लकडाउनको मौका छोपेर सरकारी वन क्षेत्रमा ढुंगा तस्करको विगविगी, प्रहरीको मिलेमतो

यदुनाथ बन्जारा
13 May, 2020 4:51 pm
Advertisements

कोहीलाई के धन्दा कोहीलाई के धन्दा घर ज्वाईलाई खानाकै धन्दा भनेजस्तै कोरोना महामारीका कारण जारी लकडाउनमा धेरैलाई भोक र रोगबाट कसरी जोगिने भन्ने पिर भइरहँदा कतिपय व्यक्तिलाई भने राष्ट्रिय वन क्षेत्रमा ढुंगा खानी उत्खनन् र तस्करी गर्दै कुस्त कमाउ धन्दामा लागेको पाइएको छ ।
नेपालमा कोरोनाका कारण २०७६ चैत्र ११ गतेबाट लकडाउन सुरु भई अद्यावदी चलिरहेको छ । यो वीचमा केहि व्यक्तिलाई भने स्वर्ग सावित भएको छ । कमाउने र रमाउने स्वार्थ वोकेको व्यक्तिहरु जसले सरकारको ध्यान कोभिड–१९ नियन्त्रणमा केन्द्रित भएका वेला केहि व्यक्तिहरुले राष्ट्रिय वन विनास गर्ने देखि वन क्षेत्रमा ढुंगा खानी चलाएर लाखौं कमाउने धन्दामा लागेको भेटिएको छ । वन्यजन्तु चोरी सिकारी, काठ तस्करीका खवर विभिन्न जिल्ला जिल्लाबाट सार्वजनिक भइरहँदा कास्की पनि त्यस्ता अवैध धन्दाको सूचिबाट मुक्त हुन सकेको छैन ।
पोखरा महानगर पालिका वार्ड नं. १९ जहाँ चैत्रको पहिलो साता घार्मीको गुँरास पानी गाउँमा रहेको भुमेपुज्ने तिस ढुंगे सामुदायिक वन सँगै जोडिएको पर्ती जग्गामा रहेका कविर ५ सय रुख वुटाहरु एक हप्ताभित्र सोत्तर पारेर ढालिएको थियो । नेपाल सरकारका वहालवाला क्याविनेट (युवा तथा खेलकुद) मन्त्री जगत बहादुर विश्वकर्मा सुनारको अगुवाई र संलग्नतामा डाडै सखाप पार्ने गरी वन फाँडिए पछि हाल डिभिजन वन कार्यालय कास्कीले विस्तृत अनुसन्धान कार्य अगाडि वढाएको छ । दुई हप्ता सम्म अड्काएर जिल्ला प्रशासन कार्यालय कास्कीले अनुसन्धान अधिकृतलाई नियुक्ति पत्र दिएपछि विस्तृत अनुसन्धानको वाटो खुलेको छ ।
घार्मी वन फडाँनी प्रकरणको अनुसन्धान सुरु हुँदा नहुँदै पोखरा १९ नम्वर वार्डको पुरञ्चौरको माथिल्लो भेगमा पर्ने जंगल क्षेत्रमा ढुंगा खानी संचालन गर्ने गिरोह सकृय रहेको रहस्योद्घाटन भएको छ । पोखरा महानगर वार्ड नं. १९ र माछापुच्छ्रे गा.पा. वार्ड नं. २ को सिमानामा पर्ने पैंयू खोलाको वन क्षेत्रमा ढुंगा खानी संचालन गर्दै त्यहाँ बाट उत्खनन् गरिएका ढुंगा पिस कटिङ र छपनि कटिङ गरी पोखरामा विक्री कारोवार गर्दै गर्दा डिभिजन वन कार्यालय कास्कीले सूचना पाइ घटना स्थल पुग्दा खानी संचालक र ढुवानी कर्ता ढुंगा वाटोमै खन्याई फरार भएका थिए। डिभिजन वन कार्यालयलाई प्राप्त सूचना वमोजिमका ढुवानीमा संलग्न टेक्टर ढुंगा कटिङ गर्ने मेसिनको आसपासमा खाली रहेको अवस्थामा फेला परेका सम्वद्ध सूचना स्रोतले सराङकोटलाई वताएको छ ।

एक्याप क्षेत्र पनि विवादमा

महानगरको वार्ड नं. १९ को वनक्षेत्रमा खानी उत्खनन् गर्ने र उत्खनित ढुंगा माछापुच्छ्रे गा.पा. वडा नं. २ हुँदै सञ्चय र निकासी गर्ने गरेको वन कार्यालय कास्कीले वताएको छ । वनको टोली पुग्दा पुरुञ्चौर तर्फ खानी मात्र देखिएको तर उत्खनित माल वस्तु माछापुच्छ्रे गा.पा. २ मा राखिएको पाइएपछि सो को वरामदी मुचुल्का गराई थप अनुसन्धानका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पढाइएको डिभिजन वन कार्यालय कास्की पोखराले वताएको छ । वरामद भएको क्षेत्र एक्याप अन्तर्गत पर्ने भएकोले त्यसतर्फ पठाइएको डि.एफ.ओ. रामकाजी श्रेष्ठले वताए ।
पुरुञ्चौर तर्फको वन क्षेत्रमा रहेको अवैध ढुंगा खानी वारेमा डिभिजन वन कार्यालयले छुट्टै अनुसन्धान गर्ने डिएफओ श्रेष्ठले वताएका छन् । वन ऐन विपरित कार्य गर्नेको पहिचान गरी कानून वमोजिम कारवाही गरिने पनि श्रेष्ठले वताए । अवैध खानी संचालन गर्नेको पहिचान नजिक पुगेको र केहि दिन भित्रै कानूनी प्रकृया पु¥याई छानविन अगाडि वढाइने पनि उनले वताए । एक्याप क्षेत्र र पुरुञ्चौर सिमामा काम गर्ने व्यक्ति र ओसार पसार गर्ने सवारीको नम्वर पहिचान खुलीसकेकोले दुवै क्षेत्रमा अवैध कार्य गर्नेलाई प्रचलित ऐन वमोजिम कारवाही गरिने निश्चित रहेको खुलाइएको छ ।
एक्यापको क्षेत्र माछापुच्छ्रे २ मा ढुगा खानी कटिङ उद्योग र निकासी (तस्करी) गर्ने विरुद्ध अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय वाट अनुसन्धान तथा कारवाही गरिने जनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुख्यालयका सूचना अधिकारी ऋषि वरालका अनुसार डिभिजन वन कार्यालय कास्कीबाट एक्याप क्षेत्रमा ढुंगा खानी र तस्करी भएको वारे मुचुल्का प्राप्त भई विस्तृत अनुसन्धान कार्य अगाडि वढेको छ । वरालले भने “कानूनले निर्दिष्ट गरे वमोजिम संरक्षण क्षेत्र सम्पर्क कार्यालयका संरक्षण अधिकृत अमृत शर्मालाई अनुसन्धान अधिकारी नियुक्त गरी अनुसन्धान अगाडि वढाइएको छ ।” अनुसन्धान अधिकृतले पुरा अनुसन्धान गर्ने र सरकारी वकिल मार्फत अभियोजन तयार गरी मुद्धा दर्ता गरिने प्रावधान रहेको छ ।
तहकिकातका लागि तोकिएका अनुसन्धान अधिकारी अमृत शर्मा एक्याप क्षेत्रमा कानूनले तोकिए भन्दा वाहेकका कार्य गर्न नहुने वताउँछन् । ढुंगा खानी संचालन तथा निकासी प्रकरणमा दोषी पाइए विगो वापतको समान जफत गरी कायम हुन आएको विगोको दोव्वर जरिवाना र कैद सजाय सम्म हुन सक्ने वताउँछन् ।
उक्त भेग अन्तर्गत पर्ने एक्याप कार्यालय ल्वाङका प्रमुख याम बहादुर गुरुङ माछापुच्छ«े २ नम्वर वार्डमा घटेको घटना सम्वन्धमा युनिट र सिएमसी मार्फत् जानकारी भई ध्यानाकर्षण भएको वताउँछन् । हाम्रो काम संरक्षण गर्ने हो कुने मुद्दा माम्ला र अनियमित कार्य भए वा उजुरी परेमा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालयका अनुसन्धान अधिकारीले छानविन गरी कानूनी कारवाहीको प्रकृया अघि वढ्ने वताउँछन् ।
यता माछापुच्छ«े गा.पा. २ का वडा अध्यक्ष विक्रम गुरुङ कानूनका जानकारी नपाएर खानी उत्खनन् तथा ओसार पसार भएको हुन सक्ने वताउँछन् । वनले स्थलगत मुचुल्का गर्दा सहि गर्न नमानेका वडा अध्यक्ष गुरुङले वनका कर्मचारीको रुखो व्यवहारबाट चित्त नवुझेको वताउँछन् । आफ्नै वडामा भएको ढुंगा खानी र ओसार पसार भइरहेको वारे राज्यका निकायले छानविन गरिरहेको वताए । गुरुङले नागरिकलाई कानूनको वारेमा चेतना दिन जरुरी रहेको वताउँदै गाउँपालिका मा कानून अधिकृत नियुक्त गर्न जरुरी रहेको उनले औल्याए ।
सार्दीखोलामा रहेको प्रहरीले अवैध खानी रोक्न, तस्करी नियन्त्रण गर्न सहयोग नगरेको वन कार्यालयका कर्मचारीहरुले वताएका छन् । वडा प्रहरी कार्यालय वगर मातहत रहने गरी सार्दीखोला प्रहरी चौकी स्थापित गरिएको छ । उक्त चौकीमा रहेका प्रहरीले वन क्षेत्र र एक्याप क्षेत्रबाट हुने ढुंगा तस्करी नियन्त्रणमा सरकार लाई भन्दा तस्करलाई सहयोग गरेको डिभिजन वन कार्यालय कास्कीले वताएको छ । अवैध ओसार पसारमा संलग्न ट्याक्टरलाई पक्राउ गर्नु पर्ने ठाउँमा पूर्व सूचना दिएर ढुंगा वाटैमा अनलोड गरेर भगाउने कार्य प्रहरीबाट गरिएको वुझिन आएको छ । वनले सूचना पाएर पक्राउ गर्न जाँदा ग १ त ६१९२, ग १ त ३२०२ सहितका ४ बटा ट्याक्टर खाली गरेर भागे भगाइएका कारण ढुंगा रंगेहात पक्राउ गर्न नसकिएको वन कार्यालयले गुनासो गरिएको छ । यस वारेमा सार्दिखोला प्रहरी चौकी इञ्चार्ज सई भट्टराम गुरुङ सँग प्रतिकया लिन खोज्दा सम्पर्क हुन सकेन ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: