लकडाउनको नीति अटेर गर्दै संयौंको भिड जम्मा गरेर राहत बांड्दै महानगर

सराङकोट न्यूज
1 April, 2020 9:40 am
Advertisements
Advertisements

कोभिड–१९ बाट जोगिने अचुक उपाय भनेको भिडभाडबाट बच्नु हो । एकान्त वास वस्नु हो। सरकारले अरवौं घाटा सहेर पनि लक डाउन गरेको छ । पहिलो लक डाउन प्रभावकारी भएपछि चैत्र २५ गतेसम्मका लागि लकडाउनको म्याद थप गरेको छ।
लकडाउनको अर्थ कुनै भिडभाड नगर्नु हो । भिडभाडमा जो पनि संक्रमित व्यक्ति आउन सक्छ भनेर एकान्त वास नीति ल्याइएको हो तर पोखरा महानगरपालिकाले सरकारी राहत बाड्ने वहानामा संयौको भिड जम्मा पारेर सरकारकै घोषित नीतिको ठाडो वर्खिलाप गरेको छ।
श्रमिक, मजदुरलाई राहत बाड्ने भन्दै पोखरा महानगरपालिका वडा नं. ५ ले वडा भर मजदुर, श्रमिक र गरिवहरुलाई एकै ठाउँमा जम्मा पारेर जात्रा चलेझै भिड जम्मा गरिएको थियो । १५० देखि २ जनासम्मको बाक्लो लाइन राखेर छ नं. वडा अध्यक्षले कोरोनाको लकडाउनको नीति र मर्म विपरित भिड जम्मा गराउँदा पनि कास्की प्रहरीलाई त्यसको कुनै जानकारी भएको थिएन । कास्की प्रहरी प्रमुख एस.पि. दान बहादुर कार्कीले भने ५ नं. वडा कार्यालयका भिड जात्रावारे आफूलाई पैदल यात्रुले जानकारी गराएपछि प्रहरी पठाएर हस्तक्षेप गरेर भिड हटाइएको हो ।
यस बारेमा वडा नं. ५ का अध्यक्ष धन बहादुर नेपालीसँग प्रतिकृया लिदाँ उनले राहत लिनेहरुको नाम संकलनका लागि सूचना दिइएकोमा राहत नै आयो भन्दै एकै पटक भिड जम्मा भएको बताए ।
उनले जे भने पनि राहत वितरण कार्यमा उक्त कार्य त्रृटिपूर्ण रहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । भिडका कारण कुनै घटना घट्यो भने त्यो गंभिर विषयको जिम्मा कसले लिने ? वेलैमा सोचौं ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: