्वसाधारण जनताले जिव्रो निकाल्नु पर्ने भने पछि अनि राजनीति प्रति घृणा जाग्दैन । तर यहाँ जनता यति वाध्य छन् कि राजनीति प्रति घृणा जाग्दा जाग्दै पनि नेताहरुका पछि लाग्न वाध्य छन् यसरी वाध्य हुनु पर्ने कारण तर आम जनताले दैनिक भोगी रहेका छन् । चाहे ७२ को भुकम्पमा होस् चाहे ७६÷७७ को कोरोना महामारीमा होस् आखिर कुनै न कुनै माध्यम बाट पाटी नेता राजनीतिमा नजोडिने हो भने वाँच्नै मुश्किल हुने त होइन भन्ने पछिल्ला दृष्टान्त हरुले नै स्पष्ट उत्तर दिई रहेको छ ।
त्यसैले आम नेपालीको मनमा एउटा प्रश्नले कच्योटी रहेको छ राजनीति किन भन्ने एउटा प्रश्न ता छदै थियो तर राजनीति के का लागि कसका लागि भन्ने प्रश्नको जवाफता पछिल्ला राजनीतिक घटनाक्रम र नेता मन्त्रीहरुको जीवन शैली र प्रवृत्तिले आवाज विहिन संकेत गर्न थालेको छ जसले गर्दा आम जनतामा राजनीति प्रति घृणा जाग्न थालेको छ ।
अव हामीले राजनीतिलाई कमाई खाने भाडो र जायजेथा जोड्ने मात्र राजनीतिका नाममा सेवा सुविधा लिने यो प्रवृत्ति र नीतिलाई सदाका लागि अन्त्य गर्न सक्नु पर्छ राजनीति सेवा र समर्पित हो भन्ने कुरा सवै नेताहरुको गिदीमा भर्न पर्छ । जसले गर्दा निस्पक्ष निस्वार्थ र इमान्दारिताका साथ राज्यबाट मानो चामल वाहेक कुनै पनि सेवा सुविधा नलिने तस्कर भ्रष्ट माफियाहरु सँग सगत नगर्ने खालका नेताहरु सत्तामा पुग्न सक्छन् जसले गर्दा अहिले हामील्े भोगी रहेको अवस्थामा आगामी दिनमा भोगी रहनु पर्दैन । त्यसैले अव राजनीतिका नाममा संस्थागत नातागत व्यक्तिगत देस लुट्नेहरुलाई सवै मिलि लखेट्नु पर्छ ।
देश वनाउनेहरुको संख्या बढाउनु पर्छ तस्कर भ्रष्ट माफिया हरुसँग मित लगाउने स्वार्थ पुरा गर्ने देश र जनतालाई लुट्ने हरुलाई सवै मिलि लखेट्नु पर्छ । जसले गर्दा सच्चा देशभक्त इमान्दार नेताहरु मात्र रहनेछन् तव देसले निकास र विकास पाउने जनताले राहत पाउने छन् ।
जसका लागि ४६ पछिका उच्च पदस्थ भनिने नेताहरु सवैको सम्पत्ति जायजेथा सुद्दिकरण गर्नु पर्छ कति वर्ष जेल वसेर कति कमाए कति वर्ष राजनीति गरेर कति कमाए सत्तामा वसेर कति कमाए सवै हिसाव किताव नेपाली जनताले माग्नै पर्छ चाहे त्यो आफ्नै पाटीकै मन्त्री नेता किकन नहोस् त्यसलाई पनि छाड्नु हुदैन तव राजनीतिमा भएको गन्द की सदाका लागि बढारिएर जानेछ तव देसले नयाँ स्वरुप लिनेछ ।