गण्डकी प्रदेश राहत कोषमा डा.वुद्धिमान श्रेष्ठको १ लाख सहयोग

सराङकोट न्यूज
6 April, 2020 6:38 pm
Advertisements

कोरोना महामारी रोकथामका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको आपतकालिन कोषमा सहयोग जुट्ने क्रम निरन्तर रहेको छ । विभिन्न मनकारी व्यक्ति तथा संघ–संस्थाहरुबाट स्वत स्फूर्त सहयोग जुटिरहेको गण्डकी प्रदेश सरकारले वताएको हो ।
यसै क्रममा गण्डकी प्रदेश विकास परिषद् सदस्य समेत रहेका कान्तिपुर डेण्टल कलेज काठमाडौं र कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स पोखराका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठले एक लाख रुपैया सहयोग उपलव्ध गराएका छन् । प्रदेश सरकारले खोलेको राष्ट्रिय वाणिज्य वैंकमा उक्त रकम जम्मा गरिदिएका हुन् । स्याङ्जा चापाकोट स्थायी घर भएका डा. श्रेष्ठ समाजसेवा र राजनीतिमा पनि उत्तिकै सकृय रहँदै आएका छन् ।
कोरोना भाइरस रोकथाम आपतकालिन कोषमा सहयोग उपलव्ध गराएको भन्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक संजाल मार्फत सहयोग दाता गण्डकी प्रदेश विकास परिषद्का सदस्य डा. वुद्धिमान श्रेष्ठलाई धन्यवाद व्यक्त गरेका छन् । कोभिड १९ को यस महामारीमा हुने बाट सहयोग लिने र नहुनेलाई राहत दिने कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न सवैले ऐक्यवद्धता जनाउन जरुरी रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: