नदीपुरमा तेस्रो क्लब स्तरिय भलिबल प्रतियोगिता शुरु

सराङकोट न्यूज
25 September, 2019 4:45 pm
Advertisements
Advertisements

पोखरा, ८ असोज । पोखराको नदिपुर स्थित छन्त्याल समाजको प्राङ्गणमा तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा आगामी ११ गते सम्म सञ्चालन हुने प्रतियोगिता आज ९बुधबार० देखी “स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रको गौरव” भन्ने नारा सहित शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा छन्त्याल युवा क्लब म्याग्दी चोकले पोखरा भलिबल प्रशिक्षण केन्द्र निलोलाई २५–१९, १९–२५ र २५–१९ को सेटले पराजित गर्यो ।
त्यस्तै दोस्रो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र पहेलोले १९–२५, २५–१२ र २५–२२

 को सेटले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्र रातोलाई पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गर्यो ।
बुधबार सम्पन्न अन्तिम खेलमा पर्बतले २७–२५ र २५–१५ को सोझो सेटले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्र निलोलाई पाखा लागाउदै दोस्रो चरणमा स्थान बनायो ।
यस अधि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै गुरुङले खेलकुद बिकासका लागि उक्त प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

 

उनले मौका नपाएका खेलाडीहरुको लागि उक्त प्रतियोगिता राम्रो अवसर बन्न सक्ने उल्लेख गर्दै गुरुङले सम्पुर्ण खेलाडीलाइ सफलताको शुभकामना ब्यक्त गरे ।
खेलकुदले शरिर स्वस्थ्य राख्न महत्वपुर्ण भुमिका खेल्ने बताउदै उनले मर्यादित र अनुशासित भएर खेल खेल्नुपर्नेमा जोड दिए । उनले खेलाडीहरुको सेवा सुबिधाका लागि सम्बन्धित निकायले ध्यान दिनपर्ने बताउदै आप्mनो तर्फबाट सदैब पहलकदमी थाल्ने बताए ।
प्रतियोगितका खेल संयोजक तथा राष्ट्रिय रेफ्री अनिल गुरुङले क्लब स्तरिय पुरुष भलिबल तर्फ १८, महिला तर्फ ८ र भेट्रान्स तर्फ ७ टिमको सहभागिता रहेको बताए ।
गुरुङले उक्त प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने बताए ।
उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ भने महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १३ हजार प्रदान गरिनेछ ।
त्यस्तै भेट्रान्स तर्फको बिजेता र उपबिजेता बन्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित खसी प्राप्त गर्नेछ ।
संयोजक गुरुङले प्रतियोगितामा बिद्यागत रुपमा पुरस्कारको व्यवस्था गरिएको बताउदै प्रतियोगिता अवधिभर बिबिध साँस्कृतिक कार्यक्रमहरु समेत समाबेश गरिएको जानकारी दिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: