
नेपाल यातायात मजदुर संघ जिल्ला समिति कास्कीले पोखराका विभिन्न स्थानमा शौचालय र पानीको धारा निर्माण गर्ने शिर्षकमा संघका अध्यक्ष दामोदर पण्डितद्वारा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी.लाई सोमबार ७ बुँदे ज्ञापन पत्र बुझाएको छ।
विश्व चर्पी दिवस–नोभेम्बर १९ को अवसरमा कोहीपनि नछुटुन भन्ने मूल नारा लिएको र संयुक्त राष्ट्र संघले सन २०३० सम्ममा विश्वलाई नै खुल्ला दिसा मुक्त गर्ने उद्देश्य लिएको सन्दर्भमा “पोखरा मुख्य पर्यटकीय क्षेत्र रहेको र यस कार्यक्रमले पर्यटन वर्ष २०२० लाई पनि अझ सरसफाई र सौन्दर्यलाई झल्काउने भएको” हुँदा महानगरलाई माग राख्नु आवश्यक रहेको टे«ड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले बताएका थिए।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शौचालय निर्माणको लागि उचित स्थान पाएमा र नगरवासीको सहयोगमा सम्भव हुने र शौचालय बनाउन आफूपनि सकरात्मक रहेको जनाए। शौचालय निर्माण गर्न स्थानीयनै विरोधमा उत्रन सक्ने प्रवल सम्भावना भएको हुँदा सम्पूर्ण नगरवासीमा चेतनाको विकास हुन जरुरी रहेको समेत जानकारी गराएका थिए।
पोखरा महानगरपालिकामा रहेका यातायात व्यवसायी तथा यात्रुहरुलाई मध्यनगर राख्दै पोखराका मुख्य क्षेत्रहरु पृथ्वीचोक, हरिचोक, छोरेपाटन, सिम्पानी, बागलुङ बसपार्क, बेगनासताल, टुटुंगा, हल्लनचोक, खाल्टेमसिना र मिलनचोकमा महिला तथा पुरुषको लागि छुट्टाछुट्टै शौच गर्न मिल्ने गरि शौचालय तथा खानेपानी निर्माणको ध्यानाकर्षण गराएको नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबाबु पन्तले जानकारी गराएका थिए।
ध्यानाकर्षण पत्रमा प्रत्येक वस स्टप, पार्किङ स्थलमा व्यवस्थित निःशुल्क सार्वजनिक शौचालय, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र सवै पार्किङ स्थलमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने जानकारी गराएको छ।
ज्ञापान पत्र बुझाउन नेपाल टे«ड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल टे«ड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, उपाध्यक्ष पदम श्रेष्ठ, सचिव रुद्र तिमिल्सिना, नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबाबु पन्त, सहसचिव ज्ञानबहादुर ऐन सागर, नेपाल नाई संघका अध्यक्ष विगुलाल ठाकुर र आदेश ठाकुरको समेत उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्