रकम र गहना ठग्दै हिड्ने महिला आफै परिन् प्रहरी फन्दामा

सराङकोट न्यूज
3 September, 2019 8:39 am
Advertisements
Advertisements

स्याललाई दशा लाग्यो भने वजार पस्छ भने जस्तै घटना पोखराको विरौटामा वस्ने एक महिलालाई परेको छ । मिना गुरुङ नामकी ति महिला तिजको मुख्य दिन भाद्र १६ गते वैदाम प्रहरीको हिरासतमा पुगेकिछिन् ।
मिना गुरुङलाई प्रहरीले खोजेर, पक्रेर ल्याएको भने होइन। मिना गुरुङ सहितको एउटा झुण्डले सोझा साझी महिला र पुरुषहरुवाट विभिन्न वहानामा पैसा माग्दै भाग्दै गर्दै आएकी रहिछन् । कतिपय महिलाहरुको घर दैलोमै पुगेर रोदन क्रन्दन गर्दै भए पैसा नभए सुन गहना नै फुत्काएर लैजाने तर तिर्न, फिर्ता गर्न भने नजाने उनको ठगि धन्दा धेरै फस्टाउन भने पाएन।
यस्तै एउटा घटनाले उनि आफै फसेकि थिइन् । २०७६ वैशाखमा पोखरा कि गंगादेवी अर्यालको डेढ तोलाको सिक्रि फुस्काउन मिना गुरुङ सफल भइन् । मिनाले एक हप्ताको लागि ५० हजार निकाल्छु भन्दै सिक्री लगेकी थिइन । तर ४ महिना वितिसक्दा पनि न सिक्री फिर्ता पाइन् न पैसा नै फिर्ता पाइन् गंगा अर्यालले।
आइतवार पोखरामा तिजको लागि गहना झिक्न भन्दै पैसा दिन वोलाएकी मिनाले गंगालाई उल्टै गहना निकाल्न थप पैसा मागेकी थिइन् । तिजमा गहना लगाउन नपाएको झोकमा गंगाले मिनाको हाते व्याग र मोवाइल नियन्त्रणमा लिएर घर गए पछि मिना गुरुङले वैदाम प्रहरीलाई आफू लुटिएको भन्दै मौखिक उजुरी गरेकि थिइन् ।
वैदाम प्रहरीले गंगा देवी अर्याललाई प्रहरीमा वोलाएपछि उल्टै गंगा झस्किएकी थिइन् । उनि सोमवार वैदाम प्रहरी चौकी पुगेर घटनाको सवै फेहरिस्त वुझाएपछि प्रहरीले तत्काल मिना गुरुङलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।

८० वर्षिया वृद्धाको तीन तोला सुन गायव

गंगा अर्याल मात्र हैन ८० वर्षिया मिन कुमारी पौडेल पनि मिना गुरुङ वाट नराम्ररी ठगिएकिछिन् । मिन कुमारी पौडेल एक महिला हुन् । उनका साथमा कोही पनि छैनन् । एक दिन मिना गुरुङ र उनको साथमा एक महिला मिन कुमारीको घरमा पुगेर छोरालाई अष्ट्रेलिया पठाउन केहि पैसा पुगेन भन्दै विन्ती विसाए । एक महिना भित्र केहि पैसा थपेर दिउँला भन्दै वृद्धाले लगाएकी वाला र सिक्रि सहित तीन तोला सुन र साथमा भएको १५ हजार रुपैयाँ समेत फुस्काइन मिनाले । २०७५ माघ महिनामा लगेको गहना र पैसा अहिले सम्म फिर्ता पाएकी छैनन् मिन कुमारीले । वृद्धा महिला खान समेत नपाएको भन्दै विलाप गर्दै हिडेकी छिन् । मिना गुरुङ प्रहरीमा आएको थाहा पाउने वित्तिकै वृद्धा मिन कुमारी पनि आफ्नो समस्या लिएर वैदाम प्रहरीमा आएकी छिन् ।

चेक पनि गायव पारे

मिनकुमारी पौडेल (पाध्या) लाई वैशाख १ गतेको मितिमा मिना गुरुङले प्रभु वैकमा रहेको आफ्नो खाताको चेक दिएकी थिइन् । गहना, नगद र व्याज समेत गरी दुई लाख पचास हजारको चेक दिएकि थिइन् । चेक नसाटिएपछि मिन कुमारीले चेक अनादरमा प्रहरी कहाँ जान्छु भन्दै हिड्न थालेपछि मिना गुरुङले एक दिन चेक हेर्न भन्दै मागेर गायव पारेको मिन कुमारी पौडेल पाध्याले वताइन् । दिएको चेक समेत फिर्ता लगेर गायव पार्ने र प्रमाण नष्ट गर्ने योजनाको तानावाना वुनेकी मिना गुरुङ वैदाम प्रहरीको हिरासतमा छिन् । मिना गुरुङले सर्वसाधारण सिधा सादा व्यक्तिहरु सँग विभिन्न वहानामा रकम सुन गर गहना मागेर लैजाने गरेको कुराले धेरैलाई पिडित वनाएको हुन सक्छ । यसरी ठगि गरेको पैसा कहाँ लगानी गरेकिछिन् ? उनको ठगी धन्दाको झुण्डमा केहि महिला हरुको पनि संलग्नता रहेको आशंका गरिएको छ ।
दिइसकेको चेक समेत फिर्ता मागेर ८० वर्षिया वृद्धाको रकम पचाउन खोज्ने ठग महिला आफै प्रहरीको फन्दामा परेकिछिन् । उनी सँग को को छन् । कति व्यक्ति ठगिएका छन् भने वारेमा प्रहरीले सत्य तथ्य छानविन गर्न जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: