डा. बुद्धि र संगित

सराङकोट न्यूज
11 March, 2020 9:43 am
Advertisements
Advertisements

– अमृत पियुस

पोखरा अत्यन्तै सुन्दर ठाउँ, जसरी अमिलो खाने कुराको कल्पना गर्द मुखमा रस भरिन्छ, त्यसरी पोखरा भन्ने बित्तिकै हाम्रो मुखबाट जबरजस्ती निस्कने भनेको ‘आहा’ हो आहा ! पछी कल्पना वा स्मरणमा आउने भनेको फेवाताल, फेवातालका पुतलि जस्तै देखिने डुंगाहरु तथा मुस्कुराइरहेको माछापुच्छे र देखिने हिम श्रृङ्खला तथा लेकसाईडको आफ्नै रौनक हो । हामी पोखरा बाहिरका मानिस पोखरा आउँदा कुनै नयाँ ठाउँ जहा स्वर्गीय आनन्दको अनुभुतिको माछापुछ«े हिमालको भन्दा ठूलो शिर बनाएर भित्रिने गर्दछौं ।
विगत ३ बर्ष देखि अध्ययनको शिलसिलामा म पोखरा बारम्बार आउने गरेको छु । प्रत्येक पटक उस्तै जोस जाँगरका साथ भित्रिने गर्दछु पोखरा, पोखरा आउने तयारी गर्दै गर्दा छोरी ‘सम्पत्ती’ ले तोते बोलिमा मेरो मोबाईल समाउदै गुनगुनाई रहेकि थिईन,
तिम्रो मन त ढुंगाको छपनी
मरे जस्तै भा’को छु म पनी
रेलले तान्यो र….
बैगुनी छौ भन्ने कल्ले जान्यो र ।
म अचम्म पर्दै सोधे, अरे छोरी तिमी कहाँबाट सिकेको यस्तो गीत ? कस्ले सिकायो तिमीलाई ? प्रश्नहरु लगातार खसी रहेको बेला छोरीले भनिन्, तपाईको मोबाईलमा बज्छ (मोबाईल दिदै भनिन्) शब्दहरु सरल र मिठा थिए, पुनः मोबाईल हेरें, मोबाईलमा आफ्नै रफ्तारमा गित बजिरहेको थियो ।
जहा गएपनी, जे गरे पनी
दिलको मान्छे दिल भित्र रहीरनी
रेलले तान्यो र….
बैगुनी छौ भन्ने कल्ले जान्यो र ।
गीत अत्यन्तै सरल र मन छुने शब्दको मिलन अत्यन्तै राम्रो लाग्यो स्वर ः मेलिना राई र डा. बुद्धिमान श्रेष्ठको रहेछ म दंग परें । जसरी नयाँ किताब पढ्दा दंग पर्छु त्यसरी नै …..
डा. बुद्धिमान श्रेष्ठ विगत १७ बर्ष देखि म उहाँलाई नजीक बाट चिन्छु, अर्को शब्दमा भन्दा म यो ठाउँमा आउन, अर्थात, यो स्थितीमा आउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सिंडी चढाउने भनेको डा. बुद्धिमान नै हुन् । त्यसैले उहाँलाई म ‘गुरु’ सम्बोधन गर्छु ।
धेरैका मुखहरु कन्जुस हुन सक्छन्, धेरैले यस लेखलाई ‘चाप्लुसी’ भन्न सक्छन् तर म सहिलाई सहि र गलतलाई गलत भन्न वा लेख्न कहिले कन्जुस गरिन, नेपालको मुख स्वास्थ्यलाई यहाँ सम्म पु¥याउन देशको मुख र स्वास्थ्यमा जनचेतनाको हिसाबले होस वा उपचारको हिसाबले नेपालमै काठमाण्डु देखि धनगढी, तथा पूर्व देखि पश्चिम सम्म एउटा परिवर्तन गर्न, जुन देशमा दाँत दुख्दा धामीकोमा जाने चलनको परिवर्तन गर्न साथै मुख स्वास्थ्यमा एउटा क्रान्तिको (परिवर्तनको ) सुरुवात गर्ने, जुन देशमा ९५ प्रतिशत मानिस मुख रोगी छन् तिनीहरुलाई दन्त अस्पताल सम्म जाने वातावरण तयार गर्ने अभियानका अभियान्ता डा. बुद्धिमान श्रेष्ठ ग्यादरि·मा होस्, कुनै पाटिमा होस् वा अन्य कुनै अनौपचारीक कार्यक्रममा गीत गाउने गर्ने डा. बुद्धिमान श्रेष्ठ आज यती मिठो स्वरमा जसरी आम संगीत प्रेमीलाई एउटा उपहार स्वरुप पस्कनु भएको छ । उहाँको गीत संगित र साहित्य तर्फको रुची या लगाब कायम हुनेछ । जति सुकै मानिस सफल भएपनी, व्यस्त भएपनी गीत संगीत र साहित्यबाट टाढा हुन सक्दैन भन्ने सन्देश स्वंयम् उहाँले दिएको अत्यन्तै मिठो स्वरबाट प्रष्ट हुन्छ त्यसैले चाढै नै अझ मिठो र सबैको मनमा बस्न सक्ने गीतहरु निकाल्नु हुनेछ र ‘रेलले तान्यो र…बैगुनी छौ भन्ने कल्ले जान्यो र । भन्ने गीत सफल होस् भन्ने शुभकामना पनी दिदै पोखराको बसाई गीत संगीत प्रकृतिक सुन्दरताको रसपान गर्दै बिताईरहेको छु । धन्यवाद ।
लेखक (उपन्यास ‘सिखा’ का लेखक हुन् भने नेपाल डेण्टल हाईजेनिष्ट एसोसिएसनका महासचिव हुन ।)

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: