फुटपाथका पेट्रोल पम्प खतरनाक वम : एसपि कार्की

सराङकोट न्यूज
23 October, 2019 12:16 pm
Advertisements

विपत्ति दुई प्रकारबाट आउँछ । एउटा अकल्पनिय ढंगवाट आउँछ जो आएपछि थाहा हुन्छ पिडा दिन्छ जान्छ । अर्को विपत्ति जानाजान आउँछ, लापरवाहीवाट आउँछ क्षति हुन्छ पिडा दिन्छ । यो दोस्रो प्रकारको विपत्ति न्यूनिकरण गर्न सकिन्छ। राज्यका निकाय अर्थात् सरोकारवाला नियमनकारी निकायको वेवास्ता र सम्वन्धित पक्षको हेपाहा प्रवृत्तिका कारण आउने दोस्रो प्रवृत्तिको विकृति रोक्न सकिन्छ तर वर्षो देखिको उदासिनताले जरा गाडेको कारण विस्ट्याइसकेपछि मात्र दैलो देख्ने रोग उस्तै छ ।
हामीले अघिल्लो अंकमा सडक किनार र पैदल पेटीमै जोडेर राखिएका पेट्रोल पम्प पेट्रोल वम वन्न सक्ने वारेमा खोज रिपार्ट सार्वजनिक गरेका थियौ । स्थानिय सरकार पोखरा महानगरपालिकाका मेयर मान वहादुर जिसी आयल निगम गगनगौडां डिपो प्रमुख विनी श्रेष्ठ, उपभोक्ता मञ्च गण्डकी संयोजक कपिल कोइराला सडक डिभिजनका कल्याण खड्का समेतको धारणा सार्वजनिक गरेका थियौं ।
पोखरा महानगर पालिका आसपास र राजमार्गहरुमा रहेका पेट्रोल पम्पहरु घनावस्ती को वीचमा र सडक पेटीसम्म जोडिएर रहेका पम्पहरु उच्च जोखिममा रहेको र ती पम्पहरु जुनसुकै वेला दुर्घटना हुन सक्ने अवस्थामा छन् । सडक पेटीमा पम्प भएका कारण पैदल यात्रुहरु व्यस्त सडकमा झरेर हिड्नु पर्ने अवस्था रहेको छ । सडक सवारीका लागि, फुट ट्रयाक पैदल यात्रुका लागि हो तर पोखरामा कतिपय पम्पहरु फुट ट्रयाकमै रहेका कारण यात्रुहरु सडकमा हिड्नु परेको छ त्यसवाट ट्राफिक समस्या वढेको भन्दै व्यापक आलोचना वढेको छ ।
सराङकोट साप्ताहिकले खोज खवर प्रकाशन गरेपछि कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान वहादुर कार्कीले पत्रकार सामु पोखराका पेट्रोल पम्प उच्च जोखिममा रहेको जनाउँदै त्यसको व्यवस्थापनमा तत्काल कार्य अगाडि वढाउन आवश्यक रहेको वताएका छन् । एसपी कार्कीले नयाँ बजार पृथ्वीचोक, प्रस्याङ, नागढुंगा र हरिचोक लगायतका ठाउँमा रहेका पम्प र राखिएका फाएर फाइटिङ यन्त्रहरु म्याद गुज्रिएका र अन्य मापदण्ड समेत पुरा नगरेको अवस्थामा रहेको भन्दै मानवीय सुरक्षाका लागि गंभिर चिन्ता प्रकट गरेका थिए । एसपि कार्कीले भने कुनै अप्रिय घटना हुनु अगावै पेट्रोल पम्प लाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्नु पर्ने वताए । व्यस्त वजारमा ट्राफिक समस्या समेत वढाएको उनले वताए ।
एसपी कार्कीले सोमबार मात्र पेट्रोलियम डिलर्स एशोसिएसन, आयल निगम डिपो प्रमुख सहितलाई बोलाएर सडक र पेटीका पम्पहरुको व्यवस्थापनको विकल्प र विवरण माग गरेका थिए ।
यस वारेमा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्यहरुले पनि वोर्डवाट निर्णय गराएर पोखराका सडक र वजारलाई पेट्रोल पम्प सुरक्षित वनाउने वताएका छन् । वडा नं. १ का अध्यक्ष शारदा पराजुलीले आफ्नो वडामा रहेका पम्पहरुले मापदण्ड मिचेकोलाई पत्राचार गरिसकेको वताइन् । महानगरका मेयर मानवहादुर जिसीले सडक मापदण्ड मिचेर राखिएका पम्पहरु नियमानुसार विस्थापन गर्ने प्रकृया अगाडि वढाइएको वताएको कुरा अघिल्लो रिपोर्टमै प्रकाशन भइसकेको छ ।
आयल निगम डिपो गगन गौंडा डिपो प्रमुख विनी श्रेष्ठले पोखराको सडक पेटीका पेट्रोल पम्पहरुको समस्याको वारेमा केन्द्रलाई जानकारी गराउने वताइन । कार्तिक १ गते मात्र पोखरा आएका निगमका महाप्रवन्धक सुरेन्द्र पौडेललाई पनि जानकारी गराइएको प्रमुख श्रेष्ठले वताइन् । यता पम्प व्यवसायीहरु पम्प व्यवस्थापनमा टसमस देखिएका छैनन् ।
प्रहरी, प्रसाशन, नागरिक समाजले सम्भावित जोखिम वाट जोगिन वेलैमा ध्यान दिन जरुरी छ । सर्वसाधारणलाई असर पाने गरी हुने व्यवसाय अन्त्य गर्न सरोकार वाला सवैले वेलैमा सोच्ने होकी ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: