२०८१ फाल्गुन ११
०६१४४५०००, ९८५६०३३३९१

मन्टेश्वरीले अतिरिक्त शुल्क समायोजन गर्ने

मन्टेश्वरी कार्यक्रम संचालन गर्दै आएका कास्कीका मन्टेश्वरी विद्यालयहरुले विदाको समयमा अग्रिम रुपमा लिइएको अतिरिक्त शुल्क नयाँ शैक्षिक सत्रमा समायोजन गर्ने निर्णय गरेका छन् । मन्टेश्वरी एसोशिएसन कास्कीको चैत्र ५ र ६ गते वसेको वैठकले विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण र संत्रासका कारण स्वास्थ्य क्षेत्रमा संकटको अवस्था सृजना हुन गएको कारण निर्धारित कार्यतालिका भन्दा अगावै अचानक विदालय वन्द गर्न परेकोले यस विषम परिस्थितिमा अभिभावक तथा विद्यार्थीमा पर्न गएको असुविधा र अप्ठेरो प्रति मध्यनजर गर्दै आगामी शैक्षिक सत्रमा शुल्क समायोजन गर्ने एसोशिएसन द्धारा जारी विज्ञप्ती जनाइएको छ ।
एसोशिएसनका अध्यक्ष मिलन केसी र सचिव सावित्री थापा मोक्तानद्धारा हस्ताक्षरित विज्ञप्तीमा आफ्ना सदस्य विद्यालयका नाममा दुई वुंदे निर्देशन जारी गरिएको छ । मन्टेश्वरी एसोसिएशन कास्कीमा ४७ वटा विद्यालय आवद्ध रहेको वताइएको छ । आफ्नो संघमा आवद्ध सदस्य विद्यालयहरुलाई संयम अपनाई एक आपसमा सहयोगको आदान प्रदान गरी सामाजिक उत्तरदायित्व वहन गर्न विज्ञप्ती मार्फत् आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्