डिभाइडर भत्काएर डिपार्टमेन्ट स्टोर्सको पास–वे वनाउने खेल

यदुनाथ बन्जारा
1 May, 2020 6:25 pm
Advertisements
Advertisements

लकडाउनको मौका छोपेर पोखराको लेकसाइड जाने मूल सडकमा रहेको व्यवस्थित डिभाइडर भत्काएर पसल जाने पास वे वनाउने कार्य अघि बढाइएको छ । महानगर पालिकाले पर्यटकीय नगरीलाई सुन्दर मनोरम र ट्राफिक व्यवस्थापन गर्ने धेयले लाखौं खर्च गरेर बनाइएको सडक डिभाईडर भत्काएर व्यापारिक कम्प्लेक्समा जान गेट सिधा पार्ने गरी पास वे बनाउन थालिएको छ ।
जिरो कि.मि. वाट हल्लनचोक जाने मुल सडकमा राखिएको गार्डेन सहितको डिभाइडर तोडिएपछि स्थानीय नागरिकहरुले तिव्र विरोध गरेका कारण शनिबार दिउँसो काम स्थगित गरिएको छ । ललेकसाइडका रेष्टुरेण्ट व्यवसायीहरुले संचालन गरेको सुलभ डिपार्टमेन्टल स्टोर्सले शुक्रवारै दिउँसोबाट डिभाइडर भत्काउन सुरु गरेको थियो । हाल भत्काएको भन्दा १५ मिटर मात्र तल पास वे हुँदा हुदै आफ्नो व्यापारिक स्वार्थका लागि डिपार्टमेन्टल स्टोर्सले आफ्नो स्टोर्समा जाने वाटोकै मुखमा पास वे खोल्न खोजेको देखिएको छ ।


वडा नं. ६ का अध्यक्ष जगत पहारीसँग वुझ्दा निवेदन आएको तर आधिकारिक निर्णय नभएको वताए । डिपार्टमेन्टल स्टोर्सका संचालकहरु वडा वाट मौखिक स्वीकृति लिएको बताउँछन् । अव के हुन्छ भन्ने हाम्रो जिज्ञाशामा वडा अध्यक्ष जगत पहारीले स्थानीयको विरोध आयो अव पास–वे वनाउन दिन्नौं पहिलाकै अवस्थामा डिभाइडर वनाउन लगाउने वताए ।
डिभाइडर निर्माण कार्यमा वडा का सदस्य समेतको प्रत्यक्ष मिलेमतो रहेको वुझिन आएको छ । सार्वजनिक सडकलाई व्यवस्थित गर्नु पर्नेहरु नै पद र पहुँचको भरमा भएको संंंरचना भत्काएर लकडाउनको वेला मनोमानी गर्ने हरुलाई छुट दिनु हुन्न ।
यस अघि पनि सुलभ डिपार्टमेन्टल स्टोर्सले आफ्नो ट्रान्समिटर सार्वजनिक स्थानमा राख्न खोजेको थियो तर स्थानीय नागरिकको व्यापक विरोध भएपछि स्टोर्सले आफ्नै जग्गामा ट्रान्सफर्मर राख्न वाध्य भएको थियो ।
लकाडाउनका वेला जनचासो कम हुने, राज्यका निकायको ध्यान अन्यत्रै गएको मौका छोपेर व्यापारिक स्वार्थ प्रयोजन गर्ने कार्यलाई किमार्थ राम्रो मान्न सकिन्न । लेकसाइड जाने वाटोमा यसरी व्यक्तिगत स्वार्थ प्रयोग वा व्यापारिक स्वार्थ प्रयोग का भरमा सार्वजनिक सम्पत्तिलाई क्षति पु¥याउने कार्य रोक्न सवै लागि पर्नु पर्छ । लकडाउनको दुरुपयोग गर्ने कार्य तत्काल रोक्न आवश्यक रहेको जानकारहरु वताउँछन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: