पद्म नर्सिङ कलेजको अस्तित्व जोखिममा, स्वःमूल्यांकन फर्म भर्न समेत वन्देज

सराङकोट न्यूज
8 July, 2020 9:26 am

कोरोना भाइरसको महामारीका कारण सिटिइभिटिले यस वर्ष स्थलगत भिजिट नगरी अनलाइन मार्फत सम्वन्धित प्राविधिक कलेजहरुलाई स्वः मूल्यांकन फारम अपलोड गर्ने व्यवस्था मिलाए बमोजिम असार २१ भित्र आवेदन लिने व्यवस्था मिलाएको थियो । यस पटक स्थलगत अवलोकनको अवस्था नरहे पनि प्राविधिक कलेज, स्वास्थ्य शिक्षा चलाई रहेका कलेज हरुले आफ्नै तजविजले फर्म अपलोड गर्ने मौका पाएका छन् यद्दपि पोखराको पद्म नर्सिङ कलेजले भने अनलाइन स्वः मूल्यांकन फर्म अपलोड गर्नबाट बञ्चित भएको छ । पद्म नर्सिङ कलेजको मातृ संस्था कर विवादमा मुछिरहँदा करचुक्ता समेत लिन नसकेको लगायतका विवादका कारण पद्म नसिङ कलजेको यो वर्षको भर्ना समेत प्रभावित हुने अवस्था आएको छ । मापदण्ड विपरित चलेको अस्पतालबाट रोश गुरुङ र जगत खड्काले कलेज खरिद गरे पनि चरम विवादको दलदलमा रहेको उक्त कलेजको गत वर्षको भर्ना समेत थप विवादित वन्न पुगेको थियो । कलेज खरिद गर्ने पक्षको रिजनल हस्पिटलको विरामी भर्ना अकुपेन्सी ३ प्रतिशत कम हुँदा पनि नर्सिङ काउन्सिलबाट भिजिट आएको लक्ष्मी तामाङको टोलीले ६३ प्रतिशत वेड अकुपेन्सी रहेको रिपोर्ट बनाइदिएपछि प्रकरणले नयाँ रुप लिएको थियो । उक्त अस्वभाविक र जादुमय प्रतिवेदन वाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अगाडि वढाएको थियो । अख्तियारको छानविन जारी रहँदा मूल्यांकन फार्म भर्न वाटै वञ्चित गरिएको छ । सिटिइभिटि स्तर निर्धारण महाशाखाका प्रमुख विनोद वडालले पद्मको फारम भर्न रोकिएको वताए । नर्सिङ काउन्सिलको पत्र वमोजिम रोकिएको वडालले वताएका छन् । सिट निर्धारण गर्ने निकाय नर्सिङ काउन्सिल र पाठ्यक्रम लागु गर्ने सिटिइभिटि वीचको मिलेमतोमा प्रकृया र मापदण्ड नै पुरा नगरेको अवस्थामा विक्री भइसकेको तर नामसारी हुन नसकेको पद्म नर्सिङ कलेज स्कुल अफ नर्सिङकै नाममा गत वर्षको भर्ना अनुमती दिएको थियो । ५० वेड समेत पुरा नभएको ३ प्रतिशत भन्दा कम वेड अकुपेन्सी भएको रिजनल कलेजले लिएको कलेजका विद्यार्थीहरुको भविष्य माथि प्रश्न उव्जिएको छ । अहिले ति विद्यार्थीहरुलाई पृथ्वीचोकको सामुदायिक अस्पतालमा क्लिनिकल प्राक्टिसको लागि लैजान सम्झौता गरिएको खुल्न आएको छ । जवकी उक्त अस्पताल जग्गा भाडा विवादमा सर्वोच्चमा मुद्दा चलिरहेको छ ।
अख्तियार, नर्सिङ काउन्सिल समेतको छानविन र निगरानीमा रहेको जगत खड्का र रोज गुरुङ समेतको कलेजले आफ्नो नाम समेत पाएको छैन । स्वास्थ्य शिक्षा जस्तो संवेदनशिल विषय पढाउने यो हालतको कलेजको सम्वन्धन खारेज समेत हुन सक्ने संभावना रहेको वताइएको छ तर पनि राज्यका निकायहरु मौनता साँधेर वस्नुलाई विडम्वना मानिएको छ । सराङकोटले नीति तिथि अनुसार कलेज र अस्पताल चलाउन र अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न लामो समय देखि खवरदारी गर्दै आएको छ ।

 


Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: