सभामुख कृष्णबहादुर महराले बलत्कार गरेको आरोप

सराङकोट न्यूज
30 September, 2019 3:32 pm
Advertisements
Advertisements

रातको समयमा महिला कर्मचारीको डेरामा गएको महराद्वारा स्विकार

संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महरामाथि गम्भिर आरोप लागेको छ। उनले सोच्नै नसकिने हर्कत गरेका छन् । महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका छन्। आइतवार साँझ ती महिला कर्मचारी रुपा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको कोठामा गएर जवर्जस्ती करणी गरेका हुन्। पीडित महिलाले जानकारी दिएकी छन्।
श्रीमान नभएको समयमा उनको डेरामा मदिराले लठ्ठ भएर पुगेका महराले रक्सी, सितन र सलाद सँगै लगि महिलालाई रक्सी खुवाई जबरजस्ती गर्न खोजेका थिए। जबरजस्ती गर्ने क्रममा महिलाले प्रतिकार गर्दा सभामुख महराको चश्मा समेत फुटेको बताइएको छ। पीडित महिलाको कोठामा प्रहरी र घरबेटी पुग्दा घटनास्थलमा फुटेको चस्मा, जुत्ताको तलुवा फेला परेको र कोठा लथालिंग अवस्थामा रहेको प्रत्यक्षदर्शीले जनाएका छन्।
पीडित महिलाले सभामुख महरासँग प्रतिकार गर्दा मुख तथा शरिरका विभिन्न भागहरुमा निलडाम र चोट लागेको पत्रकारहरुलाई बताईन्।
घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ। उजुरी दिन पीडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर तीनकुनेले जनाएको छ। पिडित महिलाको डेरामा आफू आइतवार राती गएको सभामुख महराले स्विकारे।
पीडित महिलाका अनुसार यसअघि पनि सभामुख महराले आफूमाथि गिद्धे दृष्टि लगाउँदै आएका थिए। घटनाको समयमा आफ्नो श्रीमान नभएको समय पारी योजनाबद्ध रुपले मादकपदार्थ सेवन गरी आफूलाई पनि खुवाई आफ्नो यौन तृष्णा मेटाउने सोचमा आएको जनाइन्। सुरक्षाकर्मी लाई बाहिर पठाई आफुलाई बलत्कार गर्ने प्रयास गर्दा आफूले प्रतिकार गरेको र चिच्चाएको जानकारी गराईन्। जतिसुकै प्रयास गर्दा पनि आफू एक बलिष्ट पुरुषको पञ्जाबाट बलत्कारको शिकार हुनबाट जोगिन नसकेको जनाएकी छन्।
यता बलत्कारको आरोपलागेका सभामुख महराले आफूमाथिको आरोप निराधार भएको र कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको बताए। तर एक्लो महिलामात्रै भएको कोठामा राती मदिरा पिएर र लिएर किन गए भन्ने आम जनमानसको प्रश्नको जवाफ अनुत्तरीत नै छ। राज्यको सम्मानित पदमा रहेका महराका सम्बन्धमा आएको यौन काण्डको बारेमा सरकारी धारणा केही आइसकेको छैन। यस अघि कानुन तथा न्यायमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्ययनरत नेपाली महिला विद्यार्थीहरुको बारेमा यौन जन्य टिप्पणी गर्दा पदबाटै बर्खास्त भएका थिए। भने यस प्रकरणमा के होला ? त्यो भने प्रतिक्षाको विषय बनेको छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: