राजमार्गमा दुई जना ड्राइभर, प्रहरीको कमाउने हतियार !

सराङकोट न्यूज
20 November, 2019 2:30 pm

सरकारले २ सय किलोमिटर भन्दा लामो सडकमा संचालन हुने रात्री सेवामा दूई जना चालक हुनु पर्ने नीति ल्यायो । लामो वाटो रातभर एउटै चालकले वस चलाउँदा दुर्घटना भई धनजनको क्षति हुन थाले पछि रात्री सेवामा दुई जना चालक राख्ने निति लिएको हो ।
राज्यका माथिल्लो तहवाट भएका दुई जना चालक राख्ने नीति कार्यान्वयन भए भएनन् भन्ने विषयमा छानविन, निगरानी वा अनुगमन हुने गरेको छैन । त्यसको प्रत्यक्ष लाभ राजमार्गका चेकपोष्टमा वस्ने प्रहरीले लिने गरेको पाइएको छ । धेरै जसो वसहरुमा दुई जना चालक राख्ने गरेको छैन । चेकिङमा वस्ने प्रहरीहरुका लागि यो एउटा अवसर वन्ने गरेको छ ।
पूर्व पश्चिम राजमार्गमा एक रात यात्रा गर्ने हो भने लाज लाग्दा दृश्य देख्न पाईन्छ । दुई वटा लाइसेन्स वुझाउनेसँग चालकको अनुहार खोज्छ प्रहरी । जसको दुई जना चालक छैनन् उसले लाइसेन्स र अनुहार केहि देखाउनै पर्दैन लुसुक्क वसवाट झ¥यो पोस्टमा पुग्यो नम्वर टिपायो सय रुपैया खुसुक्क फाल्यो चुपचाप वाटो लाग्यो सकियो कुरा ।
यो मामलामा राती ड्यूटी वस्ने प्रहरी र सहचालक, चालक सवै अभ्यस्त हुने रहेछन् । सरकारले माथिवाट जति अनिवार्य भन्छ कडाइ गर्छ प्रहरीको कमाई उति वढ्छ ।
पश्चिमबाट पूर्व तर्फ आउने वसहरु कपिल वस्तुको चनौटा, पिपरा, रुपन्देहीको भुमई र नवलपुरको रजहर र गैंडाकोट अनियमित असुलीमा अग्र पंक्तिमा रहेको वस चालक र सहचालकको अनुभग रहेको छ । यस पटक यो पंक्तिकार स्वयम्ले प्रत्यक्ष देख्ने अवसर मिलेको थियो । सय रुपैयाँले दर्जनौं यात्रुको जीवन खतरामा यात्रा गर्छ यता प्रहरी राजमार्गमा पैसा सोहोर्छ उता सिंहदरवारका नेता र हेडक्वाटरका प्रहरी मस्त निदाउँछन्।

यात्रु हैन खसी हेर्छ प्रहरी

दाङ, सुर्खेत, नेपालगंज, धनगढी र महेन्द्रनगरवाट काठमाडौं पोखरा नारायढगढ तर्फ आउने वसहरुमा प्रहरीले सिटका यात्रु चेक गर्दैन कुनै अवैध मालवस्तु हेर्दैन, यात्रु वेहोस् छन् कि हिसा भएको छ कि केहि हेदैन प्रहरी । प्रहरी सहचालकलाई सिधै अराउँछ डिक्की खोल डिक्कीमा यात्रुमा समान, झिटि गुण्टा हैन खसी वोका हेर्छ प्रहरी । खसी वोका भेटियो कि रुपैयाँ झ¥यो कि खसी वोका झ¥यो । खसी वोका गन्तव्यमा पु¥याउने जिम्मा लिएको वसका चालक सह चालकले पनि राम्रै कुरा वुझ्ने संख्या गनेर कमिशन दुवैलाई कण्ठै । भेटी चढायो वाटो लाग्यो । यात्रु कति छन्, कस्तो अवस्थामा छन् कुनै मत्लव नै छैन प्रहरीलाई ।
२०७६ मंसिर १ गते राती दाङको वसमा ७० जना यात्रु कोचिएर पोखरा आए तर न प्रहरीले हे¥यो न क्षमता भन्दा वढि ल्याएकोमा कारवाही नै ग¥यो वरु डिक्कीमा खसी राखेको हेरेर चित्त वुझायो ।
हरेक दिन हरेक रात हुने यि र यस्ता विकृति कहिले रोकिने ? रातमा ड्युटी गर्ने प्रहरीलाई अतिरिक्त भता र सुविधा राज्यले दिएर भए पनि घुस लेनदेन रोक्न पर्छ दुई चालक निति लाई कार्यान्वयन गर्नु पर्छ डिकी मात्र हैन यात्रुको चेक जाँच गरी शान्ती शुरक्षा र कानूनी साशन कार्यान्वयन गर्न जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: