नर्सिङ कलेज कसको : पद्मको कि रिजनलको ?

सराङकोट न्यूज
18 October, 2019 3:06 am
Advertisements

पद्म नर्सिङ कलेजको विवाद नयाँ शिरावाट झन् वढि पेचिलो बन्न पुगेको छ । कानूनी प्रकृया पु¥याउन नसक्दा मोटो रकम लिएर स्वामित्व छोडेको माइनुट गर्ने पद्म नर्सिङ कलेज स्कूल अफ नर्सिङको मातृ संस्था पद्म नर्सिङ होमकै नाममा सिटिइभिटीले यस वर्षका लागि ४० विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान गरेको छ । यो सूचना असोज १७ गतेको राष्ट्रिय दैनिक पत्रिका र सिटिइभिटीकै आधिकारिक वेवसाइटमा राखिएको छ ।
यो सूचना जारी भए पछि झण्डै साढे दुई करोड रुपैयाँ खर्च गरिसकेको रिजनल हस्पिटल थप संकटमा पर्ने देखिएको छ । रिजनलले पद्मको नाममा भर्ना अनुमती ल्याएर नयाँ भर्ना देखि दोस्रो र तेस्रो वर्षको विद्यार्थी भर्ना र शुल्क उठाएर जम्मा गर्ने सपना जोखिममा पर्ने भएको छ।
आफ्नो अस्पतालको वेड संख्या र अकुपेन्सी नपुग्नाको साथै पद्म नर्सिङ होमका वहुमत शेयर सदस्य समेतको ठाडो असहमतीका कारण पद्म नर्सिङ होम स्वामित्व हस्तान्तरण कार्य जवर्जस्त होल्ड हुन पुगेको छ । कानूनी रुपमा तत्कालका लागि पद्म नर्सिङ होमको झण्डै दुई तिहाइ वढि शेयर सदस्यको अनुमती नलिई एक तिहाई शेयरबाट वनेको अल्पमतको संचालक समिति (वोर्ड) ले मनोमानी कार्य गर्दै आएको छ । विगत ४ वर्ष देखि साधारण सभा समेत नभएको पद्म नर्सिङ होमले मोटो रकम लिएर पद्म नर्सिङ कलेज विक्री गरेपनि वहुमत शेयर धनी पक्षले सिटिइभिटी लगायतका नियमनकारी निकायमा प्रश्न उठाएपछि सिटिइभिटीले पद्म नर्सिङ होमको स्वामित्व रिजनलका नाममा हस्तान्तरण गर्न सहमत भएन फलतः भर्ना स्वीकृति पद्म नर्सिङ होम स्कुल अफ नर्सिङकै नाममा जारी गरेको छ ।
रिजनल कलेजले गरेको लगानी पूर्णतया जोखिममा परेको छ । अर्काको जग्गामा घर वनाए झै गरी पद्ममा नै भर्ना गर्ने अवस्थालाई वुझ्न नसक्दा रिजनलमा लगानी हालेकाहरुले आफ्नो लगानीको औचित्य र ग्यारेन्टी खोज्न थालेका छ । लगानीकर्ताहरुवीच कलेज खरिद को सपनामा भुलाएर रकम फसाउन लगाउनेहरु वीच विवाद श्रृजना भएको वुझिएको छ ।

अव के हुन्छ ?

सिटिइभिटी भन्छ जसको नाममा भर्ना स्वीकृति दिइएको छ उसैले भर्ना लिनु पर्छ, पठाउनु पर्छ, क्लिनिकल अभ्यास गराउनु पर्छ, सवै आम्दानी खर्च, कर राजस्व उसैको नामवाट हुनुपर्छ ।
आफ्नो नाममा ६८ प्रतिशत शेयर रहेको दावी गर्ने नरेन्द्र वास्तोला भन्छन – पद्म नर्सिङ कलेज नर्सिङ होमको स्वामित्वको संस्था हो। वार्षिक साधारणसभाको वहुमत सदस्यको निर्णय वेगर स्वामित्व विक्री हुनै सक्दैन । त्यसैले सिटिइभिटिले दिएको भर्ना अनुमती पद्म कै हुनेछ । विद्यार्थी भर्ना शुल्क, आम्दानी खर्च सवै हाम्रै मातहत रहनेछ, आयकर, कर राजस्व पद्मकै दायित्वमा रहनेछ। कुनै मुक अमुक नाममा संस्था जानै सक्दैन । सिटिइभिटिको निर्णय र सूचना भन्दा फरक गतिविधि भएमा त्यो अमान्य र गैह्रकानूनी हुनेछ ।
पद्म नर्सिङ होमका प्रवन्ध निर्देशक डा. यज्ञमान शाक्य भन्छन् ः हामीले ६० लाख लिएर कलेजको स्वामित्व विक्री गरेको हो तर पनि सिटिइभिटीले हाम्रै नाममा भर्नाको विज्ञापन निकालेका थाहा पाए । यो किन कसरी भयो मलाई केहि थाहा छैन । डा. शाक्यले कलेज विक्री वारे वोर्डको माइनुट भएको स्वीकार गरे तर माइनुटको निर्णय माग्दा दिन इन्कार गरे । उनले आफूलाई वलिको वोको वनाएको भन्दै दुःख व्यक्त गरे ।
पद्म नर्सिङ कलेज विक्री प्रकरणले गण्डकी प्रदेश सभामा विशेष प्रवेश पायो । सांसद विन्दु थापाले गोलमाल र जालझेल गरेर कलेजको स्वामित्व विक्री गर्न नहुने वताएका थिए । प्रकृया र अकुपेन्सी नै नपुगेको रिजनल हस्पिटलले कलेज चलाउनु पहिला कानूनी प्रकृया र अकुपेन्सी सुधार गर्नु पहिलो प्राथमिकता हुन आएको छ ।
असोज १७ गतेको सिटिइभिटीको भर्ना सम्वन्धि सूचनाले पद्म नर्सिङ कलेज खरिद विक्री प्रकरण झन् जटिल वनेको छ । स्वास्थ्य शिक्षामा वढेको विकृतिलाई यसले चित्रण गरेको छ । स्वास्थ्य शिक्षामा वढेको नाफाखोरी प्रवृति र व्यापारिक सोचले नर्सिङ जस्तो पवित्र र प्राविधिक विषयलाई गुणस्तरहिन र निकम्वा वनाउदै लगेको छ । वेड थप्ने उदारो सहमती गरेको नाटक गरेर ४० विद्यार्थी भर्ना गर्न दिनेको अकुत सम्पत्तिको श्रोत छानविन गर्नु पनि आवश्यक छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: