
तनहुँ प्रहरी कति कमजोर रहेछ भन्ने तथ्य वुझ्न त्यहाँका मोस्ट वाण्टेड (फरार अभियूक्त) हरुले दिएको चुनौतीवाट पुष्टि भएको छ । तनहुँ जिल्ला अदालतले पक्राउ पूर्जिजारी गरेका व्यक्तिहरु १९ महिना देखि फरार छन् । तनहुँको थर्पुमा २०७४ फागुन ९ गतेको सञ्जु भुजेल र सञ्जिव राई माथि खुकुरी तरवार सहित सांघितिक हमला गरी ज्यान मार्ने उद्योग मुद्दामा चोक बहादुर (भुजेल समेतको किटानी जाहेरी परेका हरु करिव आधा दर्जन जिल्ला अदालतको आदेशले पूर्पक्षको लागि थुनामा रहेका छन्।
सोही मुद्दामा फरार रहेका चार जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। विश्वमै अपराध अनुसन्धान र अभियूक्त पक्राउका लागि ख्याती कमाएको नेपालको प्रहरी संगठन केहि निकम्वा प्रहरी अधिकृत र कर्मचारीका कारण संगठनको गरिमालाई नै गिराउने शैलीमा रहेको पाइएको छ ।
समाजमा आतंक मच्चाउने गुण्डागर्दी नियन्त्रण गर्नु प्रहरीका मुख्य कार्य हो । गुण्डागर्दी गरी खुकुरी खुडा प्रयोग गर्दै ज्यान मार्ने उद्योगमा संलग्न टोले गुण्डाहरु समेतलाई तनहुँ प्रहरीले पक्राउ गरेर कानूनको जिम्मा लगाउन सकेको छैन । सञ्जु भूजेल, सञ्जिव राई माथिको आक्रमणमा संलग्न भई प्रहरी छानविन, सरकारी वकिलको राय र तनहुँ जिल्ला अदालतको पक्राउ पूर्जि जारी गर्ने आदेश वमोजिम उच्च खोजीको सूचिमा रहेका फरार अभियूक्तहरु तनहुँको दमौली वजारमा खुल्लम खुल्ला हिडिरहेका सुरज कायस्थ र सुवास कायस्थलाई तनहुँ प्रहरीले पक्राउको साटो संरक्षण गरेर राखेको खुल्न आएको छ।
मोस्ट वान्टेड सूचिका ति अभियूक्तहरु को मनोवल यति उच्च रहेको छ कि जुनियर प्रहरी अधिकृतहरुलाई दिनदहाडै चुनौती दिएका छन् । मोस्ट वान्टेड सूचिका फरार अभियुक्तहरु सुरज कायस्थ र सुवास कायस्थ प्रहरी उच्च सुरक्षाको घेरामा रहेको कारागारमा पुगेर पुर्पक्षमा रहेका साथीहरु सँगै वसेर टिका जमरा लगाएर कारागार सुरक्षा गार्डको कार्यालय ढोकामा साइन वोर्ड नै देखिने गरी फोटो खिचाएका थिए । उक्त फोटो असोज २२ गते वुधवार साँझ ८ वजेर ६ मिनेटमा उनै फरार अभियुक्त सुरज कायस्थले आफ्नो फेसुवक वालमा पोस्ट गरेका थिए । विभिन्न टिका टिप्पणी हुन थाले पछि भोली पल्टै उनले तस्विर सहितको पोस्ट हटाएका थिए ।
कारागार सुरक्षाका लागि प्र.ना.नि. को कमाण्डमा सुरक्षा दस्ता परिचालित रहेको हुन्छ। प्रहरीले कारागार थुनामा रहेका कैदी वन्दीहरुलाई भेट्न आउनेहरुको पनि निगरानी गरेको हुन्छ । हरेक भिजिटरहरुको नाम थर हुलिया सम्पर्क नम्वर समेत रेकर्डमा लिने प्रावधान छ। त्यहाँको प्रहरी जनशक्ति तथा नियम लागू हुने हो भने एक खिल्ली चुरोट पनि कारागार कम्पाउण्ड भित्र छिर्न सक्दैन तर प्रहरीको मिलेमतोमा मोस्ट वाण्टेड सूचिमा रहेका टोले गुण्डाहरुले कारागारको कम्पाउण्ड भित्रै छिरेर प्रहरीको साइनवोर्ड देखिने गरी फोटो खिचेर सिंगो तनहुँ प्रहरीलाई चुनौती दिएका छन् ।
फरार सूचिमा रहेका सुरज कायस्थ र सवास कायस्थ आफूहरुले शक्ति प्रदर्शन गरेको दावी गर्दै हिडेको उनका निकटस्थहरुले वताएका छन् । यता पीडितका आफन्तहरु सामाजिक सञ्जालमा फरार अभियूक्तहरुको सुरक्षा गार्ड पोष्ट कै व्यानरमा तस्विर खिचाएर सार्वजनिक गरेको देखेपछि सुरक्षा चिन्ता वढेको गुनासो गरेका छन् ।
तनहुँ प्रहरीले अन्य फरार अभियुक्तको खोजी गरेपनि थर्पु घटनाको फरार अभियुक्तलाई खोज्ने चासो नदिएको र शक्ति केन्द्रहरुवाटै खोजी नगर्न प्रहरीलाई दवाव र प्रभावमा राखिएको विश्वस्त स्रोतको दावी रहेको छ । राजनीतिक दलका नेता सांसद र मन्त्रीहरु समेतले फरार अभियुक्तहरु मध्य केहि विशेषलाई नपक्रने सिक्वेन्स मिलाइएको तनहुँमा चर्चा छ । पछिल्लो घटना क्रमले पनि यो भनाइलाई पुष्टि गर्दछ।
कारागार सुरक्षा गार्ड पोष्टमै पुगेर फाटो खिचाउनेहरु सञ्जु भुजेल र सञ्जु राई आक्रमण घटना वाहेक दमौलीको होटल ड्राइभ इनमा विरेन्द्र गुरुङ माथि सांघातिक हमला गरेको आरोप छ । उक्त मुृद्दामा समेत कायस्थ द्धय फरार सूचिमा रहेको वुझिन आएको छ । गुण्डागर्दी, ज्यान मार्ने उद्योग, असुली फिरौतीमा संलग्न टोले गुण्डाहरुलाई ठेगान लगाउने दायित्व वोकेको तनहुँ प्रहरीको उदासिनता यहि चालमा रहने हो भने तनहुँमा गुण्डा आतंक पुन मच्चिन सक्ने अवस्था आएको छ। प्रहरी समुदाय साझेदारी कार्यक्रम ले तनहुँ प्रहरीलाई गिज्जाइरहेको छ । प्रहरी गुण्डा साझेदारी किन मौलाइ रहेछ तनहुँमा यसवारेमा प्रधान कार्यालयले तत्काल छानविन गर्नु पर्ने देखिन्छ ।
काराकार शाखा सुरक्षा इञ्चार्ज प्र.ना.नि. पूर्ण वहादुर नेपाली आफूलाई फरार अभियूक्त वारे जानकारी नै नभएको वताउँछन् । तनहुँ वारे जानकारी नै नभएको वताउँछन् । तनहुँ प्रहरी प्रमुख एस.पि. विनोद सिलवाल आफू आएको ६ महिना मात्र भएकोले फरार अभियूक्तको वारेमा वुझ्दै रहेको वताउँछन् । प्रहरीको अगाडि टिका लगाएर फोटो खिचेर आरामले डुलेको फरार अभियुक्तवारे वताउँदा उनले आश्चार्य व्यक्ति गर्दै भने अव हामी खोज्छौं ।
प्रतिक्रिया दिनुहोस्