टिवी अस्पतालभित्र कोरोनाको पिसिआर ल्याव, जिर्ण क्षयरोगी जोखिममा

सराङकोट न्यूज
3 June, 2020 9:25 am

गण्डकी अस्पताललाई कोरोना डेडिकेटेड हस्पिटल र पिसिआर ल्याव राखिदाँ मृगौला रोगको डायलासिस सेवा समेत वन्द हुन सक्ने अवस्था नजिकिदै गर्दा हस्पिटल चोकमै रहेको टिवि अस्पताल भित्र अर्को पिसिआर ल्याव राखिने तयारी गण्डकी प्रदेश सरकारले गरेको छ।
कोरोना ल्याव र हस्पिटल राख्ने ठाउँको चयन उपयुक्त नभएको भन्दै चर्को आलोचना भइरहेको वेलामा परिक्षणको दायरा विस्तार गर्ने भन्दै टिवि अस्पताल भित्रै पिसिआर ल्याव संचालन गर्ने निस्कर्षमा गण्डकी प्रदशे सरकार पुगेको वुझिएको छ । पिसिआर मेसिन केहि हप्ता पहिल्यै खरिद गरिसकिएपनि त्यसलाई कहाँ राख्ने भन्ने वारे एकिन गर्न समय लागेको डा. डुक वहादुर क्षेत्रीले वताए । अव एक हप्ता भित्र टिवि अस्पताल भित्र पिसिआर जडान भइसक्ने डा. क्षेत्रीलाई वताए । ल्यावको जनशक्तिको अभावमा हाल तत्काललाई पोखरामै दोस्रो पिसिआर ल्याव राखिएको उनले बताए ।
मेसिन राख्यनको लागि लायन्स अस्पताल लेखनाथ, जि.पि. कोइराला स्वास प्रश्वास केन्द्र तनहुँ र धौलागिरी अंचल अस्पताल वागलुङ मध्य एक ठाउँमा राख्ने विषयमा अध्ययन भएपनि हाल तत्काललाई पोखराको डि.वि. अस्पतालमा पिसिआर ल्याव राख्ने तयारी गरिएको डा. क्षेत्रीले वताए।
टि.वि. अस्पतलामा पिसिआर ल्याव राख्दा सवैभन्दा वढि पिडित सिकिस्त क्षयरोगी (एम.डि.आर) हुने अवस्था आएको छ । २० जना भन्दा वढि जिर्ण क्षयरोगीले टिवि अस्पतालबाट उपचार सेवा लिइरहेको वताइएको छ भने डट्र र डट्स प्लस पद्दतिकोट प्रत्यक्ष दवाई सेवन गर्दै आइरहेका छन् ।
पिसिआर परीक्षण गर्न थालिएपछि त्यहाँ क्षयरोगीहरुको उपचार मात्र हैन नयाँ विरामी पत्ता लगाउने परीक्षण समेत प्रभावित हुन सक्ने वताइएको छ । अहिले जारी लकडाउनमा मात्र ८० वढि नयाँ क्षयरोगी पत्ता लागेको छ । कोरोनाका कारण टिवि अस्पतलाको सेवा प्रभावित भएमा जिर्ण रोगीको ज्यान जान सक्ने अवस्था आउने र नयाँ क्षयरोगी पत्ता लाग्ने काम समेत प्रभावमा पर्न सक्ने देखिएको छ ।
कोरोनाबाट मुक्ति पाउन गरिने व्यवस्थापकीय कार्यमा भएको कमजोरी र कोरोना अस्पताल र ल्यावको स्थान छनोटमा तारतम्य नमिल्दा कोरोनाले भन्दा वढि क्षति वेहोर्न पर्ने अवस्था नआउला भन्न सकिन्न समयमै राज्यको ध्यान जान जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: