न्यूरोड युवा क्लबद्वारा राहत वितरण

पदम श्रेष्ठ
5 May, 2020 2:06 pm
Advertisements

पोखरा महानगरपालिका वडा नं. ९ को समन्वयमा न्यूरोड युवा क्लबले वडा नं. ८ र ९ मा मंगलबार राहत वितरण गरेको छ।
केही दिन अगाडि ४१ परिवारलाई राहत वितरण गरेको क्लबले वडामा एकल महिला तथा खान समस्या भएका परिवारको गुनासो आएको हुँदा ३० परिवारलाई सभागृह हल अगाडि र १० अशक्त परिवारलाई घरमा नै लगेर राहत वितरण गरिएको छ।


कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं. ९ का अध्यक्ष रामराज लामिछानेले महामारीको संकट भएको कारणले गर्दा कतिपय श्रीमकहरु, असक्त अपांगहरु खान नपाएर भोकभोकै बस्न नपरोस् भन्नका लागि पहिलो चरणको राहत वितरण गरिसकेको र थप विभिन्न संघ संस्थाहरुसँग गुहारेर महानगरपालिकाले करिब १५ सय जति परिवारलाई राहत वितरण गरिसकेको जानकारी गराएका छन्। न्यूरोड युवा क्लबले दुई चरणको राहत वितरण गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।
काम नपाई खान नपाएका वेरोजगार बनेका श्रमिक, अपाङ्ग, असक्तहरु फेला परेमा जे सकिन्छ त्यही सहयोग गर्न विभिन्न संघ संस्था व्यक्तीहरुलाई सहयोग गर्न वडाध्यक्ष लामिछानेले अनुरोध गरेका छन्।
क्लबका अपाध्यक्ष बंशराज खवास ठकुरीलेले जापानमा रहेका क्लवका सदस्य र न्यूरोड युवा क्लबका सदस्यहरुको व्यक्तिगत सहयोगबाट राहत वितरण गरिएको बताएकाछन्।
राहत वितरण कार्यक्रममा न्यूरोड टोल सुधार समितिका अध्यक्ष दिपेन्द्र मरासिनी, सुरेस खवास, क्लबका सदस्य लगायतको सहभागिता रहेको थियो।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: