फुटवलमा “जो आए पनि कानै चिरेका”

सराङकोट न्यूज
22 May, 2020 11:44 am
Advertisements
Advertisements

नेपालको खेलकुद क्षेत्र राजनीतिको कु चक्रका कारण अद्योगतिको यात्राबाट उकासिन सकेको छैन। त्यसमाथि पनि फुटवलको कथा झन् वढि टिठ् लाग्दो र घिन लाग्दो लयबाट वदलिन सकेको छैन। निश्चय पनि आम जनताले यो विषयलाई मसिनो गरी केलाइरहेका छन् र त्यसको मुल्यांकन गरनै रहेका छन् तर पनि अधिकार जति सवै नेतालाई सुम्पिएर अधिकार विहिन झै वन्न पुगेका हामी निमुखा जस्तै विकृति र विसंगतीलाई टुलुटुलु हेर्ने दर्शक वनिरहेका छौं।
विश्वको सर्वाधिक लोकप्रिय खेल फुटवल र त्यसलाई संचालन र व्यवस्थापन गर्ने संस्था अखिल नेपाल फुटवल संघ –एन्फा) को नेतृत्वको अकर्मण्य कार्यशैलीले उव्जाएको विवाद र दिन नसकेको पहिचानले निरर्थक वनाएको छ यस वारेका धेरै कथा कुथुंग्री आम नेपाली सामु साक्षत छन्। अरवौं रकमको खेलोमेलो गर्ने एन्फा राष्ट्रिय स्वार्थ भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको सत्य घाम जस्तै छर्ल· रहेको छ।


नेपालको फुटवल इतिहासमा गणेश थापा एक जवर्जस्त पात्र हुन्। गिता राणा र गणेश थापा वीच एन्फाको नेतृत्व हत्याउन भएका खेलवाट गणेश थापाले पाएको सफलताले दिएको उपलव्धि अपेक्षाकृत आउन सकेन त्यति मात्र हैन पछिल्ला वर्षहरुमा सुशासनमा व्यापक आलोचना स्थापित गर्ने प्रयास गरियो।
एन्फा भित्रको आन्तरिक सुशासनलाई मुल मुद्दा वनाएर नेतृत्व हत्याउन सफल कर्माछिरिङ शेर्पाका दुई वर्ष उस्तै विवादित र उपलव्धि विहिन भएर वितेको भन्दै जानकारहरुले टिका टिप्पणी गर्ने क्रम वढेको छ। २०७५ वैशाख २२ गते एन्फाको केन्द्रिय अध्यक्ष वन्न सफल भएका शेर्पा धेरै कुरामा असफल मात्र हैन असक्षम रहेको वताइन्छ। दुई दशक वढी समय सम्म नेपालको फुटवल संसारमा एकक्षेत्र राज गरेका गणेश थापा विरुद्ध अनियमितता र एक्लौटी निर्णय गर्दै काम गरेको जस्ता गंभिर आरोप लगाएर गणेश थापाको किल्ला भत्काएका कर्मा छिरिङको दई वर्षे उपलव्धि जुन जोगि आए पनि कानै चिरेको भने जस्तै भएको छ।
कर्मा छिरिङ शेर्पाले आफू निर्वाचित भएको दिन वैशाख २२ गतेलाई एन्फा दिवस मनाउने घोषणा गरेर तानाशाही हैकमवादी प्रवृत्ति देखाएका शेर्पाको पछिल्ला कार्यशैली उस्तै विवादित वन्न पुगेको अनुभूति फुटवल मात्र हैन खेल क्षेत्रका जानकारहरु नै वताउँछन्।
एन्फाको ठूलो रोग वोल्ने तर काम नगर्ने रहेको छ। त्यस मध्यपनि सम्मान, पुरस्कार घोषणा गर्ने तर नदिने रोग परम्परा जस्तै वन्न पुगेको छ। गत वैशाखमा घोषणा भई डमी चेक पाएका व्यक्ति व्यक्तित्वहरुले अझै सम्म नगद पुरस्कार पाएका छैनन्। एन्फा केन्द्रको यो रोग जिल्ला तह सम्म सरेको छ।
कास्की एन्फाले पनि विजेतालाई मात्र हैन सम्मानित भएका खेल पत्रकारलाई समेत वर्ष दिन वितिसक्दा पनि पुरस्कार रकम प्रदान गरिएको थिएन। यस्तै कास्की एन्फाले खेलकुद –फुटवल) स्पर्धाका वखत खरिद गरिएका समानको लाखौं रकम नतिर्दा एन्फा कास्कीका अध्यष मिलन गुरुङ समानको रकम भुक्तानी प्रकराण्मा वाउन्स चेक काण्डमा थुनिएका थिए उनको मुद्दा अहिले पनि अदालतमा विचारधिन रहेको छ। पोखरामा निर्माणधिन वैकल्पीक फुटवल रंगशालामा समेत एन्फाले गरेको काम गुणस्तरिय र पारदर्शी नभएको भन्दै खेलकुद परिषद्ले हस्तक्षेप गरी वाँकी काम आफैले गरेको थियो। फुटवलका नाउँमा राज्यको ढुकुटी माथि गोलका नाममा भएका भद्रगोल छानविन गरिनुका साथै योग्य मान्छेको नेतृत्वमा एन्फा चल्नु पर्छ।
खेलकुद क्षेत्रमा विभिन्न योजनाहरु संचालनमा ल्याइएपनि त्यसको आन्तरिक सुशासन र आर्थिक पारदर्शिताको वारेमा प्राय जसो विवादले गाँजेको छ। विल मिलाएर खाने देखि प्रकृया नपु¥याई योजना संचालन गर्ने कार्यले थप विवाद सिर्जना गराएको छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: