जाइकासँग प्रभावित क्षेत्रका स्थानीयको माग, पोखरेलीलाई पानी खुवाउँछौ हामीलाई विकास देउ

सराङकोट न्यूज
4 March, 2020 7:07 pm
Advertisements
Advertisements

पोखरा–मर्दी खानेपानी शुद्धिकरण तथा वितरण सम्वन्धि परियोजना स्थलका प्रभावित जनताले विकासको माग गरेका छन् । जाईकाको हाजमा कम्पनीले झण्डै साढे चार अरवमा पोखराको खानेपानी शुद्धिकरण र वितरण सम्वीन्ध कार्य जारी राखेको छ । खानेपानी मुहान देखि पोखरा महानगर १९ र २५ नम्वर वडाको विचका जनताहरुले विभिन्न चार वटा माग राखेर जाइकाको नेपाल स्थित कार्यालय काठमाडौंमा ध्यानाकर्षण पत्र वुझाएका छन् ।
प्रभावित क्षेत्र आसपासका जनताहरुले वुझाएको मागहरुमा पानी शुद्धिकरण प्लान्ट वाट रैंकर सम्म ४ किलो मिटर वाटो कालो पत्र निर्माण हुनु पर्ने । कामदार र कर्मचारीहरु स्थानीय स्तरबाट राख्नुपर्ने आयोजना निर्माण सम्पन्न भइसके पछि आयोजना स्थल भन्दा तल रहेको वस्तीमा खानेपानी उपलव्ध गराउनु पर्ने, पोखरा १९ र २५ नम्वर वडा हेमजा मरेङघाट मोटरेवल पुल निर्माण गर्नु पर्ने रहेको छ ।
सरोकार समूहका तर्फबाट तारानाथ पौडेल लयागत ७७ जना व्यक्तिहरुले हस्ताक्षर गरेर माग पेस गरेका छन् । प्रभाव क्षेत्रका सरोकारवाला हरुले राज्यले खानेपानी परियोजना सँग मिलेर आफूहरुलाई धोका दिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: