
“नाम मात्रको सुव्वेनी के खाएर उम्वेनी” भने झै पोखरा महानगरवासीहरु पिउने पानीको अभावमा गुज्रिरहेका छन् । महानगर पालिका नाममले हैन सुविधा र पूर्वाधारले हुनु पर्ने हो तर पोखरा महानगरपालिकाका कतिपय वडाका नागरिकहरु पिउने पानीको लागि डोकोमा गाग्री वोकेर वेशीको धारो पधेरोमा पुग्नु पर्ने वाध्यताको सिकार वन्न पुगेका छन् ।
पोखरा महानगरपालिका वडा नं. १९ घार्मि पनि पिउने पानी पीडित गाउँ हो । महानगरको वार्ड नंं १९ मा रहेको घार्मी गाउँ प्राकृतिक रुपले मनोरम र भुगोलले सुगम नै भएपनि त्यहाको मुख्य समस्या खानेपानी नै रहेको छ । मान्छेलाई पिउने पानी लिन झण्डै एक घण्टाको पैदल यात्रा तय गर्नु पर्छ भने पशु पक्षीका लािग पोखरीमा जम्मा भएको पानी खुवाउनको विकल्प छैन । हिउँदमा कुवा पनि सुक्ने भएपछि थप समस्या आउने स्थानिय घार्मी वासिले वताए।
वर्षौ देखि रहेको पानी अभाव घटाउन लिफ्टिङ प्रणालीवाट पानी ल्याउन खोजिएको वताइए पनि पानि आउने मिति एकिन हुन सकेको छैन। यसवाट स्थानियले कहिले राहत पाउने भन्ने वारेमा ठोस जवाफ कसैसँग छैन ।
पोखरा महानगरपालिका वडा नंं १९ घार्मी संघिय सरकारका क्याविनेट मन्त्री (खेलकूद) जगत विश्वकर्माको गाउँ हो । उनको गाउँको पिडा अरु कसले वुझिदिने। चुनावमा विकासको ललितपप खुवाएर सिंहदरवार छिरेको नेताले अर्को चुनाव नआएसम्म जनताको समस्या नसुल्झाउने हो कि भन्ने भ्रम हैन यथार्थ वन्ने अवस्था आइरहेको छ ।
यता वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल घार्मीमा पानी ल्याउने पहल भइरहेको वताउँछन । लिफ्टिङ पद्दतिवाट पानी ल्याउन डाँडामा दुई लाख लिटर क्षमताको टंकी निर्माण भइसकेको पौडेलले वताए । विजुलती र ट्रान्सफमर समेत वनिसकेको र अव शाखा र वितरण लाइन विस्तारको काम वाँकी रहेको वताए । उक्त कामको लागत इस्टीमेट तयार पारेर वजेट प्रवन्ध गर्ने कार्य सुरु गरिएको काम द्रुत गतिमा भइरहेकोले २०७७ मंसिर सम्म घार्मी वासीको घर घरमा पानी पु¥याइने वडा अध्यक्ष शोभा मोहन पौडेलले वताए । घार्मीमा २ सय घरधुरीको वसोवास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्