जनतालाई नदिउ धोका, नेकपा होइन पानिको फोका

शिवराज वस्ताकोटी (शिवदाई)
1 May, 2020 10:32 am
Advertisements

सपना सवैले देख्छन्, सपना देखाउँछन् ठिक त्यस्तै सिंगो मानव जगतले सपना देखाएको छ सपना देखेको छ देख्दै र देखाउदै आएको छ । तर सपना देख्नेहरु जति छन् सपना देखाउनेहरु त्यति छैनन् विश्वभर सपना देखाउनेहरु मुठिभर छन् । त्यसरी सपना देखाउनेमा राजनीतिज्ञ नै वढि छन् राजनीति गर्नेको सवैभन्दा वलियो पुजिँ भनेकै सपना बाँड्नु हो जति सपना बाड्यो त्यति कार्यकर्ता समर्थनहरु वढ्दै जान्छ जति समर्थन वढ्दै जान्छ राजनीतिज्ञ उति वलिया हुँदै जान्छन् पाटी विशाल वन्दै जान्छ अझ कतिपय सपना देखाउनहरु नै एकतामा वाधिएर सपना देखाएकाहरुलाई एकतामा वाँधेर आफूहरु र पाटीलाई सर्वशक्तिमान वनाउँदै शासन सत्तामा पुग्ने तरकिव अपनाउन् । विगत देखि सपनाकै भूमरिमा पर्दै र यति वेला पनि हाम्रो देस पनि त्यो सपनाको भूमरीमै रुमलिएको छ आम जनता त्यो सपना पुरा हुनेमा विश्वस्त हुदै यो देसमा नेकपालाई सर्वशक्तिमान पाटी वनाएर पठाएको धेरै समय भएको छैन । २०१६ साल जेष्ठ १३ गते नेपालमा नेपाली जनताले चुनेर संसदिय चुनाव मार्फत् नेपाली कांग्रेसलाई तत्कालिन अवस्थामा दुई तिहाइ वहुमतले जिताएर सरकार वनाउने जिम्मेवारी दिएका थिए सायद नेपालमा पहिलो शक्तिशाली सरकार त्यहि थियो त्यहि सरकार फेरि आन्तरिक विवादकै कारण धेरै टिक्न सकेन नेपाली जनतालाई बोका सपना पुरा गर्न सकेन स्वयं आफ्नै अस्तित्व वचाउन समेत त्यतिवेला कांग्रेसलाई हम्मे हम्मे प¥यो शासन सत्ता सम्पूर्ण अधिकार राजा महेन्द्रले लिएर एकात्मक अधिकार प्रयोग गरी दमनमै उत्रे । त्यसपछिका विभिन्न सघर्ष जनयुद्ध जनआन्दोलन हुदै यहाँसम्म आइपुग्दा नेपाली जनताले विगतका गल्ती नदोहो¥याउने सर्तमा कांग्रेस कम्युनिष्ट पाटीहरुलाई क्षमता दिदै फेरि सत्तामा पु¥याए पनि न त कांग्रेस न त कम्युनिष्ट दुवै राजनीतिक सत्ता स्वार्थमै अलमलिए तैपनि फेरि एक पटक अव कहिल्यै गल्ती नगर्ने प्रतिवद्धता सहित एकतामा वाधिएका दुई कम्युनिष्ट पाटी एमाले र माओवादी एक भएर नेकपा वने पछि जनताले एउटा ऐतिहासिक विश्वासका साथ दुई तिहाइको वहुमत प्राप्त सरकार वनाएर पठाए जसमा वर्षौ सत्ता स्वार्थमा चुलुम्मै दुव्दै आएको नेपाली कांग्रेस प्रतिपक्षमा वस्न जनादेशलाई पालना गर्दै प्रतिपक्षमा वस्न बाध्य भयो ।
जनताले विश्वास गरेर रामराज्य होइन अव जनराज्य हुने भयो भन्ने जुन मान्यता राखेका थिए जुन सपना देखेका थिए त्यो सपनामा फेरि कालो तुवालो लाग्न थाल्यो । सत्तामा हुने वित्तिकै वालुवाटार छिर्ने वित्तिकै मै हु भन्ने नेताहरु पनि मन्त्री हुने वित्तिकै फेरि उहि आफूले देखेकै सपना पुरा गर्नमा व्यस्त हुन थाले । जताततै भ्रष्टाचार हुन थाल्यो दक्षता विज्ञता भन्दा पनि नातापाता दाताहरु प्रति दुई तिहाई वहुमतको सरकार पनि केन्द्रित हुन थाल्यो । नजानिँदो आफै पार्टीमा पनि तानशाह प्रवृत्ति देखाउन थाल्यो जसका कारण स्वंय प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका नाइके भ्रष्टाचारीका रक्षक जनसत्ताका तानशाह एकलौटी निर्णय गर्ने मात्र होइन सिंगो देस कोरोनाको महामारीको सन्त्रास फैलिएको यस्तो अवस्थामा नेपाली जनता एकातिर कोरोनाबाट कसरी वच्ने भन्ने चिन्ता अर्कोतिर लकडाउनको यो विषम् परिस्थितिमा साँझ विहान कसरी चुलो वाल्ने र छोराछोरीलाई कसरी एक छाक भरपेट खुवाउने भन्ने चिन्ताले पिरोलिएर वाँचिरहेको अवस्थामा स्वास्थ्य सामग्रीमै भ्रष्टाचार ठेक्का पट्टा टेण्डर नियुक्ती पात्र नभएर सवै भन्दा गम्भिर विषय कहिले अध्यादेश ल्याउने कहिले फिर्ता गर्ने हवा नभएको वल खेले झै गर्ने जनता र पाटीले नै आफूलाई प्रधानमन्त्री वनाएको भन्ने कुरा विर्से झै गरी अघि वढ्ने प्रवृत्ति र नियत ले गर्दा आज स्वंय आफ्नै पाटी वाट आफै घेरामा पर्नु पर्ने अवस्था आउनु प्रधानमन्त्री वली मात्र होइन सिंगो नेकपा पाटी र आम नेपाली जनताका लागि दुर्भाग्य हो ।
एकातिर लोकतन्त्रका कुरा गर्ने अर्कोतिर एकतन्त्रको निति र प्रस्तुती देखाउने सरकारको रवैवावाट विपक्षिमा होइन स्वय आफ्नै पाटी भित्रकै उच्च तहकै नेताहरु भित्र समेत खलवली मच्चिएको छ । त्यसैले तितो तर सत्यकुरो सवैले भन्नै पर्ने हुन्छ नेकपा मात्र वली र प्रचण्डको होइन नेकपा दुइतिहाइ वहुमत पु¥याउने कार्यकर्ता र जनताको मात्र होइन आम नेपाली जनताको हो सानो दुख कष्ट र वलिदानीवाट आज नेकपा इतिहासकै शक्तिशाली वनेको होइन थोपा थोपा मिसिएर समुद्र वनेको पाटी हो नेकपा त्यसैले खवरदार नेताज्यूहरु यसलाई राजनीति गर्ने नाममा खेल नवाउन खवरदार एउटा मालिक लाई धपाईदिएका जनताको फेरि वहुमालिक वन्ने चेष्टा नगर लोकतन्त्रमा विरोध आलोचना गर्न र आफ्नो मत राख्न कुनै पनि माध्यमबाट आम नागरिकले पाउनु स्वतन्त्रता हो मौलिक हक हो त्यो हकलाई वञ्चीत गरेर वाक स्वतन्त्रता माथि धावा वोल्नु तानशाह हो यस्तो वेलामा राहत वाड्नेहरु देखि विद्रोही पक्षलाई समेत धरपकड मात्र होइन आफ्ना कुरा राख्ने अधिकार खोस्ने अधिकार पनि सरकारलाई पनि छैन प्रधानमन्त्री ज्यू हेर्नु होस् तपाई वसेको कुर्चीमा दुई दुई वटा वेरिङ छन् एउटा चारै तिर ध्यान पु¥याउन अर्को दुवै राम्रा र नराम्रा पाटा नियाल्न सहज होस् भन्नका लागि तपाईलाई घुम्ने कुर्चिमै जनताले पु¥याएका हुन् सत्तामा पुग्ने वित्तिकै त्यो केहि पनि नदेख्ने चस्मा लगाउनु तपाईको पहिलो गल्ती हो यसो भनिरहँदा तपाईको सिंगो कम्युनिष्ट पाटी मात्र होइन यो देसमा ठूलो योगदान छ जेलनेल हत्कडी आरोप र पिडालाई पिउदै तपाई देशको श्रीर्ष स्थानमा पुग्नु भएको छ गल्ती नदोहोउनु होस् जनताले तपाईलाई नभने कसलाई भन्ने अव पार्टीलाई वलियो वनाउन आम जनतालाई देखाएका सपना पुरा गर्न तपाईले पनि सर्व पक्षिय निर्णयलाई मान्नै पर्छ पाटीलाई असर पर्नु भनेको सिंगो पाटी देस र जनतालाई नै असर पर्नु हो । नेकपा कुनै पानीको फोका होइन नकेपा भनेको चट्टान हो यसलाई छुटाउने फुटाउने सपना देख्नेहरु लाई पनि पहिचान गरी पाटी सुदृढ वनाउदै अगाडि वढ्नु पाटीका सवै श्रीर्ष नेताहरुको जिम्मेवारी हो । सरकार परिवर्तन गर्नु नेकपाको उद्देश्य होइन पार्टीलाई पानीको फोका जस्तो हुन वाट जोगाउनु हो यहि नै समयको माग हो । जनताको मन दुख्ने गरी नदिउ जनतालाई धोका नेकपा हुनुहुदैन अधुरा सपना वाड्ने भन्नेकुराको विश्वास दिलाउनुछ ।
त्यसैले भन्नै पर्ने हुन्छ यो नेकपाका लागि ठूलो अवसर हो यदि यो अवसर गुम्यो भने हामी कुन भित्तामा पुग्छौ यसको कुनै सिमा छैन त्यसैले जनतालाई कुनै पनि कोणबाट नदिउ धोका र जनतालाई मात्र होइन ति पाटी फुटेको सपना देख्ने हरुका अगाडि पनि देखाउनु छ नेकपा पानीको फोका होइन जो पलक भरमै फुट्छ र माटोको डल्लो होइन छुदैमा टुट्छ नेकपा यस्तो पाटी हो जति अन्तर सघर्ष हुन्छ उति खारिएर ईस्पात वन्छ यो उदाहरण दिएर विश्वमा नेकपाको स्वाभिमान लाई स्थापित गर्नु छ त्यसका लागि पहिला त पाटी अध्यक्ष द्धयले त्यो घमण्ड अहमता लाई छोड्नु पर्छ जसले गर्दा घमण्ड र अहमता रहित विचार पाटी पङ्तीमा तलसम्म प्रवाह हुन्छ पाटी एक ढिक्का वन्न सक्छ जहाँ पुग्नु थियो पाटी पुग्यो तर पुगे पछि के गर्नु पर्ने थियो भन्ने कुरा श्रीर्ष तहले विस्र्यो आम जनताको मनमा यहि कुरा खेलीरहेछ जनताले अझै पनि दुख झेलिरहेको किन भने सपना पुरा हुने सवैमा एउटा विश्वास छ।
त्यो विश्वासलाई नेकपाले टुट्न दिनु हुदैन यदि त्यो विश्वास टुट्यो भने यदि नेपाली जनता आक्रोस भए भने त्यसपछिको परिणाम थेग्न मुस्किल हुनेछ । त्यसैले अव पाटी फुट्ने फुटाउने सत्ताका लागि लड्ने वेला यो होइन भन्ने कुरालाई आत्मसात गर्दै सवै वढ्नु पर्ने आजको आवश्यकता छ । हिजो जनतालाई बाढेका सपना पुरा गर्न छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: