नेपालकै ठूलो ऐतिहासिक र धार्मिक “मकवानपुर गढी” बारे रोचक तथ्य

यदुनाथ बन्जारा
8 May, 2020 4:45 pm

मकवानपुर गढी ऐतिहासिक र सामरिक महत्वको गढी हो भन्ने विषयमा कुनै विवाद छैन । मकवानपुर जिल्लालाई अहिले भित्री मधेश भित्र गनिन्छ । भारतको सिमानाबाट जम्मा ६० किमी भित्र रहेको हेटौडा वजारबाट १७ कि.मि. दुरीमा मकवानपुर गढी दरवार अवस्थित छ । गढीबाट नेपालको राजधानी शहर काठमाडौं छिचोल्न ६७ किलोमिटर दुरी पार गर्नु पर्छ ।
मकवानपुर गढी गाउँपालिका वार्ड नं. २ मा रहेको गढी १३२ रोपनी जग्गामा ३५ मिटर चौडाई ११५ मिटर लम्वाइमा फैलिएको यो गढी नेपालका झण्डै २ सय वटा गढी किल्लाहरु मध्य सवैभन्दा ठूलो गढी (किल्ला) हो ।
ऐतिहासिक, पुरातात्विक र धार्मिक सवै क्षेत्रमा अव्वल र अपार महत्व वोकेको मकवानपुर गढी अहिले विभिन्न क्षेत्रका अवलोकन कर्ता अध्येताहरुको महत्वपूर्ण गन्तव्य स्थल वन्न पुगेको छ । हाल अस्तित्वमा रहेका गढी किल्लाहरु मध्य मकवानपुर गढी अग्र चर्चामा रहेको पाईन्छ ।

ऐतिहासिक पक्ष

लिक्ष्वी कालका दर्जनौ टुक्रे राज्य मध्य मकवानपुर जिल्ला पनि एक राज्यको अस्तित्वमा थियो । सेन वंशिय राजाहरुले मकवानपुर गढीलाई राजधानी किल्ला वनाएर लामो अवधि साशन चलाएको इतिहासकारहरुको ठहर छ । मधेशको छेउको जिल्ला भित्री मधेशको मजवुद किल्ला भएका कारण यो गढी कुटनितिक र सामरिक दुवै रुपले प्रख्यात थिए, सितिमिति हमला त के आँखा लगाउन पनि डराउथे साशकहरु
शेन वंशिय राजाहरुले लामो अवधि शासन गरेको मकवानपुर जिल्लाको राजधानी मुकमा गढीलाई दक्षिण तर्फको मात्र डर थियो भन्ने तर्फ इतिहासकारले उद्घृत गरेको पाईन्छ । झण्डै तीन सय वर्ष लामो शासन गरेपछि गोर्खाली राजा पृथ्वीनारायण शाहले शेन साशित मकवानपुर गढी र किल्लामा धावा वोले । नेपाल एकिकरण अभियानमा कटिवद्ध भएर होमिएका पृथ्वीनारायण शाहले मुकुन्द सेन प्रथमले स्थापना गरेको राज्य जतिखेर दिग्वधन सेन साशन गर्थे ।
वि.सं. १८१९ भाद्र ९ गते पृथ्वीनारायण शाहको योजना वमोजिम आक्रमण गर्ने सेना पठाइयो । सेन राजाले वंगाली शासक सँग राम्रो मित्रता गासेका रहेछन् । आफूमाथि पृथ्वीनारायण शाहका सेनाले हमला गरेपछि सेन राजा भागेर हरिहरपुर गढी पुगेर लुके । त्यहाँ पनि पृथ्वीनारायण शाहको सेनाले हमला गरेर सेन राजालाई लखेटे । त्यहाँबाट भागेर वंगाल पुगे त्यहाँका नवाफ मिर्कासिङको सहयातामा गुर्गिन खानको कमाण्डमा १५ सय भन्दा वढि सशस्त्र सेना लिएर सेन राजा पृथ्वीनारायण शाहका सेनासँग लडेर आफ्नो राज्य फिर्ता लिन मकवानपुर गढी आए ।
नवाफ मिर्कासिङका सेना र गोर्खाली फौजसँग आमने सामने लडाई भयो । गोर्खाली सेनाले खुँडा र तरवार कै भरमा लडेर वंगाली सेनालाई परास्त गरे केहि भागेर वाँचे, धेरै मरे । मिर्कासिङका सेनाले छोडेका हतियार वम वारुद्ध गोर्खाली सेनाको कव्जामा प¥यो त्यहि हतियार, गोली वारुद्धकै जगमा पृथ्वीनारायण शाहले नयाँ युद्धकला सुरु गरे, ५ वटा सैनिक गण नामांकन गरे राष्ट्रिय सेना स्थापना गरेको इतिहासका जानकार वकिलराज वानियाँ बताउँछन् ।
वि.सं. १८१९ माघ १० गतेको दिनलाई पृथ्वीनारायण शाहले विजयउत्सव मनाएको दिनलाई अहिले पनि विजयउत्सव मनाईन्छ, झण्डोत्तलन गरिन्छ सेना दिवस मनाइन्छ । पृथ्वीनारायण शाहलाई मकवानपुर जित्नु अपरिहार्य थियो । आर्थिक, खाद्यन्न आपूर्तिको मुख्य केन्द्र रहेको मकवानपुर राज्य भित्र अहिलेका झण्डै २२ जिल्ला रहेका थिए जसमा पूर्व उदयपुर दक्षिणमा वारा पर्सा, पश्चिममा गुल्मी पाल्पा अर्घाखाँची सम्म फैलिएको थियो त्यस उसले पनि नेपाल एकिकरणको महत्वपूर्ण जग मकवानपुर हुन सक्थ्यो ।

Advertisements


पृथ्वीनारायण शाहको पहिलो ससुराली पनि मकवानपुरे राजा नै थिए । हेमकर्ण सेन कि १२ वर्षिय छोरी इन्द्र कुमारी सँग १४ वर्ष मात्र लागेका पृथ्वीनारायण शाहको विहे वि.सं. १७९३ मा भएको थियो । विवाहमा दाइजोको कुरा नमिलेर खटपट परेको कारण ज्वाई जेठानको इगोले पनि शाह सेन वंश माथि वढि आक्रोशित थिए भन्ने इतिहासकार वताउँछन् ।
सानो किल्ला नुवाकोट हानेर ठूलो किल्ला मकवानपुर कव्जा गरेपछि पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाका विभिन्न किल्ला भत्काएका थिए जुन आज १४७१८१ वर्ग किमीको एउटै नेपाल छ ।
मकवानपुर गढी नजितेका भए पृथ्वीनारायण शाह लाई नेपाल एकिकरण गर्न कठिन थियो यसर्थमा कि वंगालका नवाफ मिर्कासिङ सैनिक अस्त्र हाता लागेपछि शाह हौसिएका थिए भनिन्छ । ३ सय वर्ष पुरानो सेन वंश पतन गरेर २२ जिल्ला खर्लप्पै खाने गोर्खाली राजा र सेना काठमाडौं पाटन, भक्तपुर, र किर्तिपुरे हरुका लागि हिटलर सावित भए त्यसैले पनि मकवानपुर गढी नेपाल एकिकरण इतिहासको लागि उच्च ऐतिहासिक महत्व राख्न सफल भएको छ ।

धार्मिक पक्ष

मकवानवपुर गढी ऐतिहासिक गौरव संगै धार्मिक र पुरातात्विक विशेषताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । त्यहाँ शिव मन्दिर र वंशगोपालको मूर्ति अस्तित्वमा रहि आएको छ । गढीमा रहेको वंशगोपाल (कृष्ण भगवान) लाई अन्तरशक्ति प्राप्त जिवित भगवानको रुपमा लिइन्छ ।

वंशगोपालको मूर्तिलाई फलामे सिक्रिले वाँधेर राखिएको छ । मूर्तिलाई सिक्रिले वाँधेर राखेको वारेमा धेरै किम्वदन्तीहरु जनमानसमा व्याप्त रहि आएको छ । ति मध्य दुई वटा जनधारणा वारे यहाँ चर्चा गर्न उपयुक्त हुन्छ । पहिलो किंवदन्ती ः वंशगोपाल भगवान रातमा गढी किल्ला भित्र रहेको मन्दिरवाट निस्केर चितवनको तोरीवारीमा जाने गरेको प्रमाण फेला परेको रहेछ । वेलुका सवै सुतेपछि लुसुक्क निस्केर भाग्ने अनि तोरिवारी माडेर विहान ठाउँको ठाउँ आएर दुरुस्त भएर वस्ने गरेका रहेछन् जुन कुरा उनको गोडाभरी, जिउभरी तोरीका फूल टाँसिएको देखेपछि खुल्न आएको रहेछ । यसरी रातारात त्यति टाढा पुगेर अर्काको तोरीवारी माड्ने वंशगोपाल (कृष्ण) लाई खतरा हुन सक्ने भएका कारण दरवारका सुरक्षाकर्मीहरुले फलामको सिक्रिले वाँधेर राख्ने गरेको किंवदन्ती रहि आएको छ जुन अहिले पनि कायमै छ । वंशगोपाललाई सिक्रिले कहिले कुन कालखण्डमा वाँधिएको थियो भन्ने एकिन प्रमाण भने उपलव्ध छैन ।
अर्को तर्फ ः वंश गोपालको कलात्मक र जिवन्त मूर्ति चोरी गर्ने शक्तिशाली गिरोहको आँखा गाडिरहेको थियो । प्रख्यात पुरातान्विक मुर्तीहरु अनमोल हुन्छन् तिनै अनमोल मूर्ति मध्यको वंशगोपाल भगावनको मुर्ति पनि एक थियो । उक्त मूर्र्ती चोर्न देशी विदेशी शक्तिले पटक पटक प्रयास गर्दा पनि नसके पछि तत्कालिन साशकहरुकै आसेपासेहरुले हेलिकप्टरबाट सिक्रिमा अंकुश झुण्डाएर मूर्ती तान्न खोजेको र मूर्ती तान्न खोज्दा दैवि शक्तिका कारण मुर्ती उखेलेर लान नसकेको वताइन्छ । मुण्टोमा सिक्रि अंकुस वाँधेर तान्दा सिक्रि लगाएको माथिल्लो भाग अर्थात् टाउको छुट्नि पुगेकोले टाउको पछि जोडिएको किंवदन्ती रहि आएको छ । अहिले पनि टाउकोमा छुटै रसायन गरि जोडिएको भेटिन्छ ।
हेलिकप्टरबाट मूर्ति तान्न खोज्दा दैविक शक्तिले मूर्ती जोगाएको वरु गढी डाडो नै कम्पन्न आएको पनि वताइएबाट वंशगोपाल भगवानको ज्वलन्त शक्तिलाई चित्रण गर्दछ । वासुरी वजाइरहेका वंशगोपालको मूर्ती हेर्न सवैलाई खुल्ला राखिएको छ ।

विदुर हुमागाई (गढी गा.पा., अध्यक्ष)
विदुर हुमागाई (गढी गा.पा., अध्यक्ष)

मकवानपुर गढीको अद्भूत चर्चा अहिले झन् वढि छ । वाइसे चौविसे राज्य मध्य चर्चित र ठूलो राज्यको राजधानी मकवानपुर गढी अहिले दैनिक हजार जनाले अवलोकन गर्ने गरेको गढी गा.पा. अध्यक्ष विदुर हुमागाईले बताउँछन् । ऐतिहासिक र धार्मिक आस्थाको केन्द्र मकवानपुर गढीको व्यवस्थापनमा राज्यले प्रयाप्त चासो नदिएको अध्यक्ष विदुर हुमागाई बताउँछन् । गुरुयोजना वनाएर वृहत विकासको लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पहल गरिरहेको हुमागाइले वताए । केहि वर्ष भित्रै मकवानपुर गढीको वृहत् विकासको कार्य गरिने प्रतिवद्धता जनाएका गाउँपालिका अध्यक्षले प्रतिवद्धता कार्यान्वयन भयो भने मकवानपुर गढी नेपालकै एक उत्कृष्ठ पर्यटकीय गन्तव्य वन्नेमा निश्चित छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: