शुक्र अन्धमा संसद भवनको शिलान्यास

सराङकोट न्यूज
25 September, 2019 12:41 pm
Advertisements
Advertisements

शुभ कार्य गर्न शुभ समय चाहिन्छ । ग्रह गोचरका दृष्टि पहिल्याएर मात्र शुभ कार्यको थालनी गरिन्छ । भौतिकवादी विचार राख्ने वामपन्थीहरु समेत समय हेराएर दिन जुराएर मात्र शुभ कार्य गर्न थालेका छन् । कालो बोको काटेर दरवार छिर्ने गरेका घटना सबैले बुझेको विषय हो ।
तर नेपालका प्रधानमन्त्री के.पी. ओलीले देशको राष्ट्रिय गौरवको योजनाको रुपमा हेरिएको संसद भवनको सिलान्यास पितृ पक्ष अर्थात सोह्र श्राद्धभित्र गरेका छन् । यतिखेर शुक्र अन्ध समेत रहेको बेला हो । शुक्र अन्ध रहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय संसद भवन निर्माणको सिलान्यास गरेका छन्। असोज १० गते सम्म शुक्र अस्त रहेको छ । असौज १ गते बुधवार संसद भवनको तामझामका साथ सिलान्यास गरिएको छ ।
ग्रह पुजा पाठ गरेर गरिएको सिलान्यास कार्यक्रम सास्त्रीय रुपबाट हेर्दा सकारात्मक फलादायी हुन नसक्ने अग्रज ज्योतिष रामजी ओझाले बताए । मुहत नै अधेरो समयमा पारिएको छ । अंधेरो समयमा थालिएको भवन पुरा हुनै उल्झन आउन सक्ने बताँउछन् ज्योतिष ओझा । भवन बनिहाले पनि त्यसले राम्रो फल दिने गरि काम गर्न नसक्ने बताइन्छ ।
संसद भवन कुवेलामा बनेको छ त्यसले मेलमिलाप नगराउने, उपती भन्दा खपती बढी हुने देखी राष्ट्रमा संकट मात्र निम्त्याउन सक्ने खतरा रहने ज्योतिषहरुले दावी गरेका छन् । राज्य कोषबाट ५ अर्ब २६ करोड रुपैया खर्च गरिने उक्त भवन निमार्णको सिलान्यास गर्न १० दिन कुर्न सकेको भए राम्रो हुने थियो भन्ने अग्रजहरुको कुरै नुसुनेर प्रधानमन्त्री हतारिएको विषयले नकारात्मक चर्चा पाएको छ ।
सरकारी ढुकुटीबाट खर्च हुने बजेटमा कुनै मुहर्त समेत नहेरी सिलान्यास गर्ने तर सिलान्यासमा भने पुजा गर्ने परिपाटी परस्पर विरोधी रहेको छ । दशौ वर्ष सम्मको आवश्यक घर भवन १० दिन अगाडी किन गरियो भन्ने विषयमा थप जानकारी खोजविनाकै विषय बनेको छ । प्रधानमन्त्री के.पी. ओलीको हठका कारण राज्यको लगानी वर्वाद हुनसक्ने अवस्था निम्त्याउने सम्भावना बढेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: