पद्म नर्सिङका विद्यार्थीको भविष्यमाथि खेलवाड

सराङकोट न्यूज
11 September, 2019 3:22 am

काउन्सिल र सिटिइभिटीको अनुगमन नै छानविनको दायरामा
न्यून वेड अकुपेन्सी भएको रिजनललाई देखाएर भर्ना दिने खेल

नर्सिङ शिक्षा दिने कलेज संचालन गर्नु आफैमा महत्वपूर्ण र सम्वेदनसिल विषय हो । यसको संवेदनसिलता र उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने निति राज्यले लिएको हुन्छ । निति कार्यान्वयन गर्न र त्यसको प्रभावकारी अनुगमन र नियमन गर्न छुट्टै संयन्त्र निर्माण पनि राज्यले गरेको छ तर पनि नियामक निकायहरु आफ्नो पदिय दायित्व विपरित गई वेथितिको संरक्षण गर्ने गरेका कारण राज्यले अपेक्षा गरे जस्तो गुणस्तरीय जनशक्ति उत्पादनम प्रश्ह चिन्ह खडा भएको छ ।
नागरिकको स्वास्थ्य उपचार गर्ने नर्सिङ जनशक्ति उत्पादन गर्ने कलेजहरु गुणस्तर र सेवामा भन्दा नाफामुखी व्यापारमा केन्द्रित हुन थालेको पाइएको छ । नर्सिङ कलेज संचालन सम्वन्धि मापदण्ड र निर्देशिकालाई समेत लत्याएर निति नियम विपरित कलेज संचालन अनुमती प्रदान गरिएका फेहरिस्तहरु वाट स्वास्थ्य शिक्षा भित्रको चरम वेथितिलार्य चित्रण गरेको छ ।
पोखराका केहि नर्सिङ कलेजहरुले राज्यको निति नियम र मापदण्ड विपरित कार्यक्रम चलाउदै आएको वारेमा सराङकोट साप्ताहिक, युनाइटेड पोष्ट राष्ट्रिय साप्ताहिक र कबचबलनपयतलभधक।अयm ले निरन्तर खवर प्रकाशन गर्दै आएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकृया र मापदण्ड विपरित चलाइएका नर्सिङ कलेजहरुका वारेमा अनुसन्धान गरिरहेको छ तर पनि राज्यकोषबाट तलव भत्ता खाएका नियामक निकाय नेपाल नर्सिङ, काउन्सिल, सिटिइभिटि, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का उच्च अधिकारीहरु चोर प्वाल खोजेर अनियमितताको ढाकछोप गर्ने मात्र हैन थप अनियमित काम गर्दै आएको पाइएको छ ।
पोखरा ८ को पद्म नर्सिङ कलेजले प्रयोगात्मक अभ्यास गर्दै आएको पद्म नर्सिङ होमको कानूनी प्रकृया नपुगेको, वेड संख्या ५० मात्र भएको कारण नेपाल नर्सिङ काउन्सिलले भर्ना कार्यक्रम नै रोक्ने चेतावनी दिएको थियो । काउन्सिलका वोर्ड सदस्य लक्ष्मि तामाङको नेतृत्वमा आएको अनुगमन टोलीले उक्त कलेज संचालन गर्न १०० वेड को अस्पताल सँग संचालन सम्झौता गर्न निर्देशन दिएको थियो । पद्म नर्सिङ होम आन्तरिक विवादमा फसेको कर तथा राजस्व नतिरेको विवादमा खाता रोक्का भई नविकरण नभएका कारण उक्त कलेज पद्म नर्सिङ होम वाट छुट्टिने निर्णय भएको थियो ।
कलेजले ६० लाख रुपैयाँ पद्म नर्सिङ होमलाई तिरेर अर्को अस्पताल सँग जोडिने प्रयत्न गरेको थियो । सोही मुताविक पद्म नर्सिङ होम कै संचालक मध्यका जगत खड्का अध्यक्ष रहेको रिजनल कलेज जिरो किलोमिटरले २ करोड रुपैयामा नर्सिङ कलेजको इजाजत पत्र खरिद गरेको वुझिन आएको छ ।
नर्सिङ कलेज संचालन गर्दा सामान्यतया १ सय वेडको जनरल अस्पताल हुनु अपरिहार्य छ । सय वेडको अस्पताल भए पछिमात्र ४० जना विद्यार्थी भर्ना गर्न पाइन्छ । अस्पतालमा मेडिकल, सर्जिकल, मातृशिशु, स्त्रीरोग, वालरोग, नाक कान घाटी, मानसिक हाडजोर्नी विभागका साथै आइसियू सिसियू गरी कूल वेड संख्याको १० प्रतिशत शैयाको क्रिटिकल केयर सेवा उपलव्ध गराउनु क्षमताको हुनु पर्ने नेपाल नर्सिङ काउन्स्लिले २०७१ मा जारी गरेको मापदण्डमा स्पष्ट व्यवस्था रहेको छ ।
प्रयोगात्मक अभ्यास गराउने यि हस्पिटलमा वेड संख्या र सेवा यूनिट मात्र राखेर पुग्दैन ति वेडहरुमध्य ६० प्रतिशत वेड अकुपेन्सी हुनु अनिवार्य रहन्छ । भर्ना भएका ६० प्रतिशत अकुपेन्सी वेड विरामीको सेवा गरेर मात्र काम सिक्ने र दक्ष नर्स वन्ने निति र मापदण्ड उल्लेख गरिएका हुन तर पद्म नर्सिङ कलेज खरिद रिजनल हस्पिटल पोखराले फास्ट ट्रयाकबाट प्रकृया सुरु गरेको छ । हस्पिटल ५० वेड मात्रको रहेको छ । काउन्सिलले सय वेडका आफ्नै हस्पिटल हुनु पर्ने भनि यस अघि गरेको निर्णय र परिपत्र लाई रिजनलले पंगु वनाउदै छ ।
भाद्र २० गते शुक्रवार नेपाल नर्सिङ काउन्सिलबाट पुन लक्ष्मी तामाङ र यमुना पौडेलको टोली रिजनल हस्पिटलको अनुगमन र सुपरिवेक्षणमा पोखरा आएको थियो। उनिहरुको अनुगमन प्रतिवेदन कस्तो आउँछ भन्ने कुरा केहि दिनमै सार्वजनिक हुने निश्चित छ । प्रतिवेदन कति स्वतन्त्र र निस्पक्ष आउला त्यो भने प्रतिक्षाकै विषय वनेको छ ।
पद्म नर्सिङ होम खरिद गर्ने तयारीमा रहेको रिजनल हस्पिटलले पोखरा महानगरलाई उपलव्ध गराएको विरामी भर्नाको मासिक प्रतिवेदन अनुसार उक्त हस्पिटलको विरामी भर्ना अकुपेन्सी दर अत्यन्त न्यून रहेको छ । ५० शैयाकै हस्पिटल मानेर २० जना पिसिएल नर्सिङ भर्ना लिने प्रयोजनकै लागि पनि मासिक कम्तिमा ९ सय जना विरामी भर्ना गरेर उपचार गरेको हुनुपर्छ तर महानगरमा पठाएको मासिक विवरणमा महिनाको औसत ३४ जना मात्र विरामी भर्ना भएको तथ्यांक रहेको छ । दैनिक सदरदर १ जना विरामी भर्ना हुने उक्त अस्पतालवाट २० जना नर्सिङ स्टुटेण्टले कस्तो सीप सिक्लान्? यस्तो प्रयोगात्मक अभ्यासले गुणस्तरिय र दक्ष जनशक्ति उत्पादन हुन्छन् भनेर काउन्सिल ले प्रमाणित गर्न सक्छ ?
पछिल्लो रिपोर्ट अनुसार २०७६ श्रावण महिनाभर जम्मा ५८ जना विरामी भर्ना भएका छन् अझ रहस्यमय कुरा त के छ भने २०७६ साल वैशाख जेष्ठ र असार महिनाको कुनै रेकर्ड महानगर स्वास्थ्य महाशाखा र जिल्ला स्वास्थ्य कार्यालयमा उपलव्ध गराइएको नै छैन । तिन महिना सम्म अभिलेख नपठाउने रिजनल हस्पिटल कसरी नविकरण हुन सक्छ यो अर्को जिज्ञाशाको विषय वनेको छ ।
नर्सिङ कलेज चलाएर पैसा कमाउने रहर गरेर मात्र हुदैन प्राविधिक जनशक्ति उत्पादन गर्दा त्यसको गुणस्तर र मापदण्ड पनि ख्याल राख्नु पर्छ । त्यति मात्र हैन पद्म नर्सिङका दोस्रो र तेस्रो वर्षका ८० जना विद्यार्थीले कहाँले कहाँ गएर प्रयोगात्मक अभ्यास गर्ने भन्ने विषयले पनि चिन्ता व्यक्त गरेको छ। प्रयोगात्मक अभ्यास नै नगराई सर्टिफिकेट दिने काम कतै वाट नहुन सरोकारवाला निकायको खवरदारी आवश्यक रहेको औल्याइएको छ ।
रिजनल हस्पिटल संचालकले अनुगमन र सुपरिवेक्षण गर्न शुक्रवार पोखरा वोलाइएका नर्सिङ काउन्सिलका वोर्ड सदस्य द्धय लक्ष्मी तामाङ र यमुना पौडेलले कागज पत्र सच्चाउन लगाएर प्रतिवेदन दिन सक्ने र सोही प्रतिवेदनको आधारमा कलेजले कट अफ लिष्टको भर्ना लिने दाउ रचेको वुझिन आएको छ । काउन्सिलले २ प्रतिशत मात्र भर्ना अकुपेन्सी भएकालाई कार्यक्रम चालाउन स्वीकृति प्रदान गर्छ कि यथार्थ प्रतिवेदन दिएर अस्पताल अस्वीकृत गरेर भर्ना रद्द गर्छ त्यो नतिजा आउन केहि दिन कुर्नु पर्छ नै तर हस्पिटलले जुन प्रयास गरेको छ त्यो उल्टो वाटो हिड्न खोजेका भान हुन पुगेको छ ।
जनताको स्वास्थ्य उपचार गरेर ज्यान वचाउने जनशक्ति उत्पादन गर्ने कलेज र हस्पिटल लाई प्रकृया र मापदण्ड नै नपु¥याई स्वीकृति दिइन्छ भने त्यहाँ मोटै आर्थिक चलखेल मात्र एउटा विकल्प हुन सक्छ । राज्यमा कानुन छ भने त्यसको उचित र न्यायोचित छानविन भई सत्य तथ्य उजागर हुने आशा राखिएको छ ।

रिजनल हस्पिटलको एक वर्ष अकुपेन्सी दर
२०७५ भाद्र – ३८ जना
२०७५ असोज – ४३ जना
२०७५ कार्तिक – २६ जना
२०७५ मंसिर – २५ जना
२०७५ पुष – २४ जना
२०७५ माघ – ३२ जना
२०७५ फागुन – ४४ जना
२०७५ चैत्र – ४३ जना
२०७६ वैशाख – खाली
२०७६ जेष्ठ – खाली
२०७६ असार – खाली
२०७६ साउन – ५८ जना
एक वर्षमा जम्मा ३३३ जना
हुनु पर्ने ९ सय जना (५० वेड– २० जना विद्यार्थी भर्नाको लागि ।)

Advertisements

नोवेल एकेडेमी रातो घेरामा

पोखरामा रहेको नोवेल एकेडेमीमा पनि नर्सिङ काउन्सिलले अनुगमन गरेको छ । भर्नाको सूचना जारी गर्नु अगािड नै स्थलगत अनुगमन गरी कार्यक्रम चलाउन दिने कि नदिने भनि एकिन गर्नु पर्नेमा मिलेमतो गरी मौन वसेको नर्सिङ काउन्सिल संचार माध्यममा खवर वाहिर वाहिएपछि ढिलो गरी अनुगमन गर्न नोवेल एकेडेमीमा आएको थियो ।
नोवेल एकेडेमीले वि.एस.सी. नर्सिङ कार्यक्रम चलाउदै आएको छ। नर्सिङ कार्यक्रम चलाउने कलेजको आफ्नै हस्पिटल हुनु पर्छ । चिकित्सा शिक्षा ऐनले २०७७ फागुन १० गते सम्म अरु अस्पताल सँग प्रयोगात्मक अभ्यास गर्न छुट दिएको छ तर नोवेल एकेडेमीले कुनै पनि अस्पताल सँग स्थायी प्रयोगात्मक सम्झौता गरेको छैन ।
अस्पताल सँग सम्झौता समेत नभएको कारण यो वर्षको भर्ना पनि नपाउने सम्भावना वढेको नर्सिङ काउन्सिल स्रोतले दावी गरेको छ । विद्यार्थी सँग ११ लाख ९० हजार लिने तर पढाइ को लागि प्रयोगात्मक गर्ने व्यवस्था समेत नगरेका कारण उक्त एकेडेमी रातो घेरामा पर्न सक्ने वताइएको छ ।

सिटिइभिटिका काफ्लेको रहस्यमय पोखरा यात्रा
वेस्टर्न हेल्थमा गण्डकीका विद्यार्थीलाई वाइपास

सिटिइभिटिका स्तर निर्धारण महाशाखा प्रमुख जीवनारायण काफ्लेको दुई दिने पोखरा यात्रा थप रहस्य मय वनेको छ । वेस्टर्न हेल्थ साइन्स एकेडेमीको फार्मेसी कार्यक्रमको भर्ना रोक्ने खेलमा संलग्न भएको आरोप लागेका काफ्ले भाद्र २० गते सुटुक्क पोखरा आएका थिए । फार्मेसी कार्यक्रमको नियमित भर्ना रोकेर पोखरा र आसपासका स्थानिय विद्यार्थीलाई फार्मेसी पढ्न वाट वञ्चित गराएर तराइबाट महंगोमा विद्यार्थी भर्ना गर्न कट अफ लिष्ट रणनीतिमा सामेल भएका एकेडेमीका अध्यक्ष टंक अधिकारी र काफ्लेको गेम प्लान संकटमा पर्ने भएको छ ।
स्तर निर्धारण महाशाखा प्रमुख जीव नारायण काफ्ले फार्मेसी प्रकरण मिलाउन सुक्रबार पोखरा आएका थिए । काफ्ले पोखरा आएको सिटिइभिटि प्रदेश कार्यालय गण्डकी प्रमुख भवनेश्वर ढुंगानालाई समेत जानकारी गराइएको थिएन । संघिय संरचनामा प्रदेशको काम हेर्ने जिम्मा प्रदेश कार्यालयलाई हुनुपर्ने हो तर दुई दिन पोखरा वस्दा पनि प्रदेश प्रमुख ढुंगानालाई सुइको पत्तो नदिई काफ्लेले आफ्नो विग्रेको काम पट्याउने दुष्प्रभाव गरेका छन् । काफ्ले एक दिन आफन्तको घरमा र एक दिन लेकसाइडको होटलमा वसेको स्रोतले वतायो ।
फार्मेसी कार्यक्रम चलाउदै आएको वेष्टर्न हेल्थ साइन्स एकेडेमीले नविकरण समेत नगरी कट अफ लिष्टको भर्ना गर्न फारम संकलन गरेको बुझिन आएको छ । नियमित विद्यार्थी भर्ना लिदां नविकरण नभएको कारण देखाउने एकेडेमीले नविकरण भएको पत्रै दर्ता नगराई कट अप लिष्टको भर्ना आवेदन फर्म संकलन गर्नुले थप शंका उव्जाएको छ ।
सिटिइभिटिकै कार्यक्रम चलाउने पद्म नर्सिङ कलेजको वारेमा पनि सेटिङ मिलाउने प्रयास भइरहेको पनि वुझिन आएको छ । यस वारेमा रिजनल हस्पिटल नर्सिङ काउन्सिल र सिटिइभिटिको मिलेमतो जरुरी रहनेजानकारहरु बताउँछन् ।

फार्मेसीमा गण्डकीका विद्यार्थी फाल्ने खेल

नियमित हुने भर्ना प्रकृयालाई विगारेर वेस्टर्न हेल्थ साइन्स एकेडेमीले षडयन्त्रको पुलिन्दा खोलेको कतिपय सञ्चालकहरु नै स्वीकार्छन् । स्थानिय विद्यार्थी भर्ना गर्न वाट रोक्न र वाहिरी प्रदेश खासगरी तराइका जिल्लाबाट विद्यार्थी कट अफ लिष्टको वहानामा वढी पैसा उठाएर भर्ना गर्ने पूर्व योजना मुताविक नै नियमित भर्ना अनुमती रोक्न स्तर निर्धारण महाशाखा प्रमुखलाई प्रयोग गरिएको खुल्न आएको छ ।
सोमवार प्रदेश सिटिइभिटिमा १६३ जना विद्यार्थीको फारम संकलन गरेर वुझाइएको छ । संकलित फारम मध्य प्रदेश नम्वर २ का राजविराज र शिराहका विद्यार्थी धेरै रहेको वुझिएको छ । गण्डकी प्रदेशका विद्यार्थीलाई फार्मेसी वढ्न वाट वञ्चित गराउन गण्डकी वाहिरका कट अफ लिष्ट वाट भर्ना गर्न तारतम्य मिलाइएको पाइएको छ ।
छिन्नमस्ता टेक्निकल इन्स्टिच्यूट प्रदेश नं. २ राजविराज र सिराहका विद्यार्थी भर्ना लिने सेटिङ मिलाउन सिटिइभिटि केन्द्रले भूमिका निर्वाह गरेको छ । उक्त इन्स्टिच्यूट फोरम फर हेल्थ साइन्स नामक संस्थाका अध्यक्षको हो भने वेष्टर्न हेल्थ साइन्स एकेडेमीका अध्यक्ष टंक अधिकारी सोही फोरमका केन्द्रिय उपाध्यक्ष हुन्। अध्यक्ष र उपाध्यक्षको योजनामा अन्य प्रदेशका विद्यार्थी भर्ना लिने तयारी गरिएको भएपनि उक्त विषय पेचिलो वनेको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र मुख्य मन्त्री कार्यालयले समेत गण्डकी प्रदेशका विद्यार्थीलाई पहिलो प्राथमिकता दिनु पर्ने वताएका छन् । विद्यार्थी संघ संगठनहरुले समेत गण्डकीका विद्यार्थीलाई फार्मेसी पढ्न वाट वञ्चित गराई अन्य प्रदेशको विद्यार्थी भर्ना गर्ने षडयन्त्र गरिए आन्दोलनको आधिवेहरी ल्याउने चेतावनी दिएका छन् । सिटिइभिटी गण्डकी प्रमुख भुवनेश्वर ढुंगानाले पनि पहिला आफ्नो प्रदेश भित्रका लाई प्राथमिकता दिनु पर्ने वताउँछन् । अन्य प्रदेशका विद्यार्थी हेर्न त्यही प्रदेशले ध्यान दिनु पर्छ हामी गण्डकी प्रदेश भित्रबाट विद्यार्थी भर्ना लिन्छौं ढुंगानाले भने ।
कलेजका कोही व्यक्तिको निजि लगानी भएपनि त्यसको संचालन परिचालन निति राज्यले तोके वमोजिम र स्थानिय प्राथमिकताको आधारमा हुनु पर्छ । शिक्षा, स्वास्थ्य, व्यक्तिगत स्वार्थले चलाउन कानूनले पनि वन्देज लगाएको छ । व्यक्तिगत स्वार्थ पूर्ति गर्ने कर्मचारी र कलेजका अध्यक्षलाई जिम्मेवारी र जवाफदेहि वनाउन राज्यका संवैधानिक निकाय अख्तियारको ध्यान जानु पर्छ ।
आफ्नो हस्पिटल नबनाई नर्सिङ र एच.ए. कार्यक्रम चलाउदै आएको पोखरा टेक्निकल हेल्थ मल्टि प्रपोज इन्स्टिच्यूट र वेस्टन हेल्थ साइन्स एकेडेमीका अध्यक्ष एउटै व्यक्ति टंक अधिकारी हुन् । करोडौं रुपैयाँ मुनाफा कमाउदै आएको उक्त इन्स्च्यिुटले अस्पताल खोल्न कुनै चासो राखेको छैन । यहि अवस्था रहेमा २०७७ सालको भर्ना समेत पुरा रोकिने अवस्थामा पुगने निश्चित छ । चिकित्सा शिक्षा ऐनमा यहि प्रावधान छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: