पोखरा महानगरको २७ लाख अझै गायव

सराङकोट न्यूज
19 February, 2020 10:07 am
Advertisements
Advertisements

पोखरा महानगरपालिकाले घाटखानीको ठेक्का दिएवापत पाउनु पर्ने दस्तुर रकममा चुहावट हुने गरेको तथ्य वाहिरिँदा पनि महानगर प्रशासन चुहावट नियन्त्रणमा असफल देखिएको छ । वालुवा घाट खानीको ठेक्का लगाउँदा सो वापत पाउनु पर्ने रोयल्टी रकममा वैंक र सेवाग्राहीको मिलेमतोमा दशौं लाख रुपैयाँ महानगरले गुमाएको हो ।
७ महिना अघि २०७६ श्रावण १६ गते मुक्तिनाथ विकास वैंकमा जम्मा गर्न सुनिल विक्रम खाँड मार्फत माछापुच्छ«े वैंकको चे.नं. २०३५६२६१ बाट रु. ३० लाख क्यिरिङको लागि पेश भएकोमा माछापुच्छ«े वैंकले रु. ३ लाख मात्र रकम मुक्तिनाथ विकास वैंकमा ट्रान्सफर गरेको थियो । ३० लाखको उक्त चेकबाट २७ लाख रुैपयाँ गुमाएको स्पष्ट भएको छ । आफ्नो खातामा रकम आम्दानी नहुँदै महानगरको राजस्व शाखाले ३० लाख रुपैयाकै विल (रसिद) जारी गरेको पाइएको छ ।
०७६ श्रावण १९ गते मुक्तिनाथ विकास वैंकको चिप्लेढुंगा शाखामा रहेको पोखरा महानगरको राजस्व शाखाको खाता नं. ०२०१०२००१७६५५६००००००१ मा ४ अगष्ट २०१९ मा ३ लाख मात्र आम्दानी भएको स्टेटमेन्ट वाट खुल्न आउँछ, २७ लाख रुपैयाँ बैंककै लापरवाहीको कारण यो समाचार तयार पार्दा सम्म गायव पारिएको छ । ७ महिना सम्म आफ्नो रकम गायव हुँदा पनि महानगर प्रशासन मौनता साँधेर वसेको छ । सराङकोट साप्ताहिकले २०७६ पुष २२ गते मंगलबार माछापुच्छ«े वैंकको चरम लापरवाही ३० लाखको चेक लिएर ३ लाख भुक्तानी शिर्षकमा प्रमुख समाचार छापेपछि ३ दिन पछि महानगरले मुक्तिनाथ विकास वैंकलाई वाँकी रकम उपलव्ध गराउने सम्बन्धमा पत्राचार गरेको थियो तर विडम्वना पत्राचार गरेको ४० दिन पुरा भइसक्दा पनि महानगरको खातामा उक्त रकम जम्मा गरिएको छैन । मुक्तिानाथ विकास वैंकले कुनै प्रतिकृया समेत नजनाएको महानगरपालिकाको राजस्व प्रशासन शाखाले जनाएको छ । चेक पुरै गए पनि लापरवाही पूर्ण ढंगबाट २७ लाख रुपैयाँ कम गरेको क्लिरिङ गरिदिने माछापूच्छ«े वैंक प्रति महानगर मौन देखिनुलाई पनि अर्थ पूर्ण रुपमा हेरिएको छ ।
मिर कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का पाएवापत महानगरलाई वुझाउनु पर्ने उक्त रकम ठेक्काको अवधि सकिन लाग्दा समेत किन नउठाएको भन्ने हाम्रो जिज्ञाशामा वैंकलई पत्राचार गरिएको जवाफ पाइयो । ७ महिना सम्म विना रकम ठेक्का सम्झौता गर्नु महानगरको गंभिर लापरवाही रहेको जानकारहरुले वताइरहँदा अधिकार सम्पन्न महानगर प्रशासनको निरिहता टिठ् लाग्दो रहेको छ ।
आम नागरिकसँग कर असुल गर्न निमर्म देखिने महानगर पालिका ठेकेदार वाट आउनु पर्ने लाखौं रुपैयाँ गुमिरहँदा किन निर्मम वन्न सकेन आम नागरिकको प्रश्न तेर्सिएका छन् । यो एउटा नमूना घटना मात्र हुन सक्छ । यस्तै गरी करोडौं रुपैयाँ महानगरका कर्मचारी, ठेकेदार (करदाता), वैंकका कर्मचारीको त्रिपक्षीय मिलेमतोमा चुहावट भएको हुन सक्ने आशंका उव्जिएको छ । महालेखा परिक्षणले गत वर्ष १२ करोड रुपैयाँ वेरुजु औल्याएको छ त्यस वेरुजु मा पनि यहि प्रकृतिको चुहावट हुन सक्ने भन्दै स्वतन्त्र छानविन गरिनु पर्ने देखिएको छ।
खातामा पैसा भएर पनि २७ लाख कम रकम ट्रान्सफर (क्लियरिङ) गरिदिने माछापुच्छ« वैंक, ३० लाख को चेक क्लियरिङ मागेर ३ लाख मात्र रकम महानगरको खातामा जम्मा हुँदा पनि मौनता साँधेर वस्ने, महानगर लाई जानकारी नदिने माछापुच्छ«े वैंक सँग तत्काल वाँकी रकम क्लियरिङ माग नगर्ने मुक्तिनाथ विकास वैंक र चेक जम्मा गरेको भौचरकै आधारमा खातामा रकम जम्मा नहुँदै विल (रसिद) जारी गर्ने पोखरा महानगर पालिका राजस्व शाखाका कर्मचारीको त्रिपक्ष्ीय साँठगाँठको कारण महानगरको आम्दानीमा चुहावट वढेको आशंका यो घटनाले सिद्ध गर्न खोजको छ ।
वैंक तथा वित्तिय संस्थाले गर्ने लापराहीका कारण सेवाग्राहीले वेहोर्नु पर्ने क्षति विरुद्ध राष्ट्रवैंकले कारवाही चलाउन जरुरी छ भने ठगि गर्ने नियतका सम्वन्धमा प्रहरी कार्यालय मार्फत् मुद्दा दर्ता गरेर छानविन गर्नु पर्ने आवाज उठेको छ । महानगरको ठेक्का चलाएर कमाइ गर्ने तर रकम वुझाउन आलटाल गर्ने उपर किन कारवाही नभएको हो भन्ने वुझ्न सकस परेको छ ।
यस अघि मुक्तिनाथ विकास वैंकमा रहेको महानगरको वैंक कारोवार अहिले एनआई.सि. वै.कमा सारिएको छ । मुक्तिनाथको खाता वन्द गर्ने पत्राचार भइसकेको छ भने २७ लाखको चेकको रकम एन.आइ.सि. एसिया वैंकमा जम्मा गर्ने महानगरले लेखेको छ तर सुनुवाई शुन्य रहेको पाइएको छ ।

के भन्छन् बैंकका कर्मचारी ?

भुवन खत्री
गण्डकी प्रदेश प्रमुख
माछापुच्छ«े वैंक
पोखरा महानगरपालिकाको ३० लाख राजस्व वापतको चेक क्लियरिङ गर्ने क्रममा ३ लाख मात्र क्लियरिङ (ट्रान्सफर) भएको विषय पछि आएर मात्र जानकारी भएको हो । त्यस प्रकरणमा यस बैंकका कर्मचारीबचाट कमजोरी भएको हो। त्यसमा मुक्तिनाथ विकास बैंकले पठाएको चेक र इन्डोस (डाटा इनपुट) गर्दा फरक थियो । चेकमा ३० लाख र इन्डोर्स गर्दा ३ लाख मात्र गरेकोले हाम्रो कर्मचारीले उक्त चेक र इन्डोर्स (डाटा ) लाई भेरिफाई गर्नु पथ्र्यो र दुईमा फरक हुने वित्तिकै चेक क्लियरिङ नगरी फिर्ता गर्नु पथ्र्यो तर कर्मचारीले भेरिफाई नगरी चेक नहेरी इन्डोर्स कै आधारमा ३ लाख मात्र क्लियरिङ भएको । यसमा हामीले गल्ती महसुस गरेका छौं तर उक्त गल्ती नियतले नभएर मानविय त्रृटिको रुपमा लिनु पर्छ। अव हामी छौ, कर्मचारीलाई पनि सचेत गराएका छौं ।

ध्रुव रेग्मी
शाखा प्रबन्धक
मुक्तिनाथ विकास बैंक
चिप्लेढुंगा शाखा
यस प्रकरणमा महानगरपालिकाको पनि कमजोरी छ । हामीले हरेक दिन दिनको कारोवारको विवरण महानगरपाकिलालाई उपलव्ध गराएका थियों । स्टेटमेन्ट हेरेर आफ्नो खातामा पुरा रकम आए नआएको वुझेर तत्काल खवर गर्नु पथ्र्यो । हामीले पनि तत्काल खवर गरेनौ । हामीले ३० लाख को चेक नै स्क्यान गरेर पठाएका थियों । माछापुच्छ«े ले क्लियरिङ गर्दा ३ लाख मात्र गरेको रहेछ । अक्षर र अंकमा स्पष्ट लेखेर गएको चेक नै नहेरी माछापुच्छ«े वैंकले ३० लाख को चेकमा ३ लाख मात्र क्लियरिङ गर्नु हुदैन्थ्यो । जे भयो भयो अव हामी ग्राहकसँगबाट उक्त रकम लिएर महानगरको खातामा जम्मा गछौं ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: