सरकार निदाउदै, जनता व्यूझदै

शिवराज वस्ताकोटी (शिवदाई)
20 June, 2020 2:36 pm
Shiva Raj Bastakoti
Advertisements

विश्वमै अरु देसको गुलाम नभएको पराधिनमा नवसेको, स्वाधिनता सहित स्थापित भएको देश नेपाल हो इष्ट इन्डिया कम्पनीसँग पनि नझुकेको बरु उल्टै आफ्नो बहादुरी देखाउन सक्षम भएको नेपाल जतिवेला इष्ट इन्डिया कम्पनी सँग पनि नझुकेको वरु उल्टै आफ्नो वहादुरी देखाउन सक्षम भएको नेपाल जतिवेला स्वयं भारत पनि इष्ट इन्डिया कम्पनीको गुलाम थियो त्यति वेला समेत नेपाल सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र रहेछ भन्ने कुरा हरु ता इतिहासका पन्नामा अझैपनि अंकित छ ।
जतिवेला इष्ट इन्डिया कम्पनीले भारतलाई आफ्नो गुलाम वनाए पनि अंग्रेजहरुले जव नेपालतिर आँखा लगाउन थाले । त्यतिवेला पनि पृथ्वीनारायण शाह राणा साथै १०४ वर्ष सम्म शासन सत्ता चलाएर देशमा दमन हत्या हिंसा गरेका भएपनि राष्ट्रियताको सवालमा अंग्रेज सँग पनि मुकाविला गरेकै रहेछन् राष्ट्र रक्षाका लागि आफ्नो भूमिमा टेक्न समेत दिएका रहेछन् फेरि विश्वमै सवैभन्दा प्राकृतिक सुन्दरता सँगै सम्पन्नताले भरी पूर्ण भएको देस नेपाल नै रहेछ । सँगसँगै नेपालभूमि मात्र होइन यहाँका भूमि पुत्र आम नेपालीहरु समेत वहादुर पराक्रमी साहसी रहेछन् भन्नेकुराको आधार प्रमाण अन्त कतै खोज्न जानु पर्दैन विश्वमै सवैभन्दा वढि सुरक्षामा खटिने सेना प्रहरी र नेपाली इमान्दार रहेछन् भन्ने आधार विश्वकै सुरक्षामा सवैभन्दा वढि नेपाली रहेका छन् त्यसमा पनि विशेष गरी विट्रिस र भारतले त १९५० सन्धी पश्चात आफ्ना सुरक्षा निकायकै प्रमुख अंगहरुमा नेपालीहरुलाई नै भर्ती गराई स्थापित गराउन थालेको र अर्का वलियो आधार भारतकै प्रधानमन्त्री मोदीले समेत स्विकार गरी सकेका छन् र भनेका छन् नेपालको पानी र जवानी नै प्रमुख शक्ति हो सम्पत्ति हो ।
उनले त्यसो भन्नाको कारण नेपाल विना भारत पनि हुनै सक्दैन भारत विना नेपाल जिना सक्छ तर नेपाली विना भारत जिनै सक्दैन भनेका हुन् ।
कारण नेपालका जति पनि नदिनाला हिमाल देखि वगेर जान्छन् ति सव भारतमा जान्छन् नेपालका नदिको त्यो पनि भारतका लागि अमृत समान भएको छ कतिपय हिन्दु धर्ममा आस्था राख्ने भारतीयले त शंकर भगवान शिव भगवानको जटावाट आएको नेपालको जल पिउनु नै जीवन हो र मर्ने वेला एक घुट पिउनु नै स्वर्ग जानु हो भन्ने गर्छन् र नेपालको जवानी भनेकै यहाको शक्ति हो त्यो शक्तिलाई यदि भारतले १९५० सन्धी पछि लग्दैन्थ्यो भने भारत आजसम्म सुरक्षित हुने थिएन भारत अंग्रेजबाट स्वतन्त्र भए पनि विट्रिस साम्राज्यवाद बाट मुक्त हुन सक्ने थिएन । पानी नेपालको जवानी नेपाली शक्तिलाई भारतले आफ्नो देसको सुरक्षामा खटाउँदैन्थ्यो भने भारत पटकौ आक्रमणमा पथ्र्यो भारत सुरक्षित हुनुमा नेपालको ठूलो हात छ । त्यतिमात्रै होइन यदि नेपालीहरु भारतिय सेनामा हुदैनथ्यो भने पाकिस्तान भारतमा धेरै पहिला पसेरै आक्रमण गथ्र्यो तर नेपाली वहादुर छन् नेपालीसँग जुध्न खोज्नु भनेको विलय हुनु हो भन्नेकुरालाई विश्वले आत्मसात गरिरहेका छन् ।
तर भारतको नियत भने उहि व्रिटिश साम्राज्यवादको भन्दा अझै फरक ढंगले फेरिदै आएको छ किन भने व्रिटिशले सिधा आक्रमण गथ्र्यो तर भारतले विस्तारै दोस्ती पनि गर्ने सहयोग पनि गर्ने भैया पनि भन्ने मैया देख्यो भने चप्काई हाल्ने प्रवृत्ति देखाउँदै छ यो भारतको नेपाललाई सिधै खान नसके पछि निकालेको भारतीय संस्थापक शासक हरुको स्थापित नितिक्षेत्र जुन नितिलाई हामी अझै पनि विस्तारवादी नीति भन्ने गछौ र भारतमा जति नै शासक फेरिए पनि उनिहरुको नेपालप्रति हेर्ने दृष्टि उहि परम्परागत शैलिकै छ । नेपालमा भारतका गतिविधि विस्तारै वढिरहेका छन् संसद्मा हिन्दी भाषा प्रयोग हुनु पनि भारतको निगाहमा भएको मान्न सकिन्छ फेरि भारतले आजसम्म नेपालसँग पटक पटक अघोषित युद्ध गरी रहेको छ । एउटा सिमा क्षेत्रमा राष्ट्रपुत्र भएर सिमा रक्षाका लागि उभिएका सर्वसाधारण नेपाली जनतालाई थाहा छ भारतले सिमा कति मिचेको छ र नेपाली जनतालाई वन्दुकको नालले कति च्यापेको छ । भारतले गरेको अघोषित युद्दाको चपेटामा परेका ति नेपाली जनतालाई थाहा छ तर वालुवाटार सिहंदरवार वस्नेहरुलाई थाहा छैन उनिहरुता यसो जनता जुर्मुराए भने कसरी थेचार्ने भन्ने उपाएको खोजिमा कहिले नयाँ नक्सा वनाउने कहिले आ–आफै अन्तरद्धन्द्ध गर्ने कहिले भारतसँग वार्ताको वातावरण मिलाई दिन भन्दै लेन चौरमा विश्वास पात्र पठाउने मात्र हो तर भारत सँग वार्ता नगर्ने फेरी नेपालकै इतिहासमा आजसम्म त्यहि लिपुलेकले सुस्ताले धेरैलाई जनयुद्ध देशभक्ता नेता वनाएर वालुवाटार पठाएका घटनाहरु छन् । कतिपय नेताहरु अझै पनि त्यही सुस्ता जस्तै भारतले मिचेको सिमा क्षेत्रको विरोध गरेकै कारण त्यसैको व्याजमा अझै पनि नाक ठड्याएर सिहंदरवार पसी रहेका छन् ।
यसो त पूर्व प्रधानमन्त्री स्वं गिरिजा वावु प्रधानमन्त्री छंदा पनि सुस्ताको विषय राम्रै उठेको हो सायद त्यति वेला अहिले सत्तामा हुनेहरुले सुस्ताको कुरा उठाएको हुनु पर्छ सिमा क्षेत्र मिमिदा नेपाली कांग्रेस चुप्प लाग्यो भारतीय दलाल वन्यो भन्ने तत्कालिन अवस्थाका खरो रुपले सडकमा विरोध गर्दै उत्रने कम्युनिष्टहरुको सरकरा अहिले सत्तामा छ ।
त्यसमा पनि दुई तिहाई वहुमत प्राप्त छ । आम नेपाली जनता सम्पूर्ण विरोधी पक्षहरुले समेत लिम्यिाधुरा लिपुलेक कालापानी मात्र होइन सिमा क्षेत्रमा तारवार नै लगाउन परेपनि यहाँ सम्मकी सर्वसाधारण जनताले पनि एकधाक वरावर सहयोग रकम दिन तयार छन् । सायद नेपाल भूभाग संरक्षणका लागि सरकारले एक पटक मात्रै घोषणा गर्ने हो भने सवै भन्दा धेरै रकम यतिवेला जम्मा हुने थियो जो वाध्य भएरविदेशमा काम गरी वसेका छन् उनिहरु ति दाजुभाई हरुवाट यति सहयोग आउने छ कि अर्थ मन्त्रालयले यो हिसाव कितावराख्नकै लागि अर्को अर्थ विभागवाट अर्थ उपशाखा नै खोल्नु पर्ने अवस्था आउने छ । सिमा रक्षाका लागि सिमा अतिक्रमणका विरुद्ध आज नेपालीहरु देस विदेश वाट मात्र होइन घरघरबाट जुर्मुराएका छन् तर वालुवा टार र सिंहदरवार निदाई रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: