मेमोग्राफी अझै चलेन, न उपचार न उपलब्धि

सराङकोट न्यूज
13 November, 2019 7:54 am
Advertisements

सोल्जर वोर्ड हस्पिटल गण्डकी अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुदै अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिसकेको छ। नामले सर्वोच्चता छोइसक्यो प्रधानमन्त्री अध्यक्ष रहने प्रतिष्ठानका कतिपय महत्वपूर्ण सेवा अझै चल्न सकेका छैनन् । स्रोत साधन नभएर सेवा नचलेको भने होइन ।
प्रतिष्ठानको सिनेट अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा ल्याएका छन । भ्रष्ट्रचार नगर्ने प्रतिवद्धतना सबै कार्यालयका भित्तामा टाँस्न लगाएक ाछन । समुन्द्रै नभएको भू–परिवेष्ठित मुलुक नेपालमा पानी जहाजको सपना मात्र बाँडेका छैनन । ललितपुरको एकान्त कुनाको एउटा कुनामा पानी जहाज कार्यालय खोलेर ८–१० जना नेपालीलाई जागिर पनि खुवाएकै छन । त्यति मात्रै हैन आफुलाई सञ्चो नहुँदा पुरै उपचार गरिदिने ठूला–ठूला मनकारी दाताहरु निजी स्तरबाटै तयार पारेकै छन । विदेशमा करोडौ रुपैया उपचार खर्च गर्ने हैसियत बनाएका छन ।
तर उनै प्रधानमन्त्री सिनेटका अध्यक्ष रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने सर्वसाधारण गरिब दुखी नेपालीले उपचार पाउन नसकेर राजधानी काठमाण्डौ या भारत जान बाध्य भइरहँदा पनि कान खुल्न सकेको छैन । सरकारी ढुकुटीबाट खरिद गरिएका करौडौका मेसिनहरु प्रयोग नहुदै कवाडी बन्दै छन् ।
२०७४ असारमा किनिएको स्तन क्यान्सर भए नभएको जान्ने मेसिन मेमोग्राफी २ वर्ष ४ महिना बितिसक्दा पनि चलाइएको छैन । ५१ लाखमा खरिद गरिएको मेसिनको वारेन्टी अवधी दुई वर्ष हो तर अझै सुरसार छैन चलाउने । अब उक्त मेसिनले काम नगरेपनि आपूर्ति कर्ता सहर्जै उम्किएका छन । एक स्न्याय नहानीकन मेसिनको लिगल डेथ गरिएको छ यो प्रकरण भ्रष्ट्रचार भित्र पर्छ पर्दैन? राज्यका संवैधानिक निकाय, मन्त्रालय, प्रधानमन्त्री कार्यलयबाट यसको जवाफ आम नागरिक र सेवाग्राहीले पाउनुपर्ने होइन ?
सुरुमा टेण्डर गर्दा मेसिन मात्र खरिद गरिएको र प्रिन्टर छुटेको प्रतिष्ठानले बताएको थियो । प्रिन्टर आयो पुरै दुई वर्ष लाग्यो । अव त प्रिन्टर आयो चल्छ भनेको त स्टाफ नै छैनन रे कस्तो विडम्बना रेडियोलोजि विभाग अन्तर्गत पर्ने उक्त मेसिन किन चल्न सकेन भन्ने हाम्रो जिज्ञाशाका कन्सल्टटेन्ट रेडियोलोजिस्ट डा. गोपाल खनाल मेमो ग्राफ महिलाको स्तन सम्वन्धि स्क्रिनिङ गर्नुपर्ने भएकोले महिला कर्मचारी हुनुपेर्न बताँउछन ।
आफुले महिला कर्मचारी व्यवस्थापन गर्न पटक पटक माग गर्दा पनि व्यवस्था नभएकोले मेसिन नचलेको डा. खनालले बताए । डा. खनालले त्यसो भने पनि चिकित्सा क्षेत्रमा स्त्री रोग सम्बन्धि परीक्षणमा महिला कर्मचारी, महिला चिकित्साक नै हुनुपर्छ भन्ने नरहेको अस्पताल सम्बृद्ध जानकारहरु बताँउछन् ।
५१ लाखको मेसिन चलाउन नसक्दा न उपलब्धी न उपचार बनेको अवस्था छ । प्रतिष्ठानका भिसी डिन र निर्देशकहरुलाई यस बारेमा पटकपटक ध्यानाकर्षण गराँउदा पनि कुनै सुनुवाई नहुनुले सेवा प्रदायक सरकारी निकायको गैह्र जिम्मेवार कार्यशैलीलाई पुष्टि गरेको छ ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्राप्त भएको २ करोड मूल्यको भाइरल लोड मेसिन पनि एक वर्ष देखि निकम्बा बनाइएको छ । रि–एजेन्ट (केमिकल) नभएको वहाना बनाएर उक्त मेसिन कोठामै थन्किएको छ । विरामीहरु राजधानी धाउनु बाध्य छन । कहिले चल्छ भाइरल लोड मेसिन अझै अनिश्चित छ । मेसिन किन्न हतारिने तर सञ्चालन गर्न नतात्ने रोगले कहिले सम्म गांजिरहने स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ?
कल्कोस्कोप पनि बिग्रीयो, नयॉ किन्ने तयारी
पाठेघर सम्बन्धि जाँच गर्ने मेसिन कल्कोस्कोपको एउटा सामान गायव पारिएको छ । सोही कारण कल्कोस्कोप मेसिन बनाउने कि पुन खरिद गर्ने भन्ने विषयमा माथापच्ची भइरहेको छ । करिब एक लाख बराबरको समान हराइएपछि उक्त मेसिन आफै अपाङग भएको हो ।
कति सजिलै हराइन्छ सरकारी समान । जिम्मा लिनेहरुलाई पनि हरायो भनेर दात देखाइ दिएपछि सुख पाइने । कस्तो विधि होला । उक्त ‘सफ्टवेयर कि’ गायव पारिएपछि नयाँ मेसिन किन्ने खेल भइरहेछ । कोही मेसिन थन्काउने कोही मेसिन हराउने तर पनि नयाँ मेसिन किनिरहनुपर्ने । स्त्री तथा प्रशुती रोग विशेषज्ञ प्रमुख कन्सल्टेनट डा. डेला सिंह यसलाई ठूलो इस्यू नबनाईदिन आग्रह गर्दै भनिन् अव अर्को किन्नु पर्छ । कसले हरायो किन लग्यो ? उनले बोल्न खोजिनन् ।
अस्पतालमा उडुस आतंक उस्तै
सरकारी अस्पताल सवैको प्यारो गन्तव्य भएरपनि फोहोर मैला, दुर्गन्धले अक्रान्त छन् सेवाग्राही । भर्ना भएर वस्ने विरामी र कुरुवालाई उडुस आतंकले नराम्ररी सताएको छ । एकछिन भेटेर घर फर्कनेहरुले उडुसलाई उपहारको रुपमा घरसम्म पु¥याउन विवस छन् ।
अस्पतालले उडुस पोलेर सकाउने भन्दै लेकसाइडका एउटा कम्पनीलाई जिम्मा दियो । व्लू ल्याम्पले पोलेर सकाउने भनिए पनि उडुस आतंक उस्तै छ । रातभरी दर्जनौ उडुसले रगत चुसेर हैरान पार्छन् स्याङ्जावाट विरामी कुर्न आएका कमल डुम्रेले वताए ।
गण्डकी अस्पतालले स्वास्थ्य सेवालाई व्यवस्थित वनाउन सरसफाइमा जोड दिनु पर्छ । पुराना काठका कुर्सी र खाटका कारण उडुस फैलिएका सूचना अधिकारी नारायण प्रसाद आचार्य वताउँछन् । उडुस आतंककै कारण पनि निजि अस्पताल जान वाध्य छन् विरामीहरु।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: