स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सराङकोट न्यूज
8 May, 2020 6:10 pm
Advertisements

कारोना भाइरस नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका स्वास्थ्य कर्मीहरुलाई टेवा पु¥याउने उद्देश्यले विभिन्न स्वास्थ्य सामग्री उपकरणहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे र सेन्टर फर डेमोक्रयाटिक इञ्जिनियर्स एसोशिएसन नेपाल –सिडेन) गण्डकी प्रदेशले संयुक्त रुपमा पिपिइ १५ थान, माक्स ५ सय थान अस्पतालका निर्देशक डा. अर्जुन आचार्यलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा सिडेन गण्डकीका अध्यक्ष ई सुरेन्द्र पाण्डे, वरिष्ठ सल्लाहकार रमेश वास्तोला, सचिव सन्तोष जि.सी., कोषाध्यक्ष अविट के.सी., स्वास्थ्य कर्मी संघका अध्यक्ष उदय कान्त तिवारी लगायतको उपस्थिति रहेको थियो ।


कोरोना महामारीका कारण सृजित स्वास्थ्य संकटमा जारी लकडाउनका वेला रोग र भोक दुवै पक्षमा निगरानी र सहयोग जरुरी रहेको कोषाध्यक्ष लक्ष्मी पाण्डेले वताइन् । विभिन्न ठाउँमा भोक र अभावमा रहेका श्रमिक मजदुर र विपन्न परिवारलाई खाद्यन्न राहत सहयोग पु¥याउदै आएको र अवका दिनमा पनि त्यस्ता समस्याग्रस्त वस्ती र व्यक्तिहरुलाई सहयोग प्रदान गरिने पाण्डेले वताइन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: