वक्यौता रकम माग्दा एन्फा कास्कीका अध्यक्ष गुरुङद्धारा दुव्र्यवहार

सराङकोट न्यूज
22 January, 2020 9:20 am
Advertisements
Advertisements

हातले दियो खुट्टालाई दुख भने जस्तै भएको छ क्रियटिभ अवार्ड हाउसका संचालक रामकृष्ण पौडेललाई । पौडेलले गतवर्षको मनकामना कपको काम गरे वापत गत वर्षको वक्यौता रकम माग्दा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङवाट दुव्र्यवहार खानु परेको वताएका छन् ।
अघिल्लो वर्ष सम्पन्न मनकामना कपको काम गरेका पौडेललाई एन्फा कास्कीले १० लाख भुक्तानी गर्न वाँकी रहेको अवस्थामै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले मुख्यमन्त्री कप कार्यक्रमको काम गर्न भने पछि पौडेलले पुराना पैसा नदिई काम गर्दिन भनेपछि अध्यक्ष गुरुङले आफूलाई जथाभावी वोलेर अभद्र व्यवहार गरेको र पछि हातपात गरेकोले सोही दिन आइतवार दिउँसो कास्की प्रहरीमा उजुरी गरेको वताए ।
कास्की प्रहरीले घटना पुष्टि गर्न पीडित पौडेल सँग सिसि टिभी फुटेज माग गरेको छ । पौडेलले दिएको ठाडो उजुरीको भरमा पक्राउ गर्न नमिलेकोले रितपूर्वक जाहेरी माग गरिएको कास्की प्रहरी प्रवक्ता प्र.ना.उ. राजकुमार केसीले वताए । पीडित व्यक्ति रामकृष्ण पौडेलले सिसिटिभी फुटेज दिएपनि सोमवार कार्यालय समय सम्म जाहेरी दिएका थिएनन् ।
अभद्र व्यवहारको आरोप लागेका एन्फा कास्कीका अध्यक्ष सँग सम्पर्क गर्न खोज्दा उनको नम्वरमा सम्पर्क हुन सकेन । एन्फा कास्कीका अध्यक्षबाट सर्वसाधारण माथि दुव्र्यवहार भएको हो भने किमार्थ राम्रो मान्न सकिन्न । आर्थिक पारदर्शिताको लागि एन्फा कास्की पुरै जिम्मेवार हुन जरुरी औल्याइएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: