लकडाउनको उल्लंघन गर्दै विस्कुट उद्योग सञ्चालन, मजदुरहरु जोखिम मोलेर काम गर्न वाध्य

सराङकोट न्यूज
21 April, 2020 10:44 am

कोरोना महामारीका कारण लकडाउन गर्ने सरकारको निर्णय उलंघन गर्दै पोखरा औद्योगिक क्षेत्र भित्रका केहि उद्योगहरु संचालन गरिएको पाइएको छ । अत्यावश्यक सेवा सम्वन्धि उद्योग तथा व्यापारहरु मात्र संचालन गर्न छुट दिइएको भए पनि कतिपय अत्यावश्यक भित्र नपर्ने उद्योगहरु पनि विभिन्न वहानावाजी गरेर संचालन गरिरहेको पाइएको छ त्यस तर्फ राज्यको निकाय मौनता साँधेर वसेको छ ।
अत्यावश्यक उद्योगहरु संचालन गर्दा विशेष सावधानी अपनाउनु पर्ने सरकारको निर्देशन थियो । उद्योगमा काम गर्ने मजदुरहरुको सामाजिक दुरी र भौतिक दुरी कायम गर्नु, सुरक्षा सामग्रीहरु उपलव्ध गराउनु अनिवार्य थियो भने मजदुर कामदारहरुलाई आवासिय सुविधा उद्योग कम्पनीले गर्नु पर्ने थियो तर यि सवै कुरा पुरा नगरी पोखरा औद्योगिक क्षेत्र भित्रका करिव १ दर्जन उद्योगहरु संचालन गरिएको पाइएको छ ।


पोखरा औद्योगिक क्षेत्रको ठूला उद्योग मध्य गनिने पोखरा फुड्स प्रा.लि. (विस्कुट कारखाना) र गौरीशंकर फुड्स प्रा.लि.ले सरकारले तोकेको मापदण्ड पुरा नगरी कारखाना संचालन गरेर लकडाउनको उल्लंघन मात्र गरेनन् कामदार मजदुर हरुको स्वास्थ्यमा गंभिर जोखिममा पारेका छन् । पोखरा फुड्सले नेपाली सेनालाई उपलव्ध गराउने विस्कुट उत्पादन गर्ने भन्दै उद्योग खोलेको भएपनि वजारमा खुल्ला विक्री गर्ने विस्कुट उत्पादन गरिरहेको मजदुरहरु स्वयमले वताएका थिए । यो समाचारको लागि स्थलगत रिपोटिङको लागि उद्योगमा पुग्दा काठमाडौंका हाडी गाउँ र सातदोवाटो डिलरमा पु¥याउने विस्कुट लोड हुँदै गरेको पाइएको थियो । अझ अचम्म को कुरा के थियो भने हामी उद्योगको मुल गेटमा पुग्दा चलिरहेका ठूला मेसिनहरु अचानक रोकिएका थिए ।

Advertisements

सरकारले २५ जना भन्दा वढि भेट हुने सवै कार्यक्रम वन्द गर्ने निर्णय गरिरहँदा उक्त उद्योगमा ५० भन्दा वढि मजदुर एउटै हलमा वसेर काम गरिरहेका थिए । न्यूनतम दुरी पनि कायम नगरी काम गरिरहेको थिए । आर्मी विस्कुट उत्पादन गर्ने वहानामा उद्योग चलाएर राजयको आँखा वन्द गराएको उद्योग व्यवस्थापनले कामदार मजदुरको स्वास्थ्य प्रति गंभिर खेलवाड गरिरहेको छ तर निरिह मजदुररु केहि वोल्न असमर्थ रहेको छन् ।
काम गराउने उद्योग व्यवस्थापनले मजदुरहरुलाई आवासिय प्रवन्ध गर्नु पर्ने हुन्छ तर मजदुरलाई आवासिय सुविधा दिइएको पाइएन १० जना उद्योग परिसरमै वस्ने गरिएको र वाँकी सवै मजदुरहरु विहान ६ वजे घरवाट आएर ६ वजे साँझ घर जाने गरिएको छ त्यसवाट मजदुरहरुले कोरोना संक्रमणको उच्च जोखिम महसुस गरिएको छ ।
हामीलाई प्राप्त विस्वस्त श्रोतका अनुसार ४० जना वढि मजदुरहरु घरवाटै आउने जाने गरेका छन् । पोखरा फुड्सले चैत्र मसान्त देखिनै कम्पनी संचालनमा ल्याइरहेको छ ।
सरकारलाई कोरोना संक्रमणबाट देश र जनतालाई जोगाउन लकडाउन गर्ने घोषणा गरी निरन्तरता दिदै आएको छ । २५ चैत्रको लकडाउन नसक्दै पोखरा फुड्सले राज्यको नीति विपरित उद्योग संचालनमा ल्याएको पाइएको छ ।
अत्यावश्यक उद्योग भित्र चाउचाउ र विस्कुट नपर्ने भन्दै चैत्र ११ गते देखि वन्द गरिएका पोखरा फुड्स र गौरीशंकर फुड्सले राज्यको नीति निर्देशन विपरित आफूखुसी उद्योग चलाएका खुल्न आएको छ । जिल्ला प्रशासन कार्यालय कास्की जसले जिल्ला भरका शान्ति सुरक्षा र कोरोना नियन्त्रण सम्वन्धि कार्य गर्दै आएको निकायलाई समेत जानकारी नगराई निति विपरित कारखाना चलाएको वताइएको छ ।
सामान्यतया संक्रमणको समयमा उद्योग चलाउँदा मजदुर तथा कामदारको स्वास्थ्य सम्वन्धि खास सजकता अपनाउनु पर्ने प्रावधान राज्यले निर्धारण गरेको छ । त्यस मध्य उद्योगमा काम गर्ने मजदुरलाई उद्योगमै आवासिय सुविधा प्रदान गर्नुपर्ने हुन्छ तर अधिकांस उद्योगहरुले श्रमिक मजदुरहरुलाई आवासिय सुविधा दिएका छैनन् । मजदुर श्रमिकहरु घर डेरा वाटै हरेक दिन उद्योगमा आउ जाउ गर्दै आएका छन् ।
पोखरा फुड्समा ४० जना र गौरीशंकर फुड्समा २० जना मजदुर दैनिक घरवाटै आउने जाने गरेका छन् । काम गर्ने स्थानमा पनि सँगै जोडिएर एकै ठाउँमा काम गर्नुपर्ने वाध्यता रहेको देखिन्छ । हरेक दिन घर र उद्योग गर्नु पर्ने ति मजदुरहरु दुवै तर्फ जोखिम दिइरहेको प्रष्ट हुन्छ । कोरोना संक्रमण घर गाउँवाट उद्योगमा वा उद्योगवाट घर गाउँमा जतापनि संक्रमण फैल्याउन सक्ने अवस्थाबाट काम भइरहेको देखिएको छ ।
यि उद्योगहरुमा भएका लापरवाहीले सरकारको लकडाउन सम्वन्धि नितिलाई पंगु वनाइदिएको छ । उद्योगको व्यापार चलाउने स्वार्थका कारण दर्जनौ मजदुर र तिनका परिवार र टोल समाज सवै उच्च जोखिममा पर्न सक्ने खतरा निम्त्याएको छ । राज्यका हजारौं उद्योग व्यवसाय ठप्प गरेर देश र जनतालाई जोगाउनु पर्ने वेलामा केहि उद्योग कारखानाहरु भने सरकारको लकडउान नीति विपरित कमाउ धन्दामा लागेका छन् ।

को के भन्छन् ?

श्रमिक मजदुरहरुलाई स्वास्थ्यमा जोखिम पु¥याउने गरी काममा लगाउन नहुने अखिल नेपाल औद्योगिक मजदुर संघ कास्कीका अध्यक्ष लोक वहादुर भुजेल वताउँछन् । मजदुर र परिवारको सुरक्षा समेतलाई प्रभावित पार्ने गरी घरवाटै आउने जाने गरी काममा लगाउनु, भौतिक दुरी समेत कायम नगरी काममा लगाउनु, रातको समयमा पनि प्याकिङ काममा लगाउने उद्योग व्यवस्थापनको दम्भ रहेको भुजेलले वताए । जीवन भन्दा ठूलो काम र कमाई नभएको भन्दै राज्यको नीति र मजदुरको स्वास्थ्य ख्याल राखेर मात्र काम लगाउन पर्ने उनले वताए । काम गर्न नजानु मजदुरको वाध्यता हो रहर हैन त्यसैले लकडाउनको समयको तलव दिनु पर्ने अध्यक्ष भुजेलले वताए ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ कडेलले पनि लकडाउनका नीति निर्देशन विपरित हुने गरी उद्योग चलाउन नमिल्ने वताए । कोरोना महामारीबाट देश र जनतालाई जोगाउन लक डाउन गरिएको प्रष्ट पार्दै सहायक प्रजिअ पौडेलले भने श्रमिक मजदुरलाई उद्योग भित्रै आवासिय सुविधा सहित अन्य सवै सुरक्षा प्रवन्ध उद्योग व्यवस्थापकले मिलाएर मात्र अति आवश्यक खाद्य उद्योगहरु संचालन गर्नु पर्छ । श्रमिक मजदुरहरुले आवासिय सुविधा नदिई काममा हिडेर आउँदा लकडाउन उल्लंघन हुन्छ भने अर्को तर्फ सम्भावित खतरा घर परिवार र मजदुर सहकर्मीहरुमा पनि फैलन सक्ने सम्भावना वढ्ने तर्फ ठोस कदम चाल्ने काम राज्यको हो ।
विश्व नै कोरोना महामारीको कहरमा रहेको छ । नेपाल पनि अछुतो छैन । भोलीका अवस्था लाई आंकलन गरेर आजै सावधानी नअपनाउने हो भने नेपालले अपुरणिय क्षति वेहोर्न पर्ने हुन सक्छ अतः राज्यले नीति नियम र मापदण्डको पालना गरेर मात्र उद्योग संचालन गर्न दिनु पर्छ अन्यथा त्यसको जिम्मेवारी कसले लिने हो एकिन हुनु पर्छ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: