
समुदायमा कोरोना फैलियो भने अनियन्त्रित हुन्छ त्यसैले राज्यले लकडाउन ग¥यो । भारत लगायतका विभिन्न देशबाट आउने नेपालीहरुलाई राज्यले खर्च गरेर दुई हप्ता क्वारेन्टाइन राख्यो तर पनि लुकिछिपि नेपाल छिरेका स्वदेशी हुन् या विदेशी ति व्यक्ति सवभन्दा वढि जोखिमयुक्त वन्न पुगेका छन् । अहिले सम्म ति लुके छिपेकाहरु कोरोना सार्ने सुत्र वनेका थिए ।
पछिल्लो समय कोरोना संक्रमण फैल्याउन सक्ने पात्रका रुपमा स्वास्थ्यकर्मी रहेका छन् । चिकित्सक हुन् या नर्स विरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने ति पात्रहरुले जानी नजानी कोरोना संक्रमण फैल्याउने कार्यमा उनिहरुको भूमिका देखिएको छ । कोभिड डेडिकेटेड हस्पिटलको रुपमा रहेको गण्डकी अस्पतालमा कोरोना रोग पहिचान तथा उपचारमा प्रत्यक्ष संलग्न रहेका कतिपय चिकित्सकहरु आफ्नो नीजि अस्पताल तथा क्लिनिकहरुमा पुगेर आम सर्वसाधारण विरामी जाँच पड्ताल देखि अप्रेशन समेत गर्ने गरेको पाइएको छ । गण्डकी अस्पतालमा हाजिर गरेर ड्युटी समेत गरेका कतिपय डाक्टरहरु अपरान्ह ३ वजे पछि विभिन्न नीजि अस्पताल र क्लिनिक हरुमा भेटिने गरेको हामीले प्रत्यक्ष देखेका छौं ।
समस्यामा नफसेसम्म यि र यस्ता हेल्मेट चिकित्सकहरुको दुई तिन तिरको दौडधुप सतहमै विलाउँछन्, सरकारी अस्पताललाई कोरोना अस्पताल वनाइएको थाहा पाएका अधिकांस विरामीहरु गण्डकी अस्पताल जान डराउँछन् । उनिहरु कोरोना संक्रमणको जोखिमबाट जोगिन महंगो शुल्क तिरेरै भए पनि नीजि अस्पताल र क्लिनिकहरुमा जाने गरेको वताउँछन् तर उनिहरुलाई थाहा हुँदैनकी मैले उपचार सुविधा लिने डाक्टर संक्रमण सार्ने दुत हुन्छ भनेर ।
सामान्यतया कोरोना अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी अन्य अस्पताल वा क्लिनिकमा काम गर्नु हुदैन । स्वास्थ्य सेवा ऐनले पनि सरकारी अस्पतालमा कार्यरत डाक्टर वा स्वास्थ्यकर्मी विभागिय स्वीकृति नलिई अन्यत्र काम गर्नु हुदैन गरेमा त्यो गैह्रकानूनी हुन्छ । त्यसमाथि पनि कोरोनामा काम गर्नेलाई सरकारले जोखिम भत्ता स्वरुप सत प्रतिशत सम्म भत्ता प्रदान गर्दै आएको छ ।
सरकारी अस्पतालले मात्र हैन मनिपाल शिक्षण अस्पतालले समेत आउट ननप्राक्टिसिङ भत्ता प्रदान गरेको छ । फेवासिटि हस्पिटल निजिस्तरको हस्पिटलनै भएपनि आफ्नो अस्पतालमा काम गर्ने चिकित्सकलाई वाहिर अन्य अस्पताल र नीजि क्लिनिकमा काम गर्न नपाउने नितिगत निर्णय गरेको छ तर सवैभन्दा वढि यि तिनै वटा हस्पिटलका चिकित्सकहरुले नियम तोडेका छन् । आफ्नो अस्पताल ड्युटी सकिनु पहिल्यै अरु निजि अस्पताल र क्लिनिकमा टक्रिइसकेको देख्न सकिन्छ । चिकित्सकलाई कानून नियम र नीति सिकाउन हैरान छन् फेवासिटि, मनिपाल र गण्डकी अस्पतालका प्रशासन । राज्यकोषबाट तलव भत्ता सुविधा खाने डाक्टरहरु स्वयम् राज्यको नियम मान्दैनन् भने त्यो वौद्धिक जमातलाई नैतिकताको ट्यावलेट कसले खुवाउने ? अनुत्तरित छ यो प्रश्न ।
यसरी नियम तोडेर शहर भरी दौड्ने मात्र हैन हप्तामा एक पटक, महिनामा एक पटक राजधानीका सरकारी अस्पताल तथा प्रतिष्ठानबाट पोखरा धाएर झोला भर्ने डाक्टरहरुको संख्या पनि ठूलै छ । वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर क्यान्सर हस्पिटल, शहिद गंगालाल ह्रदय रोग केन्द्र वासवारीमा कार्यरत जनाउने चिकित्सिकहरु समेत वग्रेल्ती भेटिन्छन् । के ति चिकित्सकहरुले वाहिरी अस्पतालमा सेवा गर्ने अनुमती लिएका छन् ? कसले गर्ने नियमन र कारवाही ?
पछिल्लो समय डुलुवा डाक्टरहरु कोरोना सार्ने सम्वाहक सुत्र वन्ने अवस्था आएको छ । यस्तै घटना मध्य मणिपाल हस्पिटलमा फेला परेको कोरोना पोजेटिभ प्रकरणले आम जनतालाई सजक मात्र वनाएको छैन गंभिर सोचाई र चिन्ताको विषय भएको छ । हिजो मात्र कोरोना पोजेटिभ रिजल्ट आएका पर्वत पातिचौरका एक जना विरामी प्रकरण सोचनिय वनेको छ ।
सवारी दुर्घटना परी ८ दिन अगाडि उपचारार्थ मणिपाल अस्पताल आएका ति व्यक्तिलाई टाउकोको सर्जरी गरेका दुई जना डाक्टर जो पोखराको फिस्टेल अस्पताल र अर्का डाक्टर मेट्रोसिटि अस्पतालमा समेत नियमित कार्यरत रहेको वुझिएको छ । १० दिन सम्म उपचार गरेका विरामीमा कोरोना पोजेटिभ भेटिए पछि उक्त प्रकरण सँग जोडिएर धेरै प्रश्न उव्जिएको छ ।
मणिपालमा निज विरामी जसलाई जेष्ठ ३० गते कोरोना संक्रमण पुष्टि भएको छ उनको अप्रेसन र फलोअप गरेका चिकित्सक द्धय र उनको टिम ३० गते विहान सम्म कति ठाउँमा जोडिए ? फिस्टेल र मेट्रोसिटि अस्पतालमा कति जनाको उपचार गरे ? आफ्नै घर परिवार, समाज, स्टाफ कति जना सँग कन्ट्रयाक भयो ? चिकित्सक द्धय र उनको मनिपाल टिम त ३० गते वाट क्वारेन्टाइन वसेका छन् तर वितेका १० दिन सम्मको हिसाव किताव कसले, कसरी निकाल्ने ?
अहिले सम्म फेला परेका कोरोना संक्रमण केश मध्य यो गंभिर केश हुन सक्छ । दुर्घटनाका ती विरामीमा कोरोनाबाट कसरी र कहिले संक्रमण भयो भन्ने मुख्य विषय रहेको छ । मणिपालमा उनको टाउकोको अप्रेसन भएको छ । अप्रेसन गरेर ज्यान वचाउने चिकित्सक द्धय र उनको टिम अवस्य नै धन्यवादका पात्र हुन् तर एउटा विपत्ति टरेपनि दोस्रो विपत्ति सिर्जना गराएको छ । संक्रमणका फैलावट कति लामो हुने हो अनुमान गर्ने मुस्किल छ ।
अप्रेसन कक्ष, पोष्ट अप, वार्ड सँग जोडिएका दर्जनौ चिकित्सक र नर्स तथा प्यारामेडिक्सहरु मात्र हैन चिकित्सक द्धयले काम गरेका फिस्टेल र मेट्रोसिटि अस्पतालका विरामी र सम्वद्ध निकायहरु समेतको कन्ट्रयाक ट्रेसिङ अनिवार्य रुपमा सम्पन्न गरे पछि मात्र ढुक्क हुन सकिने अवस्था छ । यस प्रकरणमा हेड इञ्जुरी केशमा पिसिआर जाँच नगरी अपरेशन गर्नु आकस्मिक स्वभाविक कार्य मान्न सकिन्छ तर त्यसको जोखिम भने कायमै रहन सक्ने र उक्त जोखिम वोकेर विभिन्न अस्पताल चाहार्ने चिकित्सक कोरोना सार्ने माध्यम वन्न सक्ने अवस्था आएको छ । उनिहरुको पिसिआर परीक्षणको नतिजा आएपछि यथार्थ अवस्थाको आंकलन गर्न सकिन्छ ।
हाल विरामी सँगको सम्वन्ध जोडिएका ३० जना र मणिपाल अस्पतालका चिकित्सक र कर्मचारी संलग्न ५५ गरी ८५ जनाको कन्ट्रयाक ट्रेसिङ गरिएको जिल्ला स्वास्थ्य कार्याल्य कास्कीले वताएको छ । पहिलो चरणमा यिनीहरुको पिसिआर गरेपछि नतिजा पोजेटिभ आएमा दोस्रो चरणमा डाक्टरहरुले काम गर्ने अर्को अस्पतालमा कन्ट्रयाक टे«सिङ गरिने स्वास्थ्य कार्यालय कास्कीले वताएको छ ।
मनिपालमा कार्यरत डाक्टर वालगोपाल कर्माचार्य र निकुञ्ज योगी सहित आइसोलेसनमा रहेको जानकारी प्राप्त भएको छ । न्यूरो सर्जन डा. वालगोपाल कर्माचार्य फिस्टेल अस्पतालमा कार्यरत छन् भने डा. योगी मेट्रोसिटि हस्पिटलमा काम गर्छन् । यि दुई चिकित्सक को पिसिआर पोजेटिभ आयो भने फिस्टेल र मेट्रोसिटि अस्पतालका चिकित्सक कर्मचारी र उनले उपचार गरेका समेत संयौको कोरोना परीक्षण गर्नुपर्ने अवस्था आउन सक्छ ।
धेरै हस्पिटलमा काम गर्ने डाक्टरहरुका कारण कोरोना फैलावट हुने र त्यसबाट निर्दोस जनता मारमा पर्ने अवस्था रहेको छ । यसको मुख्य समाधान एक चिकित्सक एक हस्पिटल हो तर कमाउने होडमा लाग्दा विभिन्न निजि अस्पताल र क्लिनिकहरुमा आउने विरामीको कोरोना संक्रमण समुदाय सम्म पुग्न उच्च खतरा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्