कास्कीको देउराली क्वारेन्टाइनमा बसेका विरामीको गण्डकी हस्पिटलमा निधन

सराङकोट न्यूज
25 March, 2020 6:48 pm
Advertisements
Advertisements

रुपा गाउपालिका स्थिति विश्वशान्ति मा.वि. देउराली क्वारेन्टाइनमा राखिएका एक विरामीको आज करिब साढे ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा निधन भएको छ।
हस्पिटलमा आउँदा उनको हर्टविट समेत नरहेको इमरर्जेन्सीका इन्चार्ज नारायण बरालले बताए।
भारतमा रोजगारी गर्दै आएका ५० वर्षिय रुपा गाउपालिका–७ का उनि १२ दिन अगाडि नेपाल आएको देउराली स्वास्थ्य केन्द्रका प्रमुख आनन्द जोशीले बताए। उनी चैत्र ११ गते मंगलबारबाट रुपा गाउपालिका देउरालीमा रहेको विश्वशान्ती मा.वि.को क्वारेन्टाइलमा बसेका थिए। क्वारेन्टाइलमा बसेको भोली पल्टै उनको अचानक मृत्यु भएको हो।
११ वजे खाना खाएर सुतेका विरामी साढे २ बजेतिर ज्वरो जाँच्न भनेर नर्सहरु पुग्दा उनको अवस्था असामान्य रहेको पाइएपछि विरामीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको स्वास्थ्य चौकी प्रमुख आनन्द जोशीले बताए।
क्वारेन्टाइनमा रहेको दुई दिनमै मृत्यु भएका निज व्यक्तिको मृत्युको कारण भने एकिन भइनसकेको गण्डकी अस्पताल स्रोतले बतायो।
क्वारेन्टाइनमा रहेको भोलीपल्टै निधन भएका व्यक्तिको मृत्यु कोरोनाबाट भएको पुष्टी हुन थप केही दिन लाग्ने चिकित्सकहरुले बताएका छन्।
उनको उपचारमा संलग्न चिकित्सक, नर्स, प्राविधिक र पारिवारका सदस्यहरुको नियमित तीन दिन सम्मको स्वास्थ्य परीक्षण पछि उनिहरुबाट आएको रिपोर्टबाट मात्र एकीन हुने बताइएको छ।
भारतबाट नेपाल आएको १२ दिनपछि क्वारेन्टाइनमा रहेकै बखत अचानक मृत्यु भएको विषयलाई कोरोनाको आशंका गर्ने ठाउँ प्रयाप्त रहेको भएपनि पुष्टी हुन केही दिन कुर्नुपर्ने भएको छ।
मृतक बसेको रुपा देउराली स्थित विश्वशान्ति मा.वि. क्वारेन्टाइनमा उनी सहित २२ जना बसेका थिए।

 

 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: