कान्तिपुर डेण्टल हस्पिटलको सेवा सूचारु

सराङकोट न्यूज
17 April, 2020 2:24 pm
Advertisements

कोरोना कहरको जोखिमलाई छिचल्दै कान्तिपुर डेण्टल हस्पिटलले आफ्नो सेवा प्रवाहलाई निरन्तरता दिइरहेको पाइएको छ । लकडाउनको वहानामा सवै जस्तो डेण्टल क्लिनिकहरु वन्द रहेको अवस्थामा विरामीहरुको आग्रह र नेपाल सरकारको नीति वमोजिम मुख तथा दन्त स्वास्थ्य सेवा दिइरहेको कान्तिपुर डेण्टल हस्पिटलका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले वताए । स्वास्थ्य क्षेत्र सामाजिक सेवा क्षेत्र भएको र विरामी सँग प्रत्यक्ष जोडिएको विषय भएकोले हस्पिटल संचालन कार्यलाई निरन्तरता दिदै आएको डा. श्रेष्ठले वताए ।
काठमाडौंको वसुन्धरामा रहेको कान्तिपुर डेण्टल हस्पिटलमा दैनिक झण्डै २० जना विरामीले सेवा लिइरहेको र त्यसमा करिव १५ जना चिकित्सक र प्राविधिक जनशक्ति खटिइरहेको अस्पताल प्रशासनले वताएको छ ।
यस्तै पोखराको न्यूरोडमा रहेको कान्तिपुर डेण्टल हस्पिटलले दैनिक औसत १० जना विरामीको मुख तथा दन्त स्वास्थ्य सम्वन्धि आकस्मिक जाँच तथा उपचार भइरहेको र त्यसमा ६ जना चिकित्सक र प्राविधिक खटिएको प्रशासकिय अधिकृत सिता श्रेष्ठले वताइन । प्रत्यक्ष अस्पतालमा आएर परीक्षण तथा उपचार सेवा लिने वाहेक अनलाइन तथा टेलिफोन मार्फत उपचार सेवा सम्वन्धि परामर्श लिने क्रम वढिरहेको पनि श्रेष्ठले वताए ।
कोरोनाको महामारीको सम्भावित जोखिमबाट जोगिन पिपिइ सहितको सुरक्षा सामग्री लगाएर उपचार गरिरहेको र विरामीहरुलाई पनि सुरक्षा सम्वन्धि जानकारी र सामाजिक दुरी कायम गरेर लकडाउन पालना गर्न चेतनामूलक जानकारी प्रदान गर्दै आएको अस्पताल प्रशासनले वताएको छ । कोरोनाको कहरका कारण नेपालका अधिकांस नीजि अस्पतालले सेवा दिन आनाकानी गररहेको गुनासो आइरहेको वेला कान्तिपुर डेण्टलले भने सरकारको नीति र सेवाग्राहीको माग वमोजिम उपचार दिएको पाइएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: