निजगढको मौरी प्युठानमा चराउँदै…

सराङकोट न्यूज
20 November, 2019 2:38 pm
Advertisements

गाई, भैसी, भेडा, बाख्रा, हांस, कुखुरा, चराउने गरेको त हामीले सुन्दै देख्दै आफैले पनि चलाउँदै आएका थियौ । तर उडने किरा मौरीलाई पनि चराउने गरिएको वारे यहाँ चर्चा गर्दैछौं ।
झटट् सुन्दा पत्याउन गाह्रो लाग्ने मौरी चराउने कार्यबारे सराङकोट टीम प्याुठानको स्वर्गद्धारी नगरपालिका वार्ड नं. ४ वारिका पाटा र बनका खाली जग्गामा पुग्दा हामी मौरी चराउने कार्यबारे ढुक्क भयौँ । दुई नम्बर प्रदेशका वारा निजगढका ३९ वर्षीय युवा भिम निमल्सिना र सर्लाही नवलपुरका ३० वर्षीय युवा नितेश खड्का २१० घार मौरी लिएर ५ नम्बर प्रदेश प्युठान जिल्लाको स्वर्गद्धारी –४ मा चराउन आएको भेटियो ।
निजगढ वी फार्मका सञ्चालक भिम तिमल्सिना विगत ९ वर्ष देखि मौरी पालन व्यवसाय गर्दै आएका सफल कृषक हुन। अहिले उनको फार्ममा मात्र ११० घार मौरी अहोरात्र मह बनाइरहेका छन । १२ कक्षा पास गरेर मौरीपालन व्यवसायमा होमिएका कृषक भिमले अहिले वार्षिक सबै खर्च कटाएर १० देखि १२ लाख कमाँउदै आएका छन । लगानी पनि धेरै नचाहिने गरिबले पनि गर्न सक्ने भएका कारण आफुले मौरीपालन व्यवसाय रोजेको भिम बताँउछन । कामदार पनि धेरै नचाहिने र खर्च पनि खासै नहुने भएका कारण झण्डै एक दशक देखि आफु यो पेसामा सन्तुष्ट पूर्वक लागेको बताउने भिम तिमल्सिनाले मौरी पालनका दश वर्षका धेरै मिठा र रोचक अनुगमन र जानकारी गराएका थिए ।

मौरी चराउदै मह काड्दै

वाराका मौरी कृषक भिम तिमल्सिनाको ६ महिना अन्य जिल्लामा मौरी चराउदै बित्ने गरेको छ । मह उत्पादनका लागि सिजन अनुसारका फुल आवश्यक पर्ने हुँदा एक ठाँउमा बसेर मौरीपाल्न नसकिने रहेछ । चिनि सख्खर खुवाएर मह पार्ने कार्य राम्रो नहुने र त्यस्तो महले महको सहि तत्व दिन नसक्ने भएकोले प्राकृतिक मह उत्पादनका लागि आफुहरुले नेपालका विभिन्न ठाँउहरुमा मौरी चराएर प्राकृतिक मह उत्पादन गर्दै आएको भिमले बताए । हरेक वर्ष असोज देखि वैशाख सम्म छ महिना मह चराउन लैजान पर्ने अनुभव सुनाए।
१५ असोज देखि मंसिर १५ सम्म प्युठानको स्वर्गद्धारी नगरपालिकाको वार्ड नं. ४ मा पर्ने वन छेउमा मौरी चराइ

न्छ । उक्त ठाँउ चिउरी वन भएको र यो समय चिउरीको फूल फुल्ने मौसम भएका कारण चिउरी महको राम्रो उत्पादन हुने भएकोले हरेक वर्ष प्युठानमा दुई महिना मौरी चराउने गरिएको छ । मंसिर १५ पछि पनि चिउरीको मह सिजन सुरु हुन्छ । चिउरीको महको लागी मौरी चराउन चितवनको शक्तिखोरमा मौरी चराउन लगिने छ । चितवनमा केहि पछि चिउरी फुल्ने भएका कारण पुष मसान्त सम्म मौरी चराउने गरिन्छ ।
लुम्बिनीमा तोरी महको सिजन सुरु हुने समय माघ १ देखि फागुन १५ गते सम्म लुम्बिनीको मसिना आसपासमा मौरी चराइन्छ । त्यसपछि फागुन १५ देखि चैत्र मसान्त सम्म सर्लाहीका जंगली क्षेत्रमा मौरी चराइन्छ । अन्तमा वैशाख १ महिना रौतहटको पौरही क्षेत्रमा मौरी चराएर जेठ देखि ४ महिना वर्षाको समय आफनो स्थायीवास स्थानमा राख्ने गरिएको तिमल्सिना बताँउछन ।
वर्षमा झण्डै आठ महिना घुमाई डुलाई मौरी चरांउदै मह उत्पादन गर्दै आएका किसानहरु जहाँ पुग्छन । त्यही डेरा कोठा भाडामा लिएर मह काडेर व्यापार गर्दै आएका छन । महको बजारमा कुनै समस्या नरहेको पनि कृषकहरु बतांछन । शुद्ध र प्राकृतिक मह भएका कारण एकपटक खाएको मान्छेले खोजीखोजी हाम्रो मह प्रयोग गर्ने गरेको निजगढ वि–फार्मको सञ्चालक भिम तिमल्सिनाको दाबी रहेको छ । वर्षमा ७ वटक सम्म मह काढने र ११० घार बाट वार्षिक १० देखि १२ लाख कमाउन सकिने भएका कारण विदेश जाने सोचमा नरहेको र विदेशिन चाहाने युवाहरुका लागि पनि स्वरोजगार बनेर आफनै देशमा सेवा गर्न आग्रह गरेका छन। सरकारले दिने अनुदानमा व्यापक कमिशन खेल हुने र नक्कली किसानले मात्र अनुदान लिने भएका कारण सरकारी राहत र अनुदान भन्दा सौहुलियत ऋण उपलव्ध गराए वास्तविक किसानको उद्दार हुने तिमिल्सीनाले बताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: