कास्की प्रहरीमा कोरोना विरुद्धको सजगता यस्तो छ।

पदम श्रेष्ठ
4 April, 2020 3:55 pm
Advertisements
Advertisements

तपाई कुनै काम विशेषले जिल्ला प्रहरी कार्यालय कास्की भित्र जाँदै हुनुहुन्छ ? त्यसो हो भने सिधै जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न पाउनुहुन्न। तपाईले कोरोनाको सम्भावित जोखिमबाट बच्न र बचाउन पाँच कर्म पूरा गरेर मात्र बल्ल प्रवेश पाउनुहुनेछ।
सुरुमा ह्याण्डवासले मज्जाले हात धुनुपर्छ, दोस्रोमा केमिकल हालिएको पानीको बाटामा खुट्टा चोपल्नुपर्छ, तेस्रोमा हरियो कार्पेटमा टेकेर हात, गोडा र जीउलाई पङ्खाको हावाले सुख्खा बनाउनुपर्छ, चौथोमा हातलाई सेनेटाइजर दलेर मिच्नुपर्छ अनि बल्ल शरिरको तापक्रम नापेर भित्र प्रवेश गर्न पाइन्छ। यो नियम पालना गराउन प्रहरी कर्मचारी हरु निरन्तर खटिएरहेको देख्न सकिन्छ। आगन्तुक मात्र हैन प्रहरी जवानदेखि कार्यालय प्रमुख उपरीक्षक सम्मका सबैले यी पाँच कर्म गरेर मात्र भित्र प्रवेश गर्ने थिती बसालेका छन्। जिल्ला प्रहरी कार्यालय प्रवेश गर्ने कुनैपनि सवारी साधनलाई समेत केमिकल हालिएको पानीमा गुडाएर मात्र भित्र प्रवेश गर्न सकिन्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो कार्यालय गेटमा राखेको कोरोना विरुद्धको सजगता जनसम्पर्क बढी हुने अन्य कार्यालयको लागि अनुकरणीय रहेको छ। बाहिरबाट जाने र भित्र रहने दुवैले सुरक्षित अनुभूति गर्ने र गराउने कार्यले कोरोनाको यो उग्र संकटको बेला सुरक्षित महशुुस गराउन सक्छ।

 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: